सामग्रीमा जानुहोस्

जाजरकोट दरबार

जाजरकोट दरबार
नक्सा
सामान्य विवरण
प्रकारदरबार
वास्तुकलाको ढाँचाNepalese architecture
स्थानजाजरकोट, कर्णाली प्रदेश
राष्ट्रनेपाल
निर्देशाङ्क२८°४१′५७″ उत्तर ८२°१२′०२″ पूर्व / २८.६९९१०११८९८४३३६५° उत्तर ८२.२००६८१४६३९४४५° पूर्व / 28.699101189843365; 82.2006814639445
स्वामित्वजाजरकोटी राजा (बि.स १८२५-२०४२ )
नेपाल सरकार (बि.स २०४२ -)
प्राविधिक विवरण
तला4

जाजरकोट दरबार कर्णाली प्रदेशको जाजरकोट जिल्लामा अवस्थित एउटा ऐतिहासिक दरबार हो।

यो दरबार बि.स १८२५ मा जाजरकोटका राजा हरि शाह निर्माण गरेका थिए।[] विसं १८५२ मा राजा इन्द्रनारायण शाहले त्यहीं पाँच नाल सहितको दरबार बनाए जुन अहिले जाजरकोट दरबार नामले प्रसिद्ध छ।[] जाजरकोट दरबारमा बसेर सात राजाले शासन गरे। यही दरबारबाट प्रधानमन्त्री जंगबहादुरका दुई छोरी जगती र दीर्घकुमारीको विसं १९२६ सालमा जाजरकोटका २०औं राजा नरेन्द्रविक्रम शाहसँग विवाह भयो। यो दरबारमा ऐतिहासिक काष्ठकला देख्न सकिन्छ। २५० वर्षभन्दा पुराना इँटा, झ्यालढोका, शयन–शृंगार कक्षदेखि होमहोमादि गर्ने स्थान अहिले पनि छन्।

ब्रिटिश सरकारले जंगबहादुरलाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दिंदा त्यसलाई कार्यान्वयन गर्न जुद्धोदल शाहको कमान्डमा ५०० सैनिक यही दरबारबाट गएका थिए।

दरबार सुरुमा सात तला थियो र १९९० को नेपाल-भारत भूकम्पका कारण क्षतिग्रस्त भएको थियो।[] २०७२ बैशाखको भूकम्प र जाजरकोट भूकम्पले भवनलाई थप क्षति पुर्‍यायो ।[] []

यो दरबारको निर्माण भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार भएको थियो। हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा  तत्कालीन जिल्ला पन्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Jajarkot Durbar lies forgotten, neglected", The Himalayan Times (अङ्ग्रेजीमा), ३ नोभेम्बर २०१६, अन्तिम पहुँच १ अप्रिल २०२१
  2. इतिहास, अनिता भेटवाल, "ढल्न लागेको जाजरकोटे इतिहास", अन्तिम पहुँच २०२६-०७-११
  3. "Historic Jajarkot palace awaiting renovation", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१
  4. "Jarjarkot Durbar in a dilapidated condition", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच १ अप्रिल २०२१
  5. KC, Janak, "248-year-old Jajarkot palace awaits renovation", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१
  6. केसी, जनक (१० कार्तिक २०७३), "२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण", नागरिक