जलन्धर (असुर)
| जलन्धर | |
|---|---|
| अन्य नामहरू | चलन्तरण |
| आबद्ध | असुर |
| अस्त्र | त्रिशूल |
| लिङ्ग | पुरुष |
| वंशावली | |
| अभिभावकहरू | शिव (सृष्टिकर्ता) वरुण र शुक्र (पालक पिताहरू) |
| जीवनसाथी | वृन्दा |
जलन्धर (संस्कृत: जलन्धर, शाब्दिक अर्थ: 'जसले जल धारण गर्दछ'), जसलाई चलन्तरण पनि भनिन्छ, हिन्दु धर्मका एक असुर हुन्। इन्द्रले भगवान् शिवमाथि बज्र प्रहार गर्छन् र शिवको क्रोधले उहाँको तेस्रो आँखा खुल्दा जलन्धरको जन्म हुन्छ। यद्यपि, इन्द्रलाई बचाइन्छ र आँखाबाट निस्किएको ऊर्जा समुद्रमा पठाइन्छ। सो ऊर्जा एक बालकका रूपमा विकसित हुन्छ, जसलाई वरुण र पछि शुक्राचार्यले हुर्काउँछन्।
हुर्किएपछि उनले त्रिलोक—स्वर्ग, भूलोक (पृथ्वी) र पाताल—विजय गर्छन्। उनले कालनेमिकी छोरी वृन्दासँग विवाह गर्छन्। उनको वध उनकै सृष्टिकर्ता शिवद्वारा गरिएको थियो।
जन्म
[सम्पादन]शिव पुराणका अनुसार,[१] जब इन्द्र र बृहस्पति एक पटक कैलासमा शिवलाई भेट्न जाँदै थिए, तब उनीहरूको बाटो जटाधारी र देदीप्यमान अनुहार भएका एक नग्न योगीले छेकेका थिए। ती योगी स्वयं शिव थिए, जसले इन्द्र र बृहस्पतिको ज्ञानको परीक्षा लिन सो रूप धारण गरेका थिए। इन्द्रले योगीलाई चिन्न सक्दैनन् र ती व्यक्तिले बाटो नछोडिदिएकोमा उनी क्रोधित हुन्छन्। इन्द्रले उनलाई बाटो छोड्न आग्रह गर्छन्, तर ती व्यक्ति टसको मस हुँदैनन्। कुनै प्रतिक्रिया नआएपछि इन्द्र क्रुद्ध हुन्छन् र उनलाई आफ्नो बज्रले प्रहार गर्ने धम्की दिन्छन्। यस कार्यपछि इन्द्रको हात पक्षघात हुन्छ र शिवले बज्रलाई निष्क्रिय पारिदिन्छन्।
इन्द्रको यस्तो व्यवहारले शिव क्रोधित हुन्छन् र उनका आँखाहरू राता हुन्छन्, जसले इन्द्रलाई त्रसित बनाउँछ। सो क्रोधका कारण उहाँको तेस्रो आँखा खुल्छ, जसले इन्द्रको झण्डै ज्यान लिन्छ। बृहस्पतिले शिवलाई चिन्छन् र इन्द्रलाई क्षमा गरिदिनुहोस् भन्दै प्रार्थना गर्छन्। इन्द्रको हत्या हुनबाट जोगाउन शिवले आफ्नो आँखाको आगो समुद्रतर्फ पठाइदिन्छन्। समुद्रसँगको मिलनपछि सो आगोले एक बालकको रूप लिन्छ।
ती बालक जोडले रुन्छन् जसका कारण ब्रह्मा आफ्नो लोकबाट तल ओर्लिन्छन्। समुद्रले ब्रह्मालाई आफूलाई बालक कहाँबाट आएको हो भन्ने थाहा नभएको बताउँछन्। ब्रह्माले त्यसपछि उनलाई यो बालक एक दिन असुरहरूको सम्राट बन्ने, उनलाई केवल शिवले मात्र मार्न सक्ने र उनको मृत्युपछि उनी पुनः शिवकै तेस्रो आँखामा फर्किने बताउँछन्।[२]
शक्ति प्रदर्शन
[सम्पादन]जलन्धरको बाल्यकाल आश्चर्यहरूले भरिएको थियो। हावाको सहाराले उनी समुद्रमाथि उड्दथे; उनले आफैँले समातेका सिंहहरू उनका घरपालुवा जनावर थिए; र विशाल पक्षीहरू तथा माछाहरू उनको अधीनमा थिए।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Shastri, J. L. (२०००-०१-०१), The Siva Purana Part 2, Motilal Banarsidass, पृ: 898, आइएसबिएन 978-81-208-3869-7।
- ↑ Stella Kramrisch (१९९२), The Presence of Siva, Princeton University Press, पृ: 388, 389, 391, आइएसबिएन 978-0-691-01930-7।
- ↑ "Hindu Mythology, Vedic and Puranic: Part III. The Inferior Deities: Chapter VI. The Asuras"।