सामग्रीमा जानुहोस्

जर्मनीका राज्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्मनेली राज्यहरू
श्रेणीसङ्घीय राज्य
अवस्थिति जर्मनी
सङ्ख्या१६ को अनुसार
क्षेत्रफल४१९.४ किमी (१६१.९२ वर्ग माइल) (ब्रेमन) –
७०,५४९.४ किमी (२७,२३९.२९ वर्ग माइल) (बायर्न)
सरकार
उपविभाजन

सङ्घीय गणतन्त्र जर्मनी एक सङ्घ राष्ट्र हो र यसमा सोह्र आंशिक रूपमा सार्वभौम राज्यहरू छन्। सोह्र राज्यहरू मध्ये तेह्र तथाकथित क्षेत्रीय राज्यहरू ('फ्लासेनलान्डर') हुन्।[][] राज्यहरूमा, राज्य सरकारको स्तर भन्दा तल, स्थानीय अधिकारीहरू (काउन्टी र काउन्टी स्तरीय सहरहरू) मा विभाजित छ जसमा उनीहरूको आफ्नै प्रशासन छ। बर्लिनहामबुर्ग दुई राज्यहरू सहरी राज्यहरू हुन्, जसमा राज्य सरकार र स्थानीय प्रशासनबीच कुनै विभाजन छैन। ब्रेमन राज्य एक विशेष मामला हो जसमा ब्रेमनका सहरहरू समावेश छन्, जसका लागि राज्य सरकारले नगरपालिका प्रशासनको रूपमा पनि काम गर्दछ। ब्रेमरहाफेन, जसको आफ्नै स्थानीय प्रशासन राज्य सरकारबाट अलग छ। यसैले यो एक सहरी राज्य र एक क्षेत्रीय राज्यको समिश्रण हो। तीन राज्यहरू, बायर्न, जाक्सनटुरिङेन लगायतका राज्यहरूले स्वतन्त्र राज्यको ("आप्लेस्यो फ्रिस्टाट") रूपमा रहेका छन्।

सङ्घीय गणतन्त्र जर्मनी ("पश्चिम जर्मनी") सन् १९४९ मा दोस्रो विश्वयुद्धपछि अमेरिकी, बेलायती र फ्रान्सेली प्रशासनको अधीनमा रहेका तीन पश्चिमी क्षेत्रहरूको एकीकरण मार्फत सिर्जना गरिएको थियो। प्रारम्भमा, सङ्घीय गणतन्त्रका राज्यहरू बाडेन (सन् १९५२ सम्म), बार्यन, ब्रेमन, हामबुर्ग, हेस्न्, निडरजाक्सन, उत्तरी राइन, राइनलान्ड-फाल्ट्स, स्लेस्भिस-होल्स्टाइन, भुर्टेमबर्ग-बाडेन (सन् १९५२ सम्म), र भुर्टेमबर्ग-होहेनचोलेर्न (१९५२ सम्म) थिए। पश्चिम बर्लिन, त्यसबेला पनि पश्चिमी मित्र राष्ट्रहरूको कब्जामा रहेको बेला, आफूलाई सङ्घीय गणतन्त्रको भागको रूपमा हेरिन्थ्यो र धेरै हदसम्म एकीकृत र एक वास्तविक राज्य मानिन्छ। सन् १९५२ मा, जनमत सङ्ग्रह पछि, बाडेन, भुर्टेमबर्ग-बाडेन, र भुर्टेमबर्ग-होहेनचोलेर्न बाडेन-भुर्टेमबर्गमा विलय भएका थिए। सन् १९५७ मा, जार प्रोटेक्टोराट सङ्घीय गणराज्यमा जारलान्ड राज्यको रूपमा सामेल भएको थियो।

अर्को परिवर्तन सन् १९९० मा जर्मन पुन: एकीकरणको साथ भएको थियो, जसमा पूर्व जर्मन लोकतान्त्रिक गणतन्त्र (पूर्वी जर्मनी) को क्षेत्र सङ्घीय गणतन्त्रको भाग बनेको थियो। ब्रान्डेनबुर्ग, मेक्लेनबुर्ग-फोर्पोमान, जाक्सन, जाक्सन अन्हाल्ट, र टुरिङेनको पुन: स्थापित पूर्वी राज्यहरूको विलयद्वारा सो परिवर्तन भएको थियो। सन् १९९६ मा बर्लिनलाई वरपरको ब्रान्डेनबुर्गसँग गाभ्नका लागि गरिएको जनमत सङ्ग्रह ब्रान्डेनबुर्गमा आवश्यक बहुमत पुग्न असफल भएको थियो, जबकि अधिकांश बर्लिनवासीहरूले यसको पक्षमा मतदान गरेका थिए।

सन् १९४९ मा सङ्घीय गणतन्त्र जर्मनीको गठन भएको थियो। यो अस्ट्रियामा युद्ध पछिको विकासको विपरीत थियो, जहाँ राष्ट्रिय बुन्ड ("महासङ्घ") पहिले गठन गरिएको थियो, र त्यसपछि व्यक्तिगत राज्यहरू त्यस सङ्घीय राष्ट्रको एकाइहरूको रूपमा कोरिएका थिए।

लान्डर ("भूमि") शब्दको जर्मन प्रयोग सन् १९१९ को भेइमार संविधानबाट सुरु भएको हो। पहिले, जर्मन साम्राज्यका राज्यहरूलाई स्टाटेन ("राज्यहरू") भनिन्थ्यो। आज, बुन्डेसलान्ड (सङ्घीय भूमि) शब्द प्रयोग धेरै सामान्य भएको छ। आधिकारिक रूपमा बुन्डेसलान्ड शब्द न त सन् १९१९ को संविधानमा छ न त हालको संविधानमा नै उल्लेखित छ। तीन लान्डरले आफूलाई फ्रिस्टाटेन ("स्वतन्त्र राज्यहरू", "गणतन्त्र"को लागि एक पुरानो जर्मन शब्द) भन्छन्: जसमा बायर्न (सन् १९१९ देखि), जाक्सन (मूल रूपमा सन् १९१९ देखि र फेरि सन् १९९० देखि), र टुरिङेन (सन् १९९४ देखि) अस्तिस्वमा रहेका छन्। भेइमार गणतन्त्रको अन्त्यमा १७ राज्यहरू मध्ये, छ वटा अझै पनि अवस्थित छन् (यद्यपि तिनिहरूमा आंशिक रूपमा फरक फरक सीमाहरू छन्):

भेइमर गणतन्त्रका अन्य ११ राज्यहरू या त एक अर्कामा विलय भए वा साना क्षेत्रहरूमा विभाजित भए:

प्रसियालाई बर्लिन, ब्रान्डेनबुर्ग, निडरजाक्सन, उत्तरी राइन, राइनलान्ड-फाल्ट्स, जाक्सन-अनहाल्ट र स्लेस्भिस-होल्स्टाइन राज्यहरूमा विभाजित गरिएको थियो। ब्रान्डेनबुर्ग, जाक्सन, स्लेस्भिस-होल्स्टाइन र हनोभरको तत्कालीन प्रसिया प्रान्तहरू क्रमशः ब्रान्डेनबुर्ग, जाक्सन-अनहाल्ट, स्लेस्भिस-होल्स्टाइन र निडरजाक्सन राज्यहरूमा पर्दछन्। भेस्टफालेन र राइनलान्ड प्रसिया प्रान्तहरूले उत्तरी राइन राज्यमा सबैभन्दा बढी क्षेत्र ओगटेका छन् र राइनलान्ड प्रान्तले राइनलान्ड फाल्ट्स राज्यको लगभग आधा क्षेत्र योगदान दिएको छ। हेस्न्-नाजाउको प्रसियाली प्रान्तको अधिकांश भाग हालको हेस्न् राज्यमा गाभिएको थियो। अन्य राज्यहरूको सीमामा रहेका केही क्षेत्रहरू सीमावर्ती राज्यमा गाभिएका थिए। बायर्न बाहेक सबै राज्यहरूमा अहिले पूर्व स्वतन्त्र राज्य प्रसियाको क्षेत्र रहेको छ। नेइस र ओडर नदीको पूर्वमा अवस्थित अन्य पूर्व प्रसियाली क्षेत्रहरू सन् १९४५ मा हराएका थिए र अहिले पोल्यान्ड वा रुसको भाग हुन्।

राज्यहरू बीचको सम्भावित सीमा परिवर्तनको बारेमा जर्मनीमा बहस जारी छ, यसको विपरीत ती अन्य देशहरूमा "क्षेत्रीय परिवर्तनको लागि गम्भीर आह्वान बिना अन्य महासङ्घहरूमा अमेरिकी राज्यहरू र क्षेत्रीय सरकारहरू बीच महत्त्वपूर्ण भिन्नताहरू" छन्। आर्थर बे गनलिक्सले जर्मनीमा सीमा सुधारको लागि मुख्य तर्कहरूको सारांश दिएका थिए: "दोहोरो सङ्घीयताको जर्मन प्रणालीलाई बलियो लान्डर ("भूमि")को आवश्यकता पर्दछ जसले कानून कार्यान्वयन गर्न र आफ्नै स्रोत राजस्वबाट यसको लागि भुक्तानी गर्न प्रशासनिक र वित्तीय क्षमता राख्दछ।[] धेरै लान्डरले उनीहरूबीच र देशसँग समन्वय लाई अझ जटिल बनाउँदछ। क्षेत्रीय सुधार जर्मन राजनीति र सार्वजनिक धारणामा एक विवादास्पद विषय बनेको छ।[][]

राज्य राज्य कोड देखि राजधानी व्यवस्थापिका सरकार र राज्य प्रमुख
(मन्त्री-अध्यक्ष वा नगरप्रमुख)
बुन्डेसराट
मत
क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(सन् २०२३-१२-३१)[]
जनसङ्ख्या प्रति किमी मानव विकास सूचकाङ्क
(सन् २०२१)[]
कुल ग्राहस्थ उत्पादन प्रति व्यक्ति
(€; सन् २०२०)[]
Baden-Württemberg बाडेन-भुर्टेम्बर्ग BW सन् १९५२[] स्टुटगर्ट लान्डटाक Winfried Kretschmann (ग्रुनेन) ३५,७५२ ११,२३०,७४० ३१४ ०.९५६ ४५,१०८
बभेरिया
बायर्न
BY सन् १९४९ म्युनिख
(मुन्सेन)
लान्डटाक Markus Söder (सेइसउ) ७०,५५२ १३,१७६,४२६ १८७ ०.९५० ४६,४९८
Berlinबर्लिन BE १९९०[१०] Abgeord­netenhaus Kai Wegner (सेडेउ) ८९२ ३,६६२,३८१ ४,१०६ ०.९५९ ४२,२२१
Brandenburgब्रान्डेनबुर्ग BB १९९० पोट्सडाम लान्डटाक Dietmar Woidke (एसपेडे) २९,४८० २,५५४,४६४ ८७ ०.९१८ २९,२८२
Bremen (state) ब्रेमन HB १९४९ ब्रेमन बुर्गसाफ्ट Andreas Bovenschulte (एसपेडे) ४१९ ७०२,६५५ १,६७७ ०.९५४ ४६,४६८
Hamburg हामबुर्ग HH १९४९ बुर्गसाफ्ट Peter Tschentscher (एसपेडे) ७५५ १,८५१,५९६ २,४५२ ०.९७२ ६४,०२२
Hesse
हेस्न्
HE १९४९ भिसबाडेन लान्डटाक Boris Rhein (सेडेउ) २१,११५ ६,२६७,५४६ २९७ ०.९५० ४४,७५०
Lower Saxony
निडरजाक्सन
NI १९४९ हनोभर
लान्डटाक Stephan Weil (एसपेडे) ४७,६०९ ८,००८,१३५ १६८ ०.९३० ३७,००५
Mecklenburg-Vorpommern मेक्लेनबुर्ग-फोर्पोमान MV १९९० स्भेरिन लान्डटाक Manuela Schwesig (एसपेडे) २३,१८० १,५७८,०४१ ६८ ०.९१६ २८,५९०
North Rhine-Westphalia
उत्तरी राइन
NW १९४९ डुसेलडोर्फ लान्डटाक Hendrik Wüst (सेडेउ) ३४,०८५ १८,०१७,५२० ५२९ ०.९३९ ३८,८७६
Rhineland-Palatinate
राइनलान्ड-फाल्ट्स
RP १९४९ माइन्ज लान्डटाक Alexander Schweitzer (एसपेडे) १९,८५३ ४,१२५,१६३ २०८ ०.९२९ ३४,६७३
Saarlandजारलान्ड SL १९५७[११] जारब्रुखेन लान्डटाक Anke Rehlinger (एसपेडे) २,५६९ १,०१४,०४७ ३९५ ०.९३१ ३४,१२५
Saxony
जाक्सन
SN १९९० ड्रेसडेन लान्डटाक Michael Kretschmer (सेडेउ) १८,४१६ ४,०५४,६८९ २२० ०.९३३ ३०,९०३
Saxony-Anhalt
जाक्सन-आन्हल्ट
ST १९९० माग्डेबुर्ग लान्डटाक Reiner Haseloff (सेडेउ) २०,४४६ २,१४४,५७० १०५ ०.९११ २८,६५२
Schleswig-Holstein स्लेस्भिस-होल्स्टाइन SH १९४९ किएल लान्डटाक Daniel Günther (सेडेउ) १५,७९९ २,९५३,२०२ १८७ ०.९२१ ३३,४५२
Thuringia
टुरिङेन
TH १९९० एरफुर्ट लान्डटाक Mario Voigt (सेडेउ) १६,१७२ २,११४,८७० १३१ ०.९२३ २८,९५३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Christian Tomuschat, David P. Currie (अप्रिल २०१०), "Basic Law for the Federal Republic of Germany", Deutscher Bundestag, मूलबाट १९ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१० 
  2. हाउस अफ कमन्स (२८ फेब्रुअरी १९९१), "House of Commons debates (Welsh affairs)", संयुक्त अधिराज्यको संसद, मूलबाट २५ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०११ 
  3. Gunlicks, Arthur B. "German Federalism and Recent Reform Efforts" वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-२१ मिति, German Law Journal, Vol. 06, No. 10, p. 1287.
  4. Gunlicks, p. 1288
  5. Gunlicks, pp. 1287–88
  6. "Germany: Administrative Division", City Population, ३ अक्टोबर २०२०, मूलबाट २ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  7. "Sub-national HDI - Subnational HDI - Global Data Lab", globaldatalab.org, मूलबाट १५ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०१९ 
  8. "Bruttoinlandsprodukt je Einwohner nach Bundesländern २०२०", de.statista.com, मूलबाट ७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२१ [स्थायी मृत कडी]
  9. The states of Baden, Württemberg-Baden, and Württemberg-Hohenzollern were constituent states of the federation when it was formed in १९४९. They united to form Baden-Württemberg in १९५२.
  10. Berlin has only officially been a Bundesland since reunification, even though West Berlin was largely treated as a state of West Germany.
  11. Though it was originally founded in १९२० after World War I.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]