जाम्बवान
| जाम्बवान | |
|---|---|
भालुहरूका राजा[१] | |
| चिरञ्जीवीको सदस्य | |
![]() जाम्बवन्तको चित्र | |
| आबद्ध | हिन्दु धर्म |
| धर्मग्रन्थहरू | रामायण, भागवत पुराण |
| वंशावली | |
| भाइबहिनीहरू | हिमवत, नारद |
| सन्तानहरू | जाम्बवती (छोरी) |
जाम्बवन्त हिन्दु धर्मका ग्रन्थहरूमा उल्लिखित एक पौराणिक भालुहरूका राजा हुन्।[२]
सृष्टिकर्ता देवता ब्रह्माले हाई गर्दा उनी ब्रह्माको मुखबाट प्रकट भएका हुन्। उनले विष्णुका सातौँ अवतार रामलाई उनकी पत्नी सीतालाई राक्षस राजा रावणबाट बचाउने अभियानमा सहयोग गर्छन्।[३] रामायणमा, उनले हनुमानलाई लङ्का टापुमा प्रख्यात छलाङ्ग लगाउनु ठीक अघि उनको शक्तिको महसुस गराउन मद्दत गरेका हुन्छन्।[३] जाम्बवन्त समुद्र मन्थनको समयमा पनि उपस्थित थिए। भगवान वामनले बलि राजाबाट तीन लोक प्राप्त गर्दै गर्दा उनले एकै छलाङ्गमा वामनलाई २१ पटक परिक्रमा गरेको मानिन्छ। उनलाई हिन्दु धर्मका सबैभन्दा शक्तिशाली दिव्य प्राणीहरूमध्ये एक मानिन्छ।
जाम्बवन्त, परशुराम र हनुमानलाई राम र कृष्ण दुवैको जन्मको समयमा उपस्थित रहने थोरै व्यक्तिहरूमध्ये एक मानिन्छ। उनकी छोरी जाम्बवतीको विवाह कृष्णसँग भएको हो।
पौराणिक कथाहरू
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]सृष्टिको प्रारम्भमा ब्रह्मा विष्णुको नाभिबाट निस्किएको कमलमा बसिर ध्यान गरिरहेको अवस्थामा हाई गर्दा उनको मुखबाट एउटा भालुको जन्म हुन्छ जो पछि जाम्बवान बन्छ। जम्बूद्वीपमा जन्मिएका वा हाई गर्दा जन्मिएकाले उनको नाम जाम्बवान रहन गएको मानिन्छ। विष्णुले मधु-कैटभसँग युद्ध गर्दा उनी उपस्थित थिए। रामायणको समयमा, उनी ६ मन्वन्तर पुराना मानिन्छन्।[४]
रामायण
[सम्पादन गर्नुहोस्]हिन्दु धर्मग्रन्थ रामायणमा, जाम्बवन्तले रामलाई उनकी पत्नी सीता खोज्न र उनको अपहरण गर्ने रावणसँग लड्न मद्दत गर्छन्। उनले नै हनुमानलाई उनको अथाह क्षमताको महसुस गराउँछन् र लङ्कामा सीताको खोजी गर्न समुद्र पार गरेर उड्न प्रोत्साहित गर्छन्।[५] पछि, उनी लङ्काका राक्षसहरू विरुद्धको घातक युद्धमा वानर सेनाको साथमा जान्छन्। उनले एक रणनीतिकार र चिकित्सकको रूपमा युद्धको साक्षी बनी प्रत्यक्ष युद्धमा धेरै सहभागी नभए पनि रावण र उनका छोरा मेघनाद विरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्छन्। मेघनादले जाम्बवन्तमाथि प्रहार गरेको त्रिशूलले उनले मेघनादकै छाती छेडिदिए र उनलाई लङ्कातर्फ फिर्ता पठाइदिए, जसले राम र लक्ष्मणलाई नागपाशले घाइते बनाएका थिए। उनले रावणको छातीमा लात्तीले हानेर मूर्छित पार्छन् जसले गर्दा रावणको सारथीहरू उसलाई लिएर भाग्न बाध्य बन्छन्। उनले विशाल रूखहरूले किचेर रावणका सेनापतिहरूको पनि वध गर्दछन्।
महाभारत
[सम्पादन गर्नुहोस्]महाभारतमा, जाम्बवन्तले प्रसेनको बध गरि स्यमन्तक मणिलाई लिएको एउटा सिंहलाई मारेका थिए। मणिको लागि कृष्णले प्रसेनलाई मारेको शंका गरिन्छ त्यसैले उनले प्रसेनका पाइलाहरू पछ्याउँदै जाँदा उनलाई एउटा सिंहले मारेको र पछि त्यो सिंहलाई एउटा भालुले मारेको थाहा पाउँछन्। कृष्णले जाम्बवन्तलाई उनको गुफासम्म पछ्याए पछि युद्ध सुरु हुन्छ। कृष्ण र जाम्बवन्त बीचको लडाइँ २७/२८ दिन (भागवत पुराण अनुसार) र २१ दिन (विष्णु पुराण अनुसार) सम्म चल्छ जसका कारण जाम्बवन्त थाक्न थाल्छन्। कृष्णको हुन् भन्ने महसुस गरेपछि जाम्बवन्तले आत्मसमर्पण गर्छन्। उनले मणि र आफ्नी छोरी जाम्बवतीलाई पनि उपहार स्वरूप कृष्णलाई दिन्छन् जो पछि कृष्णकी पत्नीहरूमध्ये एक बन्छिन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Encyclopedia of Ancient Deities, McFarland, ६ डिसेम्बर २०२१, आइएसबिएन 9780786491797।
- ↑ www.wisdomlib.org (२०१२-०६-२९), "Jambavan, Jāmbavān: 4 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०२।
- 1 2 Patricia Turner, Charles Russell Coulter. Dictionary of ancient deities. 2001, page 248
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Jāmbavān", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०२।
- 1 2 Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia: A Comprehensive Work with Special Reference to the Epic and Puranic Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass, आइएसबिएन 978-81-208-0597-2।
