जय प्रताप राणा
जय प्रताप राणा (जन्म १९३८, मृत्यु मार्च १६, २००४ मा बाल्टिमोर, मेरील्याण्डमा ) – नेपाली कूटनीतिज्ञ
उनी अध्ययनका क्रममा भारत, ग्रेट ब्रिटेन र संयुक्त राज्य अमेरिका पुगेका थिए। उनले १९६१ मा नेपाल अधिराज्यको कूटनीतिक सेवा प्रवेश गर्दै, ग्रेट ब्रिटेन, संयुक्त राज्य अमेरिका र भारतका दूतावासहरूमा सेवा गरेका थिए। उनी १९८५-१९९१ मा संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधिका रूपमा कार्यभार सम्हालेका थिए ।उनले महासभाका उपाध्यक्ष र महासभा समितिका अध्यक्ष जस्ता महत्वपूर्ण पदभार सम्हाल्दै अन्तर्राष्ट्रिय सुरक्षा र निशस्त्रीकरण मामिलामा महत्वपूर्ण याेगदान पुर्याएका छन् ।
उनी १९९२ मा अवकाश लिइ नेपालमा वातावरणीय मुद्दाहरूमा अग्रसर भए; उनी जनवरी २००२ मा संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त भएर कूटनीतिक काममा फर्किए। लामो रोग पछि (पदमा छँदै) उनको अवसान भयो।