सामग्रीमा जानुहोस्

जाजरकोट राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाजरकोट राज्य
बि.सं. १४६१–बि.सं. १८४३
वस्तु-स्थिति
राजधानी
[१]
सरकारराजतन्त्र
(बि.सं. १४६१-१८४३)
रजौटा राज्य
(१८४३–२०१७)
राजा 
• १४६१-
जगतीसिंह (पहिलो )
• -२०६५
प्रकाशविक्रम शाह (अन्तिम)
इतिहास 
• स्थापित
बि.सं. १४६१
• नेपालमा विलय
बि.सं. १८४३
पूर्ववर्ती
उत्तरवर्ती
खस राज्य
नेपाल
अचेलजाजरकोट जिल्ला, नेपाल

जाजरकोट एक बाइसे राज्य थियो र यहाँ मलेवम रास्कोटी घरानाका शाह राजाहरूले शासन गर्दथे। यो राज्यको स्थापना बि.सं. १४६१ मा राजा मलैबमले गएका थिए। बि.सं. १८४३ मा नेपाल र जाजरकोट बीचमा सन्धि भई जाजरकोटले नेपालको आधिपत्य स्वीकार गरी नेपालमा सम्मिलित भएको थियो। जाजरकोटे राजालाई १२००० भत्ता दिने व्यवस्था भयो।[२][३] २०१७ मा राज्य रजौटा ऐन लागु भएपछि पनि यो राज्यलाई निरन्तरता दिइएको थियो। २०६५ मा नेपाल गणतन्त्र घोषणा भएपछि श्री ५ सहित जाजरकोटे राजाको उपाधि पनि खारेज भयो।

जाजरकोट दरबार

यो राज्य पूर्वतर्फ रुकुम, जहारी, बाँफी, गोताम, मुसीकोट, पश्चिमतर्फ दैलेख विलासपुर, दुल्लु, ज्वालाजी, सतताला, उत्तरतर्फ जुम्ला र दक्षिणतर्फ सुरखेत धुलीकोट राज्यसम्म फैलिएको थियो।

इतिहास

[सम्पादन]

सिन्जा खस राज्यसँग छुट्टिएर बि.सं. १४५५ मा जगतीसिंह मेदिनी वर्माले जगतीपुरलाई राजधानी बनाई जाजरकोट राज्य बसालेका थिए। राजाराम सुवेदीका अनुसार यो राज्यको स्थापना बि.सं. १४६१ मा गएका थिए। जगतीसिंहले बसालेको वस्तीलाई उनकै नामले जगतीपुर भनिन्छ।

उनका दरसन्तान बादशाहले बि.सं. १७५० मा राजधानी खलंगा सारे।

राजा हरि शाह र छोराहरूलाई उनकै भाइ हठी शाहले हत्या गरी आफूलाई राजा घोषणा गरे। पछि सिर्पाचौरका राजभक्त मगरहरूले विद्रोह गरेर ‘हाँरो राजा मारने वैरीलाई मारनुपर्छ’ भनी लाठीले हानी मारेर महारानीसँग ‘राजा मारन्यालाई मारी आञ्यु’ भनेको तथ्य वंशावलीमा उल्लेख छ।[४][५] हरि शाह पछी उनका कान्छा छोराबाट जन्मेका नाती गजेन्द्रनारायण राजा भए ।

गोर्खासँगको सन्धि

[सम्पादन]

[६]

श्री दुर्गा सहायः

१. श्री पंचायन देउवा
स्वस्ति श्री गण गिरिराज चक्र चूडामणि नर नारायणे त्यादि विविध विरुदावलि विराजमान मनोन्नत श्रीमान् महाराजाधिराज श्री श्री श्री महाराज रणवहादुर साह वहादुर सम्सेर जङ्ग देवा नाम् सदा समर विजयि नाम्….

स्वस्ति श्री गण गिरिराज चक्र चूडामणि नर नारायणे त्यादि विविध विरुदावलि विराजमान मनोन्नत श्रीमान् महाराजाधिराज श्री श्री श्री गजेन्द्र साहदेवेषु. सदासमरविजयिषु. सलामपुर्वक पत्रमिदम् ञहां कुसल तांहा कुशल चाहिय आगे ञहाकोसमाचार भलोछ उप्रान्त गोर्षा जाजकोट को. घाहा अघिदेषी भै आयाकोहो कालि पसिम जाजरकोट अघिमा न भै. राजा राजाको मुलुक सर गराई यस समय भेरि साध हुदा हाम्रा काजी सर्दारले. सल्ल्यान लाइ सँगाली अधार्‍या घाट भेरिका अर्ध जलमा वसि गाइ ब्राह्मण जनै तुलसीपत्र. सालग्राम साछि राषी जाजरकोटका द्रसंतानले गोर्षाको वाङ्गो नचिताउनु गोार्षका द्रसंतानले. जाजरकोटका राज्यमाथि अधर्म नचिताउनु भनी धर्म गरि जाजरकोट भर अम्वलमा आफ्नु अघि देखि चलि आयाको हाल हुकुम पंचषत सहित राषि गद्दिथामी वोलनु वाधनु गर्‍याको विस्तार हाम्रा काजि जिवसाहि परन्ये (पारथ) भँडारि जोगमल्ल चामु भँडारिहरुले ञहा विंती गरि पठाया भारादार हरुसित वसि जो कुरा वोलनु वाधनु गरि धर्म भयो सोहि हामिले थाम्यौं यस कुरामा हाम दरसंतान र आफना दरसंतानमा जो डग्ला उसलाइ…. को कुदृष्टि होला यो ढुङ्गो जति वढ्यो त्यो ढुँगो पनि वढाउनुछ. तेस ढुँगाका कृपाले हाम्रो भेरि साध लाग्याको पाग पाित र धर्मपत्र ली लछुमापति पांडे तुलाराम थापा पठायाका छन् ईनका मुषजमान विंति गर्नन् सो प्रमाण छ इतिसम्वत् १८४३ साल मिति चैत्र वदि ९ रोज ३ मुकाम कांतिपुर शुभम्

रजौटा राज्य

[सम्पादन]

गजेन्द्रनारायण को समयमा नै जाजरकोट नेपालामा विलय भयो। जाजरकोटे राजा हरि शाह र पृथ्वीनारायण शाहबीच विसं १८११ मा भारतको मणिकर्णिका घाटमा एकअर्कालाई सघाउने धर्मसन्धि भएको थियो। बि.सं. १८४३ मा नेपाल र जाजरकोट बीचमा सन्धि भई जाजरकोटले नेपालको आधिपत्य स्वीकार गरी नेपालमा सम्मिलित भएको थियो। जाजरकोटे राजालाई १२००० भत्ता दिने व्यवस्था भयो। अछामी राजा देवचन्द्र शाहले १८४८ सालमा विद्रोह गरी बान्नेगढीमा १ सय ५० गोरखाली सेनाको ज्यान लिए[७]। उनको उक्त विद्रोह जाजरकोटी राजा गजेन्द्र शाहले दमन गरेका थिए [८]।

बि.सं. १८५२ मा राजा इन्द्रनारायण शाहले त्यहीं पाँच नाल सहितको दरबार बनाए जुन अहिले जाजरकोट दरबार नामले प्रसिद्ध छ।

२०१७ मा राज्य रजौटा ऐन लागु भएपछि पनि यो राज्यलाई निरन्तरता दिइएको थियो। २०६५ मा नेपाल गणतन्त्र घोषणा भएपछि श्री ५ सहित जाजरकोटे राजाको उपाधि पनि खारेज भयो।

शासकको सूची

[सम्पादन]

[९]

राजा

[सम्पादन]
  1. जक्तिसिंह
  2. जयसिंह
  3. देवसिंह
  4. विक्रम शाह
  5. जसभूम शाह
  6. पुनिमल शाह
  7. मुकुन्द शाह
  8. माधव शाह
  9. उपेन्द्र शाह
  10. मन्दिर शाह
  11. वात्साह शाह
  12. हरि शाह
  13. गजेन्द्र शाह

रजौटा राजा

[सम्पादन]
राजा राजा शासनकाल मुख्य घटना
सुरु अन्त्य
गजेन्द्र शाह अछामी राजा देवचन्द्र शाहको विद्रोह राजा गजेन्द्र शाहले दमन गरेका थिए [८]।
१४ इन्द्रनारायण शाह विसं १८५२ मा राजा इन्द्रनारायण शाहले जाजरकोट दरबार निर्माण गराएका थिए ।
१५ दीपनारायण शाह राजा दीपनारायण शाहको विवाह रणबहादुर शाहकी छोरी दुर्गा कुमारीसँग भएको थियो। राजा राजेन्द्रले दुर्गा कुमारीलाई वि.स. १८९२ असार ३ मा  तामाको पातामा पत्र लेखेर चौरजहारीमा खेतवारी भएको १ सय रोपनी जग्गा विर्ता दिएका थिए।[१०]
१६ जङ्गबहादुर शाह
१७ पूर्णयुद्धविक्रम शाह
१८ नरेन्द्रविक्रम शाह (राजेन्द्रविक्रम) उनको विवाह विसं १९२६ मा जंगबहादुरका छोरीहरूसँग भएको थियो।
१९ उपेन्द्रविक्रम शाह राजा उपेन्द्रविक्रम शाहले जाजरकोट नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए ।

चन्द्र शमशेरले राजा उपेन्द्रलाई अंग्रेज सेनाका लागि रिक्रुट जम्मा गरी पठाउन इस्तिहार जारी गरेका थिए। सायद रिक्रुट नपाएर होला जाजरकोटी राजालाई पटकपटक ताकेता गर्दै १८ वटा इस्तिहार पठाइएको छ। १८ औं इस्तिहारमा तीन दिनभित्र रिक्रुट दाखिला गर्नु भन्ने आदेश दिइएको छ। भनेको म्याद सकिदा पनि बाँकी रिक्रुट नुबुझाएकोले लेखिए बमोजिम नगरे कारबाहि हुने धम्कीसमेत दिइएको छ ।  

२० स्वयंप्रकाशविक्रम शाह २०६०
२१ लक्ष्मणप्रकाशविक्रम शाह २०६० २०६५

अर्थतन्त्र

[सम्पादन]

जाजरकोट राज्यमा १३००० घरकुरिया थिए। प्रत्येक घरबाट राज्यको लागि एक जना सिपाही जानुपर्थ्यो र धुरीकर रु. १ दिनुपर्थ्यो। खानीकर, घट्टकर, माछाकर र व्यापारकरबाट वार्षिक रु. १३००० आय हुन्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ इतिहास, अनिता भेटवाल, "ढल्न लागेको जाजरकोटे इतिहास", अन्तिम पहुँच २०२६-०७-११।
  2. ↑ वैद्य, तुलसीराम (१९८६ डिसेम्बर), "जाजरकोटको राजनीतिक इतिहास", भोइस अफ हिस्ट्री IX (XI): १७–४४।
  3. ↑ सुवेदी, राजाराम (१९८६ ई.), "जाजरकोटको राजवंशावली", रोलम्ब ६ (३): पृ १६–२०।
  4. ↑ भट्टराई, विश्वनाथ, "जाजरकोटे राजा र मल्ल राजाहरूको वंशावल", Ancient Nepal 27 (4)।
  5. ↑ के.सी., शरद (१-१५ असोज २०६०), "हिमाल खबरपत्रिका | राजा बन्ने रहर", nepalihimal.com (en-USमा), मूलबाट २०२०-१०-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०७-११।
  6. ↑ "गोर्खा र जाजरकोटको भेरीसाँधको सन्धि (सन् १७८७)", bisalnepal.com, अन्तिम पहुँच २०२६-०८-२२।
  7. ↑ राजाराम सुवेदी, कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य, २०५६
  8. 1 2 सुरतबहादुर शाह, अछाम दर्पण, २०७४
  9. ↑ सुवेदी, राजाराम (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: पृष्ठ ११८–११९, आइएसबिएन 99933-2-406-X।
  10. ↑ "राजा राजेन्द्र विक्रमले किन दिए रानी दुर्गा कुमारीलाई १ सय रोपनी जग्गा?", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२६-०७-११।