जापानको आत्मसमर्पण

दोस्रो विश्वयुद्धमा जापान साम्राज्यको आत्मसमर्पणको घोषणा सम्राट हिरोहितोले १५ अगस्टमा गरेका थिए र २ सेप्टेम्बर १९४५ मा औपचारिक रूपमा हस्ताक्षर गरे, जसले गर्दा युद्ध समाप्त भयो। जुलाई १९४५ को अन्त्यसम्ममा, शाही जापानी नौसेना प्रमुख कार्यहरू सञ्चालन गर्न असमर्थ थियो र जापानमा मित्र राष्ट्रहरूको आक्रमण नजिकै थियो। संयुक्त अधिराज्य र चीनसँगै, संयुक्त राज्य अमेरिकाले २६ जुलाई १९४५ मा पोट्सड्याम घोषणापत्रमा जापानको निःशर्त आत्मसमर्पणको लागि आह्वान गर्यो - यसको विकल्प "तत्काल र पूर्ण विनाश" थियो। तीतो अन्त्यसम्म लड्ने आफ्नो मनसाय सार्वजनिक रूपमा बताउँदै, जापानका नेताहरूले जापानीहरूलाई बढी अनुकुल सर्तहरूमा शान्ति मध्यस्थता गर्न सार्वजनिक रूपमा तटस्थ सोभियत सङ्घलाई निजी रूपमा बिन्ती गरिरहेका थिए।[१]
६ अगस्ट १९४५ मा, स्थानीय समय अनुसार बिहान ८:१५ बजे, संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोसिमामा परमाणु बम विस्फोट गरायो। सोह्र घण्टा पछि, अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमनले जापानलाई फेरि आत्मसमर्पणको लागि आह्वान गरे, "हावाबाट विनाशको वर्षाको अपेक्षा गर्न चेतावनी दिए, जुन यस पृथ्वीमा कहिल्यै देखिएको छैन।" ८ अगस्ट १९४५ को अन्त्यतिर, याल्टा सम्झौताहरू अनुसार, तर सोभियत-जापानी तटस्थता सम्झौताको उल्लङ्घन गर्दै, सोभियत सङ्घले जापान विरुद्ध युद्धको घोषणा गर्यो, र ९ अगस्ट १९४५ को मध्यरात पछि, सोभियत सङ्घले जापानी कठपुतली राज्य मान्चुकुओमा आक्रमण गर्यो। त्यसको केही घण्टापछि अमेरिकाले जापानी सहर नागासाकीमा दोस्रो आणविक बम खसालेको थियो।[२]
आत्मसमर्पण
[सम्पादन गर्नुहोस्]सम्राट हिरोहितोले जनता र सेनालाई आत्मसमर्पण गर्नुको विभिन्न कारणहरू दिएका थिए: जनतालाई सम्बोधन गर्दा उनले भने, "शत्रुले नयाँ र सबैभन्दा क्रूर बम प्रयोग गर्न थालेको छ, जसको क्षति गर्ने शक्ति वास्तवमा अगणनीय छ...। यदि हामीले लडाइँ जारी राख्यौं भने, यसले जापानी राष्ट्रको अन्तिम पतन र विनाश मात्र निम्त्याउने छैन, तर यसले मानव सभ्यताको पूर्ण विलुप्तता पनि निम्त्याउनेछ।"[३]
| मूल अङ्ग्रेजी | मूल जापानी | नेपालीमा अनुवाद |
|---|---|---|
|
|
|
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Zanettin, Federico (२०१६), "'The deadliest error': Translation, international relations and the news media", The Translator 22 (3): 303–318, डिओआई:10.1080/13556509.2016.1149754।
- ↑ Frank 1999, p. 221, citing Magic Diplomatic Summary No. 1201.
- ↑ "The Emperor's Speech: 67 Years Ago, Hirohito Transformed Japan Forever", The Atlantic, १५ अगस्ट २०१२, अन्तिम पहुँच २३ मे २०१३।