जलगैंडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जलगैंडा
जलगैंडा
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तुजगत
संघ: Chordata
वर्ग: स्तनधारीप्राणी
गण: शाकाहारी
परिवार: Hippopotamidae
वंश: Hippopotamus हिप्पोपोटामस
प्रजाति: H. amphibiopus

जलगैंडा Hippopotamidae परिवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिन ग्रीकबाट आएको हो, जसको अर्थ नदीमा बस्ने घोडा(river horse) हुन्छ। जलगैडा तेस्रो ठूलो स्थल जनावर ( हात्ति र सेतो गैंडा पछी) हो।

जलगैंडा अर्ध-जलचर हो, जुन नदीहरू तथा तालहरूको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समुहका पोथी तथा बच्चा जलगैंडाहरूको नेतृत्व गर्ने गर्छ। दिनको तापमा पानी वा हिलोमा बसेर शरीरलाई ठण्डा बनाउने गर्छन, साथै यिनीहरूको प्रजनन तथा प्रसव प्रक्रिया पनि पानीमा नै हुने गर्दछ। यिनीहरू साँझपख मात्रै चर्नको लागि जमीनमा निस्कने गर्छन।

यिनीहरूको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरू cetaceans (व्हेल, सोंस आदि) सँग जोडिएका छन, जसबाट यिनीहरू लगभग ५५ करोड बर्ष पहिले छुट्टिएका थिए। व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरूबाट लगभग ६० करोड बर्ष पहिले विभाजित भएका थिए।

जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ। जलगैंडा (१.५ टन), हात्तीका तिन प्रजाति (३ देखि ९ टन) र सेतो गैंडा ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार जनावर हो। यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ। जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ। जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरू मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रूपमा चिनिन्छ। जाम्बिया (४०,००)तथा तान्जानिया (२०,००० - ३०,०००) गरी अफ्रिकाको सब-साहारन क्षेत्रमा १२५,०० देखि १५०,००को संख्यामा जलगैंडाहरू रहेको अनुमान गरीएको छ। तापनि वासस्थानको अभाव र मासु तथा बहुमुल्य दाँतको लागि जलगैंडाको शिकारका कारण यिनीहरू खतरामा परेका छन।

स्वरूप[सम्पादन गर्ने]

नेपालको चिडियाघरमा रहेको जलगैंडा

वासस्थान[सम्पादन गर्ने]

भौगोलीक बितरण[सम्पादन गर्ने]

संख्या तथा संरक्षण स्थिति[सम्पादन गर्ने]