सामग्रीमा जानुहोस्

जर्मनीको चान्सलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जर्मन चान्सलरबाट अनुप्रेषित)
सङ्घीय गणतन्त्र जर्मनीको सङ्घीय चान्सलर
Bundeskanzler der Bundesrepublik Deutschland
जर्मनेली चान्सलरको प्रतीक चिन्ह
बहालवाला
फ्रिडरिस मेर्त्स
६ मे २०२५ (2025-05-06) देखि
सङ्घीय सरकारको कार्यकारी शाखा
सङ्घीय चान्सलर
सम्बोधनचान्सलर महोदय (अनौपचारिक)
महामहिम (कूटनीतिक)[]
प्रकारसरकार प्रमुख
सदस्यसङ्घीय मन्त्रिपरिषद्
युरोपेली सङ्घ
आसनसङ्घीय चान्सलरी, बर्लिन (प्रमुख सिट)
पालिस साउम्बुअर्ग, बोन (द्वितीयत स्थान)
मनोनयनकर्ताराष्ट्रपति
नियुक्तिकर्ताराष्ट्रपति
बुन्डेस्टाकद्वारा निर्वाचित भएपछि
अवधिनयाँ बुन्डेसटाक गठन नभएसम्म (नवीकरण योग्य)
गठन साधनजर्मनेली आधारभूत कानुन (जर्मनेली संविधान)
गठन१ जुलाई १८६७; १५८ वर्ष पहिले (१८६७-०७-01)
प्रथम धारकओटो फोन बिस्मार्क
उपउपचान्सलर
तलब२५५,१५० प्रतिवर्ष (२०२० अनुसार)[]
वेबसाइटbundeskanzler.de/bk-en

जर्मनीको चान्सलर वा आधिकारिक रूपमा सङ्घीय गणतन्त्र जर्मनीको सङ्घीय चान्सलर, [] जर्मनीको सङ्घीय सरकारको प्रमुख र युद्धको समयमा जर्मन सशस्त्र बलको कमान्डर-इन-चिफ हो। [] चान्सलर सङ्घीय मन्त्रिपरिषद्को प्रमुख कार्यकारी हुन् र कर्यापालिकाको प्रमुख हुन्। चान्सलर सङ्घीय राष्ट्रपतिको प्रस्तावमा र बिना बहस (जर्मन संविधानको धारा ६३) जर्मन संसद बुन्डेसटाकद्वारा (जर्मनेली उच्चारण: [ˈbʊndəstaːk] ( ), "Federal Diet") चयन गरिन्छ। []

सङ्घीय गणतन्त्र जर्मनीको चान्सलरको रूपमा हालसम्म ९ जना पुरुष र १ महिला गरी कुल १० जनाले पदभार सम्हालिसकेका छन् जसमध्ये पहिलो चान्सलर कोनार्ट आडनावरले सन् १९४९ देखि १९६३ सम्म पदभार सम्हालेका थिए। चान्सलर पदका वर्तमान पदाधिकारी जर्मनेली इसाई गणतान्त्रिक सङ्घका फ्रिडरिस मेर्त्स हुन् जसले ६ मे २०२५ मा शपथ ग्रहण गरेका थिए।

काम कर्तव्य र अधिकार

[सम्पादन गर्नुहोस्]

चान्सलर सबै सरकारी नीतिहरूको लागि जिम्मेवार छन्; । चान्सलरद्वारा जारी गरिएको कुनै पनि औपचारिक नीति निर्देशनहरू कानुनी रूपमा बाध्यकारी निर्देशनहरू हुन् जुन क्याबिनेट मन्त्रीहरूले लागू गर्नुपर्छ। क्याबिनेट मन्त्रीहरूले चान्सलरको बृहत्तर दिशानिर्देशहरू प्रतिबिम्बित गर्ने मन्त्री स्तरमा विशेष नीतिहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

जर्मनको पुन: एकीकरणपछिका चान्सलरहरूको सूची

[सम्पादन गर्नुहोस्]

राजनीतिक दल:   जर्मनेली इसाई गणतान्त्रिक सङ्घ   जर्मनेली सामाजिक-जनवादी पार्टी

चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल राजनीतिक
दल
उप चान्सलर(हरू) मन्त्रिपरिषद्
कार्यकाल कार्यकाल म्याद
कोनार्ट आडनावर
(सन् १८७६–१९६७)
१५ सेप्टेम्बर १९४९

१६ अक्टोबर १९६३
१४ वर्ष, ३१ दिन जर्मनेली इसाई गणतान्त्रिक सङ्घ फ्रान्च ब्लुसर (सन् १९४९–५७)
लुडभिस एर्हार्ट (सन् १९५७–६३)
प्रथम
द्वितीय
तृतीय
चौँथो
लुडभिस एर्हार्ट
(सन् १८९७–१९७७)
१६ अक्टोबर १९६३

१ डिसेम्बर १९६६
३ वर्ष, ४६ दिन जर्मनेली इसाई गणतान्त्रिक सङ्घ एरिस मेन्डे (सन् १९६३–६६)
हान्ज-क्रिस्टोफ सिबोम (सन् १९६६)
प्रथम
द्वितीय
कुर्ट गेओर्क किजिङ
(सन् १९०४–१९८८)
१ डिसेम्बर १९६६

२२ अक्टोबर १९६९
२ वर्ष, ३२५ दिन जर्मनेली इसाई गणतान्त्रिक सङ्घ भिली ब्रान्ट (सन् १९६६–६९) प्रथम
भिली ब्रान्ट
(सन् १९१३–१९९२)
२२ अक्टोबर १९६९

७ मे १९७४
४ वर्ष, १९७ दिन जर्मनेली सामाजिक-जनवादी पार्टी भाल्ट सिल (सन् १९६९–७४) प्रथम
द्वितीय
उप-चान्सलर भाल्ट सिल ७ मे देखि १६ मे १९७४ सम्म कार्यवाहक चान्सलरको रूपमा कार्यरत थिए।
हेल्मुट स्मिट
(सन् १९१८–२०१५)
१६ मे १९७४

१ अक्टोबर १९८२
८ वर्ष, १३८ दिन जर्मनेली सामाजिक-जनवादी पार्टी हान्स-डिट्रिस गेन्स (सन् १९७४–८२)
इगोन फ्राङ्क (सन् १९८२)
प्रथम
द्वितीय
तृतीय
हेल्मुट कोल
(सन् १९३०–२०१७)
१ अक्टोबर १९८२

२७ अक्टोबर १९९८
१६ वर्ष, २६ दिन जर्मनेली इसाई गणतान्त्रिक सङ्घ हान्स-डिट्रिस गेन्स (1982–92)
युर्गेन मोलेनमान (सन् १९९२–९३)
क्लाउस किङ्केल (सन् १९९३–९८)
प्रथम
द्वितीय
तृतीय
चौँथो
पाँचौँ
गेहार्ट स्रोड
(जन्म: सन् १९४४)
२७ अक्टोबर १९९८

२२ नोभेम्बर २००५
७ वर्ष, २६ दिन जर्मनेली सामाजिक-जनवादी पार्टी योस्का फिसअ (सन् १९९८–२००५) प्रथम
द्वितीय
एन्जेला मर्केल
(जन्म: सन् १९५४)
२२ नोभेम्बर २००५

८ डिसेम्बर २०२१
१६ वर्ष, १६ दिन जर्मनेली इसाई गणतान्त्रिक सङ्घ फ्रान्स मुन्टफिरिन (सन् २००५–०७)
फ्राङ्क-भाल्ट स्टाइनमाय (सन् २००७–०९)
गिदो भेस्टभेले (सन् २००९–११)
फिलिप रोस्ल (सन् २०११–१३)
जिग्मा गाब्रिएल (सन् २०१३–१८)
ओलाफ सोल्स (सन् २०१८–२१)
प्रथम
द्वितीय
तृतीय
चौँथो
ओलाफ सोल्स
(जन्म: सन् १९५८)
८ डिसेम्बर २०२१

६ मे २०२५
३ वर्ष, १४९ दिन जर्मनेली सामाजिक-जनवादी पार्टी रोबर्ट हाबेक (सन् २०२१–२५) प्रथम
१० फ्रिडरिस मेर्त्स
(जन्म: सन् १९५५)
६ मे २०२५

बहालवाला
२६० दिन जर्मनेली इसाई गणतान्त्रिक सङ्घ लार्स क्लिङबाइल (बहालवाला) प्रथम

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ratgeber für Anschriften und Anreden" (PDF), Bundesministerium des Innern – Protokoll Inland, पृ: ४०, अन्तिम पहुँच २३ मे २०१९ 
  2. "Das Amt des Bundeskanzlers: Einzelfragen zur Vergütung und weiteren Leistungen", Wissenschaftliche Dienste des Deutschen Bundestages, ३० जुलाई २०२०, पृ: ३, अन्तिम पहुँच १९ जनवरी २०२३ 
  3. Parliamentary Council of the Federal Republic of Germany, "Basic Law for the Federal Republic of Germany", Wikisource, Wikimedia, [Election_of_the_Federal_Chancellor मूलबाट २८ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०२० 
  1. जर्मनेली: Bundeskanzler(in) der Bundesrepublik Deutschland; often shortened to Bundeskanzler/Bundeskanzlerin, उच्चारण [ˈbʊndəsˌkant͡slɐ] ( )/[ˈbʊndəsˌkant͡sləʁɪn] ( )
  2. जर्मन आधारभूत कानून अनुसार, शान्तिकालमा, जर्मन शसस्त्र सेनाको कमान्डर-इन-चिफ सङ्घीय रक्षामन्त्री हुन्छन् ।