जयपुर अन्तर्राष्ट्रिय विमानस्थल
| जयपुर अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
| मालिक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
| सञ्चालक | जयपुर अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेड[१] | ||||||||||
| सेवा गर्ने स्थान | जयपुर | ||||||||||
| अवस्थित स्थान | साङ्गानेर, जयपुर, राजस्थान, भारत | ||||||||||
| केन्द्रित स्थान | |||||||||||
| उचाइ समुद्री सतह | ३८५ मी / १,२६३ फिट | ||||||||||
| निर्देशाङ्क | २६°४९′२७″उ ०७५°४८′४४″पू / 26.82417°N 75.81222°E | ||||||||||
| वेबसाइट | adani | ||||||||||
| नक्साs | |||||||||||
![]() | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
| तथ्याङ्कहरू (सन् २०२४ अप्रिल - सन् २०२५ मार्च) | |||||||||||
जयपुर अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: JAI, आइसिएओ: VIJP) भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थल हो। यो सहरको केन्द्रबाट लगभग १० किमी (६.२ माइल) टाढा रहेको साङ्गानेरको दक्षिणी उपनगरमा अवस्थित छ।[५] यो दैनिक निर्धारित उडान सञ्चालनमा भारतको १३औँ सबैभन्दा व्यस्त विमानस्थल हो।[६]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २००५ डिसेम्बर २९ मा जयपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको दर्जा प्रदान गरिएको थियो।[७] विमानस्थलको एप्रोनमा १४ विमानहरू समायोजन गर्न सकिन्छ, र नयाँ एकीकृत टर्मिनल भवनले व्यस्त समयमा १,००० यात्रुहरूलाई सेवा दिन सक्छ।[८]
सन् २००९ जुलाई १ मा यो विमानस्थलको दोस्रो टर्मिनल भवनको उद्घाटन गरिएको थियो। सन् २०१९ मा यस विमानस्थलको धावनमार्गको चौडाइ प्रत्येक छेउमा लगभग २० मिटरले विस्तार गरिनुका साथै प्रस्थान क्षेत्रमा नयाँ कक्ष निर्माण र तीन कन्भेयर बेल्ट र २ नयाँ एयरोब्रिजहरू स्थापना गरिएको थियो।[९][१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jaipur International Airport", cbonds.com, अन्तिम पहुँच ७ मार्च २०२३।
- ↑ "Annexure III – Passenger Data", aai.aero, अन्तिम पहुँच २७ अप्रिल २०२५।
- ↑ "Annexure II – Aircraft Movement Data", aai.aero, अन्तिम पहुँच २७ अप्रिल २०२५।
- ↑ "Annexure IV – Freight Movement Data", aai.aero, अन्तिम पहुँच २७ अप्रिल २०२५।
- ↑ "Jaipur Airport", Airports Authority of India, मूलबाट १४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१५। अभिलेखिकरण १४ जुन २०११ वेब्याक मेसिन
- ↑ "Jaipur airport 'lands' in 11th spot", Dnaindia.com, २७ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० अक्टोबर २०१८।
- ↑ "Jaipur airport to get international status", The Times of India, २९ डिसेम्बर २००५, मूलबाट २९ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित। अभिलेखिकरण २०१२-०९-२९ वेब्याक मेसिन
- ↑ "Jaipur airport expansion", ११ जुलाई २०११, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१४।
- ↑ ट्रेंडिंग न्यूज़ अलर्ट, "Modifications started in existing terminal", M.bhaskar.com, मूलबाट १४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१८। अभिलेखिकरण १४ अगस्ट २०१८ वेब्याक मेसिन
- ↑ "New buildings to decongest Jaipur airport from May | Jaipur News - Times of India", M.timesofindia.com, २३ फेब्रुअरी २०१९, अन्तिम पहुँच १० नोभेम्बर २०१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
जयपुर अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।- आधिकारिक वेबसाइट
