ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जलस्रोत मन्त्रालयबाट अनुप्रेषित)

कूल कृषि भूमिको उल्लेख्य प्रतिशतलाई सिञ्चित गर्न सक्ने र प्रशस्त मात्रामा जलविद्युतको उत्पादनगर्न सक्ने सम्भाव्यताका कारण नेपालको मुख्य चुनौतिको रूपमा रहेको गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जलस्रोतको परिचालन र व्यवस्थापन गर्ने जिम्मेवारी यसमन्त्रालयमा रहेको छ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

देशमा औद्योगिक एवम् आर्थिक क्रियाकलाप बिस्तार गर्न आवश्यक उर्जाको उत्पादन रआपूर्ति सम्बन्धी व्यवस्था गर्नु, कृषि प्रणालीमा अपेक्षित सुधारको प्रयासमा सहयोग पुर्‍याउनु सिँचाई प्रविधि सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्नु यस मन्त्रालयको उद्देश्य रहेको छ।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७ अनुसार यस मन्त्रालयका कार्यर्हहरू निम्न छन् :

  • जलस्रोतको संरक्षण तथा नियन्त्रण र उपयोग सम्बन्धी नीति, योजना र कार्यान्वयन सम्बन्धी,
  • जलस्रोत र यसका उपयोग सम्बन्धी सर्भेक्षण, अनुसन्धान तथा सम्भाव्यता अध्ययन सम्बन्धी,
  • जलस्रोत सम्बन्धी बहुमुखी योजनाहरूको निर्माण, सञ्चालन तथा सम्भार र प्रबर्द्घन सम्बन्धी,
  • जलस्रोत सम्बन्धी जनशक्तिको विकास सम्बन्धी,
  • विद्युत र विद्युत सम्बन्धी कम्पनी एवम् सस्थासँग सम्बन्धित विषयहरू सम्बन्धी,
  • विद्युत विकासमा निजी क्षेत्रको प्रबर्द्घन सम्बन्धी,
  • जलस्रोत र त्यसको उपयोग सम्बन्धी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी तथा सर्म्पर्क सम्बन्धी,
  • जलस्रोत र त्यसको उपभोग सम्बन्धी द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि, सम्झौता सम्बन्धी,
  • सिँचाइ सुबिधा शुल्क सम्बन्धी,
  • जलस्रोतसँग सम्बन्धित बिषयमा अन्य निकायहरूसँग समन्वय गर्ने सम्बन्धी,
  • इन्जिनियरिङ्ग सेवा अर्न्तर्गत इलेक्टि्रकल, मेकानिकल, र मेटेरियोलजी समूह तथा हाइड्रोपावर,
  • हाइड्रोलोजी र इरिगेसन उपसमुह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, सुरू नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यताको निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी।

मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

www.mowr.gov.np