सामग्रीमा जानुहोस्

जातक कथा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जातक कथाहरूको


अनुवादहरू
अंग्रेजी: जन्म इतिहास
संस्कृत:जातक
बर्मेली:ဇာတက
खमेर:ជាតក
सिंहाल:ජාතක කථා
थाई:ชาดก
बौद्ध धर्मको शब्दावली
पूर्वजन्ममा, काठफोरको रूपमा बुद्धले सिंहको घाँटीमा अड्किएको हड्डी निकालेर जीवन बचाउँछन्। अमरावती शैली, लगभग १७५–२२५ ईस्वी

जातक (संस्कृतमा "जन्मको", "जन्मसँग सम्बन्धित" वा "जन्म कथाहरू") भारतीय उपमहाद्वीपमा मूल रूपमा रहेको विशाल साहित्यिक सङ्ग्रह हो जसले मुख्य रूपमा गौतम बुद्धका मानव तथा जनावर दुवै रूपमा पूर्वजन्महरूको वर्णन गर्दछ। जातक कथाहरूलाई स्तूपहरूको रेलिङ तथा तोरणहरूमा चित्रण गरिएका हुन्छन्।[][] पिटर स्किलिङका अनुसार, यो विधा "बौद्ध साहित्यको सबैभन्दा पुरानो वर्गहरू मध्ये एक" हो।[] यी मध्ये केही ग्रन्थहरू आफैँमा उत्कृष्ट साहित्यिक कृति मानिन्छन्।[] विभिन्न भारतीय बौद्ध सम्प्रदायहरूमा जातकहरूका फरक–फरक सङ्ग्रहहरू थिए। सबैभन्दा ठूलो ज्ञात सङ्ग्रह थेरवाद सम्प्रदायको जातकत्थवण्णना हो, जुन पाली त्रिपिटकको खुद्दक निकाय अन्तर्गत सुत्त पिटकको एक खण्ड हो।[]

वेस्सन्तर जातक, साँची

यी कथाहरूमा, भावी बुद्ध राजा, अछुत, देव वा जनावर जुनसुकै रूपमा पनि देखा पर्न सक्ने तर जुनसुकै रूपमा देखा परेतापनि उनले कुनै न कुनै सद्गुण प्रदर्शन गर्दछन् जसलाई ती कथाहरूले उपदेशको रूपमा प्रस्तुत गर्दछन्। [] प्रायः जातक कथाहरूमा विस्तृत पात्रहरूको समूह हुन्छ जसले विभिन्न समस्या उत्पन्न गर्छन्। त्यसपछि बुद्ध चरित्रले हस्तक्षेप गरी सबै समस्या समाधान गर्छन् र सुखद अन्त्य ल्याउँछन्। जातक विधा, बुद्धले आफ्ना सबै पूर्वजन्महरू सम्झन सक्दथे र यी स्मृतिहरूको प्रयोग गरेर कथा सुनाउँदै आफ्ना शिक्षाहरू चित्रण गर्दथे भन्ने विचारमा आधारित छ।[]

बौद्ध परम्पराहरूका लागि, जातक कथाहरूले बुद्धत्व प्राप्तिको लामो मार्गमा आवश्यक पर्ने धेरै जन्म, कार्य र आध्यात्मिक अभ्यासहरूलाई चित्रण गर्दछन्।[] तिनीहरूले बुद्धका महान गुणहरू वा पारमिता (जस्तै दान) लाई पनि चित्रण गर्दछन् र विशेषगरी कर्मपुनर्जन्मको ढाँचाभित्र बौद्ध नैतिक पाठहरू सिकाउँछन्।[] जातक कथाहरूलाई सम्पूर्ण बौद्ध जगतका बौद्ध वास्तुकलाहरूमा पनि चित्रण गरिएको छ र यिनीहरू लोकप्रिय बौद्ध कलाको एक महत्त्वपूर्ण तत्वको रूपमा रहिआएका छन्।[] यस्ता केही प्रारम्भिक चित्रणहरू साँची र भरहुतमा पाउन सकिन्छ।

नाओमी एप्लिटनका अनुसार, जातक सङ्ग्रहहरूले "बुद्धत्व, कर्म र पुण्यका धारणाहरूको निर्माण र सञ्चारमा र अन्य बुद्ध तथा बोधिसत्वहरूको सम्बन्धमा बुद्धको स्थान निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेका हुन सक्छन्।"[] जातक कथाहरूको प्रस्तावना 'जातकनिदान'मा पाइने परम्परागत दृष्टिकोण अनुसार, गौतमले विगतका बुद्ध दीपङ्करको अगाडि भविष्यमा बुद्ध बन्ने प्रतिज्ञा (प्रणिधान) गरेका थिए। त्यसपछि उनले बुद्धत्वको मार्गमा धेरै जन्महरू बिताए र तिनै जीवनका कथाहरू जातकका रूपमा अभिलिखित छन्।[]

जातक कथाहरू बौद्ध कथाको अर्को विधा अवदानसँग नजिकबाट सम्बन्धित छन् भने यो कुनै पनि कर्मिक रूपमा महत्त्वपूर्ण कार्य (बोधिसत्वद्वारा वा अन्य कारकहरूद्वारा) र त्यसको फलको कथा हो।[][] नाओमी एप्लिटनका अनुसार, केही कथाहरूलाई (जस्तै अवदानशतक को दोस्रो र चौथो दशकमा पाइने कथाहरू) जातक र अवदान दुवैको रूपमा वर्गीकृत गर्न सकिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Appleton, Naomi, "Jātaka", Oxford Bibliographies (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-०८
  2. 1 2 Straube, Martin. Narratives: South Asia in Silk, Jonathan A. (Editor-in-chief) "Brill's Encyclopedia of Buddhism". Vol. I: Literature and Language. Leiden, Boston 2015
  3. Skilling, Peter (2010). Buddhism and Buddhist Literature of South-East Asia, pp. 161–162.
  4. Shaw, Sarah (2006). The Jatakas: Birth Stories of Bodhisatta, p. xxii. Penguin UK.
  5. 1 2 3 4 Appleton, Naomi (२०१६-०८-३१), "Jātaka", Oxford Research Encyclopedia of Religion (अङ्ग्रेजीमा), आइएसबिएन 978-0-19-934037-8, डिओआई:10.1093/acrefore/9780199340378.013.182, मूलबाट २०२४-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-०८
  6. "Jataka", Encyclopædia Britannica, मूलबाट २०११-११-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१२-०४
  7. Robert E. Buswell (2004). Encyclopedia of Buddhism, Volume 1, pp. 400–401.
  8. Shaw, Sarah (2006). The Jatakas: Birth Stories of Bodhisatta, p. xix. Penguin UK.
  9. 1 2 Appleton, N 2015, 'The "Jatakvadanas" of the Avadanasataka: An exploration of Indian Buddhist narrative genres', Journal of the International Association of Buddhist Studies, vol. 38, pp. 9–31.