सामग्रीमा जानुहोस्

जर्ज साइमन ओहम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्ज ओहम
जन्मजर्ज साइमन ओहम
(१७८९-०३-१६)१६ मार्च १७८९
एर्लान्जेन, पवित्र रोमन साम्राज्य
मृत्यु६ जुलाई १८५४(1854-07-06) (उमेर ६५)
म्युनिख, बाभेरिया, जर्मन महासङ्घ
निवासAlter Südfriedhof, म्युनिख
मातृ शिक्षाप्रतिष्ठानएर्लान्जेन विश्वविद्यालय
(PhD, 1811)
चिनारीको कारण
पुरस्कारकोप्ली पदक (1841)
वैज्ञानिक करियर
क्षेत्र
शिक्षा
डाक्टरी सल्लाहकारकार्ल क्रीस्चियन भोन लङ्स्डोर्फ

जर्ज साइमन ओहम एक जर्मन भौतिकशास्त्रीगणितज्ञ थिए। विद्यालय शिक्षकको रूपमा, ओमले इटालियन वैज्ञानिक एलेसान्ड्रो भोल्टाले आविष्कार गरेको नयाँ इलेक्ट्रोकेमिकल सेलबाट आफ्नो अनुसन्धान सुरु गरे। आफैले विकास गरेको उपकरण प्रयोग गरेर, ओमले विद्युत परिपथमा तारको तापक्रम उस्तै रहँदा, धातुको तारको दुई छेउ बीचको सम्भाव्य भिन्नता त्यसबाट बग्ने विद्युत धाराको समानुपातिक हुन्छ भन्ने तथ्य पत्ता लगाए । यो सम्बन्धलाई ओमको नियम भनिन्छ, र विद्युतीय प्रतिरोधको एकाइ, ओम (symbol Ω), उनकै नामबाट राखिएको हो।

मार्च १६, १७८९ मा जर्मनीको एर्लान्जेन (तत्कालीन बाभेरिया) मा जन्मेका ओमका बुबा एक निरक्षर ताला बनाउने व्यक्ति थिए, तर उनले ओम र उनका भाइबहिनीहरूलाई शिक्षाको कमी नहोस् भनेर सुनिश्चित गरे। उनी प्राध्यापक बन्न चाहन्थे, तर तत्कालीन अवरोधहरूले उनलाई यो सम्मान प्राप्त गर्नबाट रोके। उनले आफ्नो मृत्यु हुनुभन्दा केही वर्ष अघि प्राध्यापक पद प्राप्त गरे।

अध्ययन भन्दा प्रयोगमा बढी रुचि राख्ने ओमले विद्युतीय परिपथको गुण पत्ता लगाए जसले बिजुली खपत कम गर्न र उपयोगी सुचालकहरूको खोजीको लागि मार्ग प्रशस्त गर्यो। उनले एर्लान्जेन विश्वविद्यालयबाट आफ्नो कलेज शिक्षा प्राप्त गरे। लगभग त्यही समयमा, इटालियन वैज्ञानिक एलेसान्द्रो भोल्टाले नयाँ इलेक्ट्रोकेमिकल सेल आविष्कार गरे।

आफ्ना प्रयोगहरूमा, ओमले पत्ता लगाए कि निश्चित तापक्रममा कन्डक्टरमा हुने भोल्टेज त्यसबाट बग्ने धारासँग समानुपातिक हुन्छ। आफ्ना प्रयोगहरू मार्फत, उनले भोल्टेज, धारा र प्रतिरोध बीचको आधारभूत सम्बन्ध पत्ता लगाए। ओमले पत्ता लगाएको आधारभूत गुण प्रतिरोध थियो।


ओमका बुबाले उनलाई सेप्टेम्बर १८०६ मा स्विट्जरल्याण्ड पठाए। ओमले आफ्नो नियम दिएको प्रतिरोधको बारेमा उनको अनुसन्धान पहिलो पटक १८२७ मा 'द ग्याल्भेनिक सर्किट इन्भेस्टिगेटेड म्याथेमेटिकली' मा प्रकाशित भएको थियो। धेरै पछि, १८४१ मा, यसलाई लन्डनको रोयल सोसाइटीले मान्यता दियो र उनलाई कोप्ली पदक प्रदान गरियो।[] जर्ज साइमन ओमले विद्युतवाहक बलको वितरण खोज गरे र प्रतिरोधको परिमाण, इलेक्ट्रोमोटिभ बलविद्युतीय प्रवाह बीच एक निश्चित सम्बन्ध स्थापित गरे।

ओमको १८५४ मा मृत्यु भयो। ठीक दुई वर्ष अघि, १८५२ मा, उनलाई प्राध्यापकको उपाधि प्रदान गरिएको थियो, जुन उनको एक इच्छा थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bray, John (१९९५), "Georg Simon Ohm (1789–1854)", The communications miracle : the telecommunication pioneers from Morse to the information superhighway, New York: Springer Science, पृ: 8–10, आइएसबिएन 978-1-4899-6038-2