जलबिन्दु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आँखाभित्र भएका अंगको पोषणका लागि एक किसिमको तरल पदार्थ उत्पन्न हुने गर्छ। उपयोगिता सकिएपछि यो तरल पदार्थ आँखाका मसिना प्वालहरूबाट बाहिर निस्किन्छ। तर, उमेर वृद्धिसँगै प्वालहरू साना हुँदै जान्छन्, टालिँदै जान्छन्। अनि त्यो तरल पदार्थ बाहिर निस्किने प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । यसबाट आँखामा दबाब बढ्न थाल्छ । त्यो दबाबले आँखाले मस्तिष्कमा संकेत पठाउने नसा -अप्टिकल नर्भ फाइभर) लाई नष्ट गर्छ । सामान्यतः आँखामा बढी बल पर्नाले यस्तो हुन्छ । यो नसा धेरै संवेदनशील हुन्छ । त्यसैले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । अनि दृष्टि कमजोर हुन थाल्छ । जलबिन्दु रोग निको हुँदैन । यो रोगले गुमेको दृष्टि फर्किंदैन । तर, समयमै रोग पहिचान गरेर उपचार प्रक्रिया सुरु गर्दा दृष्टि गुम्नबाट जोगिन्छ ।

बाहिरी कडीहरू[सम्पादन गर्ने]