सामग्रीमा जानुहोस्

जलविन्दु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जलविन्दु
ग्लुकोमा
व्यक्तिको दाहिने आँखामा देखिएको एक्युट एङ्गल-क्लोजर जलविन्दु। यहाँ मध्यम आकारको आँखाको नानी देख्न सकिन्छ, जसले प्रकाशमा प्रतिक्रिया दिँदैन र आँखाको सेतो भाग रातो भएको छ।
विभाग:नेत्रविज्ञान, आँखा सम्बन्धी वा समस्याको उपचारको विधा
लक्षणहरू:
[१][२]
लक्षण सुरुवात:क्रमिक वा अचानक[२]
जोखिम:आँखाको दबाब बढ्नु, उच्च रक्तचाप[१]
पहिचान विधि:डाइलेटेड आँखा परीक्षण[१]
उस्तै लाग्ने रोग:आँखा फुल्ने, चोटपटक, आँखा रातो हुने, आँखा पाक्ने रोग[३]
उपचार:औषधि, लेजर चिकित्सा, शल्यक्रिया[१]
आवृत्ति:६–६७ मिलियन[२][४]

जलविन्दु जसलाई चिकित्सा भाषामा ग्लुकोमा पनि भनिन्छ, आँखाका रोगहरूको एक समूह हो जसले दृष्टि स्नायुमा क्षति पुर्‍याई आँखाबाट मस्तिष्कमा दृश्य जानकारी पठाउने काम गर्दछ। उपचार नगरिएमा जलविन्दुले दृष्टि गुम्ने समस्या निम्त्याउन सक्छ। यसलाई "दृष्टिको शान्त चोर" भनिन्छ किनभने यस रोग लागेका बिरामीहरूमा दृष्टिको हानि सामान्यतया लामो समयसम्म बिस्तारै हुने गर्दछ।[५] जलविन्दुको मुख्य जोखिम कारक आँखा भित्रको दबाब बढ्नु हो, जसलाई इन्ट्राओकुलर प्रेसर भनिन्छ।[१] यो बुढ्यौली, वंशाणुगत र केही निश्चित स्वास्थ्य अवस्था वा औषधिहरूको प्रयोगसँग सम्बन्धित छ।[६] "ग्लुकोमा" शब्द प्राचीन युनानी शब्द ग्लुकोसबाट आएको हो, जसको अर्थ 'चम्किलो, नीलो-हरियो वा खैरो' भन्ने हुन्छ।

विभिन्न प्रकारका जलविन्दुमध्ये सबैभन्दा सामान्य प्रकारहरूलाई ओपन-एङ्गल जलविन्दु र क्लोज्ड-एङ्गल जलविन्दु भनिन्छ।[७] आँखा भित्र, एक्वस ह्युमर भनिने तरल पदार्थले (जुन सिलियरी बडीले उत्पादन गर्छ) आँखाको आकार कायम राख्न र पोषक तत्व प्रदान गर्न मद्दत गर्दछ। ओपन-एङ्गल जलविन्दुमा, यो निकास प्रक्रियामा बाधा पुग्छ, जसले गर्दा आँखाको अघिल्लो भागमा तरल पदार्थ जम्मा भई आँखा भित्रको दबाब बढ्न जान्छ। यो बढेको दबाबले आँखाको स्नायु र वरिपरिका तन्तुहरूलाई क्षति पुर्‍याउन सक्छ। क्लोज्ड-एङ्गल जलविन्दुमा, आँखाको तरल निकास अचानक बन्द हुन्छ, जसले गर्दा दबाब द्रुत रूपमा बढ्दछ। यसले आँखा धेरै दुख्ने, धमिलो दृष्टि र वाकवाकी लाग्ने हुन सक्छ। क्लोज्ड-एङ्गल जलविन्दु एक आपतकालीन अवस्था हो जसमा तुरुन्तै उपचार आवश्यक पर्दछ।[१]

यदि समयमै उपचार गरियो भने, जलविन्दुको वृद्धि ढिलो गर्न वा रोक्न सकिन्छ। विशेषगरी ४० वर्षभन्दा माथिका व्यक्ति वा वंशाणुगत रूपमा आउने जलविन्दुका लागि नियमित आँखा परीक्षण अत्यन्त आवश्यक मानिन्छ।[८] उपचारमा सामान्यतया आँखाको ड्रप, औषधि, लेजर उपचार वा शल्यक्रिया समावेश हुन्छ।[१][९] यी उपचारहरूको लक्ष्य आँखाको दबाब कम गर्नु हो।[२]

ग्लुकोमा अफ्रिकी अमेरिकी, हिस्पानिक र ल्याटिनो अमेरिकी र एसियालीहरूमा अन्धोपनको एक प्रमुख कारण पनि हो।[१०][११][१२] उमेरसँगै यसको जोखिम बढ्दै जान्छ र ८० वर्षभन्दा माथिका ८ प्रतिशत अमेरिकीहरूमा यो देखिन्छ।[१][६] क्लोज्ड-एङ्गल जलविन्दु महिलाहरूमा बढी देखिने गर्दछ।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 4 5 6 7 8 "Facts About Glaucoma", National Eye Institute, मूलबाट २८ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०१६।
  2. 1 2 3 4 5 "Glaucoma", Primary Care 42 (3): 437–449, सेप्टेम्बर २०१५, डिओआई:10.1016/j.pop.2015.05.008, पिएमआइडी 26319348।
  3. ↑ Ferri's differential diagnosis: a practical guide to the differential diagnosis of symptoms, signs, and clinical disorders (2nd संस्करण), Philadelphia, PA: Elsevier/Mosby, २०१०, पृ: Chapter G, आइएसबिएन 978-0-323-07699-9।
  4. ↑ Vos, Theo; Allen, Christine; Arora, Megha et al. (अक्टोबर २०१६), "Global, regional, and national incidence, prevalence, and years lived with disability for 310 diseases and injuries, 1990-2015: a systematic analysis for the Global Burden of Disease Study 2015", Lancet 388 (10053): 1545–1602, डिओआई:10.1016/S0140-6736(16)31678-6, पिएमआइडी 27733282, पिएमसी 5055577।
  5. ↑ "Glaucoma: The 'silent thief' begins to tell its secrets" (प्रेस विज्ञप्ति), National Eye Institute, २१ जनवरी २०१४, मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित।
  6. 1 2 "Glaucoma: The 'silent thief' begins to tell its secrets | National Eye Institute", www.nei.nih.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-११।
  7. ↑ "Glaucoma: MedlinePlus Medical Encyclopedia", medlineplus.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-११।
  8. ↑ "Glaucoma - Symptoms and causes", Mayo Clinic (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-११।
  9. ↑ "Medical interventions for primary open angle glaucoma and ocular hypertension", The Cochrane Database of Systematic Reviews 2007 (4), अक्टोबर २००७, डिओआई:10.1002/14651858.CD003167.pub3, पिएमआइडी 17943780, पिएमसी 6768994।
  10. ↑ "Glaucoma in the African American and Hispanic Communities", Bright Focus Foundation, अन्तिम पहुँच २६ जुन २०२२।
  11. ↑ "Glaucoma in the African-American and Latino Communities: Studies Release More Data", American Academy of Ophthalmology (अङ्ग्रेजीमा), २०१०-०६-०१, अन्तिम पहुँच २०२३-०९-११।
  12. ↑ Belamkar, Aditya; Harris, Alon; Oddone, Francesco; Verticchio Vercellin, Alice; Fabczak-Kubicka, Anna; Siesky, Brent (२०२२-०४-२८), "Asian Race and Primary Open-Angle Glaucoma: Where Do We Stand?", Journal of Clinical Medicine 11 (9): २४८६, आइएसएसएन 2077-0383, डिओआई:10.3390/jcm11092486, पिएमआइडी 35566612, पिएमसी 9099679।