जर्जप्रिन्स कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जर्ज प्रिन्स कार्कीबाट अनुप्रेषित)
जर्जप्रिन्स कार्की
व्यक्तिगत जानकारी
पुरा नाम जर्जप्रिन्स कार्की
जन्म स्थान पनौती नगरपालिका, काभ्रेपलान्चोक
उचाइ ५ फिट ९ इन्च (१.७५ मी)
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
सङ्ख्या १०
युवा करियर
बनेपा ब्वाइज क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
वि.स.२०६९-७० फ्रेन्ड्स क्लब (०)
२०७३- नेपाल आर्मी क्लब (०)
अन्तर्राष्ट्रिय करियर
२०१७-  नेपाल (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

जर्जप्रिन्स कार्की नेपाली राष्टिय फुटबल टिमका वर्तमान गोककिपर हुन् । उनी हाल नेपाल आर्मी क्लबमा आबद्ध छन् । कार्की त्रिभुवन आर्मी क्लबका फरवार्ड हुन् । घरेलु फुटबलमा उच्च प्रर्दशन गरेको केही समयमै उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा मौका पाए । जर्जले विसं २०७४ भाद्र २०(०५ सेप्टेम्बर २०१७)मा घरेलु मैदानमा ताजिकिस्तानविरुद्ध भएको एसियन कप छनोटको खेलमा राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जर्जप्रिन्स काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा अवस्थित शंखु इट्टेमा जन्मिएका थिए। उनी २०७३ मंसिरमा सेनाको सकेन्ड लेफ्टिनेन्टमा पास आउट भए। आफ्नो ब्याचको टपर रहेका उनले एक वर्ष भारतमा रहेर प्रशिक्षण पनि गरे। भारतीय सेनाको एकेडेमीमा रहँदा उनले फुटबल प्रशिक्षण लिने मौका पाए। भारतमा रहँदा त्यहाँ पाएको शारीरिक र फुटबल प्रशिक्षणले फाइदा पुगेको उनको बुझाई छ। नेपाल फर्केपछि उनलाई क्लबका प्रशिक्षक नवीन न्यौपानेले सोझै सिनियर टोलीमा समेटे।

खेल जीवन[सम्पादन गर्नुहोस्]

आर्मी प्रवेश अघि फुटबलमा प्रिसको आफ्नै कथा छ । २०६९ मा सी डिभिजन छनोट हुने गृह बनेपा ब्वाइज क्लब (बिबिसी) खेले । अर्को वर्ष फ्रेन्ड्स क्लबका लागि ए डिभिजन खेलेका प्रिन्सको त्यसपछिको यात्रा भने सेनातिर मोदिएको थियो ।

क्लब[सम्पादन गर्नुहोस्]

नेपाल आर्मी क्लब[सम्पादन गर्नुहोस्]

आर्मीका लागि मोफसलका २०७४ का पछिल्ला दुई प्रतियोगिता खेलेका प्रिन्स दुवैमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । सर्लाहीमा आयोजित राजर्षी जनक कपमा पहिलो पटक आर्मीबाट खेलेका प्रिन्सले ३ खेलमा ३ गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याए । लगत्तै वीरगंजमा भएको विशाल स्मृति फुटबल प्रतियोगितामा पनि प्रिन्सले टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले। त्यहाँ ३ खेलमा ४ गोल गरे। वीरगन्जको प्रतियोगिताका दौरान कप्तान भरत खवास लगायत राष्ट्रिय टोलीका खेलाडी आर्मी टोलीमा थिएनन् । राष्ट्रिय टोलीका सदस्य आर्मीका अर्का स्ट्राइकर नवयुग श्रेष्ठ भने चोटका कारण आराम गरिरहेका थिए ।

अन्तर्राष्ट्रिय खेल जीवन[सम्पादन गर्नुहोस्]

घरेलु फुटबलमा उच्च प्रर्दशन गरेको केही समयमै उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा मौका पाए । विसं २०७४ भाद्र २० मा घरेलु मैदानमा ताजिकिस्तानविरुद्धको खेलमा उनले राम्रा अवसरहरू सीर्जना गरे पनि गोल भने गर्न सकेनन् ।[१]

अन्तर्राष्ट्रिय खेल र गोल[सम्पादन गर्नुहोस्]

विवरण[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम वर्ष खेल गोल
 नेपाल २०१७
जम्मा

खेलहरू[सम्पादन गर्नुहोस्]

जर्ज प्रिन्स कार्कीले खेलेका अन्तर्राष्ट्रिय खेलहरू निम्नानुसार रहेका छन् ।

मिति विपक्ष गोल नतिजा प्रतियोगिता
२०१७ सेप्टेम्बर ५  ताजिकिस्तान हार २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण
२०१७ नोभेम्बर १०  ताजिकिस्तान हार २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण

गोलहरू[सम्पादन गर्नुहोस्]

जर्ज प्रिन्स कार्कीले गरेका अन्तर्राष्ट्रिय गोलहरू निम्नानुसार रहेका छन् ।

गोल संख्या मिति रंगशाला विपक्ष गोल नतिजा प्रतियोगिता
_ _ _ _ _ _ _

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]