जयपृथ्वी बहादुर सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जयपृथ्वी बहादुर सिंह
जन्म१९३४ भाद्र ७ गते
बझाङ
मृत्यु१९९७ असोज १
पेशाभाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्य, समाज सुधार आदि
भाषानेपाली
धर्महिन्दू

जयपृथ्वी बहादुर सिंह (वि.सं. १९३४- १९९७) प्रसिद्ध मानवताबादी तथा सुधारबादी व्यक्ति थिए। उनलाई 'मानवताबादी'का नामले चिनिन्छ।

जीवनी[सम्पादन गर्ने]

बझांगी राजा शक्ति सिंह पछी २०औ पुस्ताका राजा जयपृथ्वी बहादुर सिंहको जन्म बुवा विक्रम बहादुर सिंह र आमा रुद्र कुमारीका कोखबाट बि. स. १९३४ भदौ ७ भएको हो। सामन्ती राजकीय खानदानमा जन्म भएपनि मानवताबादी व्यक्तिका रुपमा देश भित्र मात्र हैन देश बाहिर पनि चिनिन्छन। उनको नेपाली भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्यका क्षेत्रमा ठुलो योगदान रहेको छ। आठ वर्षको उमेरमा पढनको लागि काठमाडौं आउनु भएको थियो। सानो उमेरमा काठमाडौं पढन आउदा जनताहरु रुन थाले, त्यसबेला उनले भने 'म मानिसहरुको सेवा गर्नका लागि पढन जादै छु, नरुनुहोस्' भनि सम्झाए। केहि वर्ष काठमाडौंमा पढे पछी भारतको प्रयागबाट आइ.ए. सम्मको पढाई पुरा गरे। राणा शासक संग सम्बन्ध बनाएका बझांगी राजाले १६ बर्षको उमेरमा राणा प्रधानमन्त्री चन्द्रसम्शेर राणाकि छोरी खगेश्वोरी संग भयो। [१]

कृतिहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. चिनारी वर्ष-१ अंक-५

बाह्य कडीहरू[सम्पादन गर्ने]