जारा लारसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जारा लारसन
Zara Larsson 2019 by Glenn Francis.jpg
लारसन सन् २०१९ आइहर्ट रेडियो म्युजिक अवार्डमा
व्यक्तिगत विवरण
वास्तविक नामजारा मेरी लारसन
जन्म (१९९७-१२-१६) १६ डिसेम्बर १९९७ (उमेर २१)
सोलना, स्वीडेन
किसिम
पेशा
  • गायिका
  • गीतकार
सक्रिय वर्षसन् २००८–हाल
लेबल
वेबसाइट

जारा मेरी लारसन (जन्म; १६ डिसेम्बर १९९७) स्वीडेनकी एक गायिक तथा गीतकार हुन्।[१] दश वर्षको उमेरमा लारसनले स्वीडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्वीडेली संस्करण जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो एल्बम रुपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त एल्बम स्वीडेन र डेनमार्क र नर्वेका आधिकारिक चार्टहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो।[२] सन् २०१३ फेब्रुअरीमा उक्त एल्बमले युनिभर्सल म्युजिक स्वीडेन मार्फत प्लेटिनम प्रमाणपत्र समेत पाएको थियो। जुलाई २०१३ मा उक्त एल्बमलाई स्वीडेनको आधिकारिक चार्ट कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको युइएफए युरोमा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।[३]

पहिलो एल्बम सार्वजनिक भएको चार वर्ष पछि लारसनले १७ मार्च २०१७ मा "सो गुड" नामक अर्को एल्बम विश्व व्यापी रुपमा सार्वजनिक गराएकी थिइन् जुन संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमा शीर्ष ७ मा आउन सफल भएको थियो। यस एल्बममा आठ एकल गीतहरू समावेश गरिएको छ जसमा "लस्ट लाइफ", नेभर फरगेट यु", एन्ट माइ फल्ट", आइ उड लाइक", "सो गुड", डन्ट लेट मि बि योर्स" र "सेम्फोनी" गीत उनले क्लिन ब्यानडिटसँग साझेदारी गर्दै सार्वजनिक गरेकी थिइन्। उनको यस एल्बममा रहेका लगभग सबै गीतहरू संयुक अधिराज्यको आधिकारिक चार्ट कम्पनीमा शीर्ष १५ भित्र परेका छन्। "नेभर फरगेट यु" बोलको गीत अमेरिकी बिलबोर्ड हट १०० चार्टको १३अौँ स्थानमा आउन सफल भएको थियो र त्यस्तैगरि "सेम्फोन" संयुक्त अधिराज्यको चार्टका केही हप्ताका लागि शीर्ष स्थानमा रहेको थियो जुन लरसनको शीर्ष स्थानमा आउने पहिलो गीत थियो।

सन् २०१८ अक्टोबरमा लारसनले "रुयन माइ लाइफ" नामक गीत उनको आउँदै तेस्रो एल्बमको नेतृत्व गीतको रुपमा सार्वजनिक गरेकि थिइन्।

बाल्यकाल[सम्पादन गर्ने]

लारसन स्वीडेनको स्टकहोम स्थित कार्लोन्सकी विश्वविद्यालय अस्पतालमा जन्मिकि हुन्।[४][५] एक अन्तरबार्ता उनले बताइनकी उनी जन्मिएको बेलामा न्युकल कोर्डबाट अक्सिजनका अभावले भएका कारण उनीलाई मरेको शिशु भनिएको थियो।[६] लारसनको एक बहिन छन् जो पनि एक गायिका हुन् र एक सङ्गीत समूहको हन्ना र एन्ड्राकी सदस्य हुन्।[७]

सन् २०१५ को एक अन्तरबार्तामा लारसनले बताइनकी उनलाई एडल्फ फेड्रिम सङ्गीत विद्यालयमा गायिकाको रुपमा आउन आह्वानमा गरिएकी थियो तर त्यहाँ भजनमण्डलीसँग गीत गाउन पर्ने भएकाले उनले उक्त प्रस्तावलाई अस्वीकार गरेकी थिइन्।[८][९]

कार्यकाल[सम्पादन गर्ने]

सन् २००८-२०११: सुरुवाती कार्यकाल[सम्पादन गर्ने]

सन् २००८ मा लारसन

लारसनले सन् २००८ मा दश वर्षको उमेरमा ब्रिटेन गट ट्यालेन्टको स्वीडेली संस्करण जित्दै ५००,००० क्रोनोर हात पार्न सफल भएकी थिइन्।[१०] सेलिन डियोनको "माइ हर्ट विल गो अन" गीत पछि लारसनको पहिलो एकल गीतको रुपमा सार्वजनिक भएको थियो।[११][१२]

२०१३-२०१४ थप सफलता[सम्पादन गर्ने]

सन् २०१३ मा लारसन गीत गाउँदै

लारसनले सन् २०१२ मा अमेरिकी रेकर्ड लेबल टेन म्युजिक रेकर्ड ग्रुपसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[१३][१४] लारसनको एक गीत २१ जनवरी २०१३ मा युट्युब मार्फत सार्वजनिक भएको थियो।[१५][१६] उनको पहिलो एल्बममा २१ जनवरी २०१३ मा सार्वजनिक भएको थियो जसमा ५ गीतहरू समावेश गरिएको थियो जसमा "अनकभर" नामक गीत एल्बमको नेतृत्व एकलको रुपमा सार्वजनिक भएको थियो।[१७] यस गीतले डिजिलिस्टा र सर्भिजटपलिस्टा चार्टमा शीर्ष स्थानमा आउन सफल भएको थियो भने नर्वे र डेनमार्कको आधिकारिक चार्टमा पनि शीर्ष स्थानमा आएक‍ो थियो। २५ फेब्रुअरी २०१३ मा यस गीतलाई युनिभर्सल म्युजिक स्वीडेन द्वरा प्लेटिनम प्रमाणपत्र प्रदान गरिएको थियो। [१८]

२७ मार्च २०१३ मा लारसनको अर्को गीत "सिज नट मि" सार्वजनिक गरिएको थियो।[१९] ३ अप्रिल २०१३ मा लारसनले अमेरिकी रेकर्ड लेबल एपिक रेकर्डससँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी कुरा आफ्नो ब्लग मार्फत सार्वजनिक गरेकी थिइन्।[२०] ११ डिसेम्बर २०१३ मा लारसनले नोबेल शान्ति पुरस्कारमा आयोजना गरिएको एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएकी थिइन्।[२१][२२] १ अक्टोबर २०१४ मा लारसनले उनको पहिलो एल्बम सार्वजनिक गरिकी थिइन् जसमा "अनकभर", "ब्याड ब्वाइज" र "सिज नट मि" गीतहरू समावेश गरिएको थियोे।[२३] उनको पहिलो एल्बम "१"ले स्वीडेनको आधिकारिक चार्ट कम्पनी मार्फत प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[२४]

२०१५-२०१७ सो गुड र अन्तर्राष्ट्रिय सफलताहरू[सम्पादन गर्ने]

सन् २०१५ मा लारसन प्रस्तुत दिँदै

५ जुन २०१५ मा लारसनले उनको आउँदै दोस्रो एल्बमका लागि "लस्ट लाइफ" नामक गीत सार्वजनिक गरेकी थिइन्। उक्त गीतले स्वीडेनको आधिकारिक चार्टमा शीर्ष स्थानमा आउँदै लारसनको गीतहरू मध्ये शीर्ष स्थानमा आउने दोस्रो गीत बन्दै ४× प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। यस गीत अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, आयरल्यान्ड, नर्वे, नेदरल्यान्डस्, स्वीट्जरल्यान्ड र संयुक्त अधिराज्यका चार्टहरूमा शीर्ष ५ सम्म पुगेको थियो।[२५][२६][२७]

२२ जुलाई २०१५ मा लारसनले एक बेलायती गायिकसँग साझेदारी गर्दै "नेभर फरगेट यु" नामक गीत सार्वजनिक गरेकी थिइन्।[२८] यस गीत स्वीडेनमा शीर्ष १ मा, अस्ट्रेलियामा शीर्ष ३ मा र संयुक्त अधिराज्यमा शीर्ष ५ मा आउन सफल भएको थियो। यस गीतले स्वीडनको आधिकारिक चार्ट कम्पनी द्वरा प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[२९][३०][३१]

सन् २०१६ फेब्रुअरीमा टिनी टाम्पाले लारसनसँग साझेदारी गर्दै "गर्लस् लाइक" नामक गीत सार्वजनिक गरेको थयो।[३२] डेभिड गेट्टाले लारसनसँग मिल्दै युइएफए युरो २०१६ को आधिकारिक गीत "दिस वान्स फर यु" नामक गीत सार्वजनिक गरेका थिए।[३३]

सन् २०१६ मा लारसन

१ सेप्टेम्बर २०१६ मा लारसनले उनको आउँदै दोस्रो एल्बमका लागि तेस्रो एकलका रुपमा "एन्ट माइ फल्ट" नामक गीत सार्वजनिक गरेकी थिइन्।[३४] २२ अक्टोबर २०१६ मा टाइम्सले उनलाई ३० सबैभन्दा प्रभावशाली युवाको सूचीमा सूचीकृत गरेको थियो। ११ नोभेम्बर २०१६ मा उनले दोस्रो एल्बमका लागि चौँथो एकलका रुपमा "आई उड लाइक" नामक गीत सार्वजनिक गरेकी थिइन्।[३५][३६] यस गीतले संयुक्त अधिराज्यमा शीर्ष २ र स्वीडेनमा शीर्ष ४ मा पर्न सफल भएको थियो।[३७][३८]

सन् २०१७ जनवरीमा लारसनले अमेरिकी र्‍यापर टाइ डला साइनसँग साझेदारीको गर्दै "सो गुड" बोलको गीत सार्वजनिक गरेकी थिइन्।[३९][४०] उक्त गीत उनको आउँदै दोस्रो एल्बमको पाँचौ एकल गीतको रुपमा रहेको थियो भने उनको दोस्रो एल्बमक‍ो नाम पनि सो गुडनै थियो जुन १७ मार्च २०१७ मा सार्वजनिक भएको थियो।[४१] यस एल्बममा लारसनले बिज किडसँग "सनडाउन" र क्लिन ब्यानडिटसँग "सेम्फोनी" नामक गीतहरू सार्वजनिक गरेकी थिइन्।[४२] सो गुड एल्बम स्वीडेनको आधिकारिक एल्बम चार्टमा शीर्ष १ मा र अस्ट्रेलिया, डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्डस्, न्युजिल्यान्ड र नर्वेमा शीर्ष दश भित्र पर्न सफल भएको थियो। [४३][४४]

१२ मार्च २०१७ मा लारसनले "डन्ट लेट मि बि योर्‍स" बोलको गीतको आधिकारिक भिडियो सार्वजनिक गरेकी थिइन् जुन सो गुड एल्बमको छैटौँ एकल गीत थियो।[४५] त्यस पछि "वन्लि यु" नाम गीत एल्बमको सातौँ एकल गीतको रुपमा ११ अगस्ट २०१७ मा सार्वजनिक भएको थियो।[४६]

२०१७–हाल: आउँदो तेस्रो एल्बम[सम्पादन गर्ने]

सन् २०१७ सेप्टेम्बरमा लारसनले उनको आउँदो तेस्रो एल्बमका लागि काम गर्न सुरु गरेको घोषणा गरेकी थिइन्।[४७] उनले एक अन्तरबार्तामा भनिन् कि उनले दुई गीतहरू एमएनइकेसँग लेखेको जानकारी गराएकी थिइन्। ११ डिसेम्बर २०१७ मा लारसनले नोबेल पुरस्कारको एक साङ्गीतिक कार्यक्रममा अमेरिकी गायक जोन लेजेण्डसँग प्रस्तुति दिएकी थिइन्। जनवरी २०१८ मा लारसनलाई फोब्सले मनोरञ्जनकर्मीको श्रेणीमा सूचीकृत गरेको थियो।[४८]

सन् २०१८ मा लारसन

तेस्रो एल्बममा काम गरेको एक वर्ष पछि सन् २०१८ सेप्टेम्बरमा लारसनले एक ट्विट मार्फत "रुयन माई लाइफ" नामक गीत शीघ्र सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्।[४९] त्यसको एक महिना पछि १८ अक्टोबर २०१८ मा लारसनले उक्त गीत सार्वजनिक गरेकी थिइन्।

गायन शैली[सम्पादन गर्ने]

जारा लारिनले मुख्यतया पप[५०][५१][५२] र आर एण्ड बी[५३][५४] किसिमको गीत गायने गर्छिन्। उनको कहिलेकाँही इलेक्ट्रोपप,[५५] हाउस[५६] र डान्स सङ्गीत पनि गाउने गरेकी छिन्।[५७][५८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "१० वर्षीया जाराले जितिन् स्विडिस गट ट्यालेण्ट"", फिक्सी, अन्तिम पहुँच १९ जनवरी २०१७ 
  2. हङ्ग, स्टिफन, "स्वीडिस चार्ट – जारा लारसन- अनकभर", स्वीडिस चार्ट डटकम, अन्तिम पहुँच १९ जनवरी २०१७ 
  3. एभन्स, जोसुवा (१० जुन २०१६), "युइएफए युरो २०१६ को सुरुवाती कार्यक्रम", अन्तर्राष्ट्रिय बिजनेस टाइम्स युके, अन्तिम पहुँच १९ जनवरी २०१७ 
  4. "जारा लारसन र डष्टिन बिबर", डेगन्स नाइहिटर, १ अप्रिल २०१६, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  5. एम्ष्टर, ह्यारी, "जारा लारसन: När hatvågen kom ville jag lämna Sverige", अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  6. क्यार्ली, ब्रिनेन (२६ मे २०१६), "जारा लारसनकी बहिनी", Spin, अन्तिम पहुँच २७ मे २०१६ 
  7. स्मिथ, डेभिड (१८ मार्च २०१६), "जारा लारसनका केही भनाईहरू", स्ट्याण्डर्ड, अन्तिम पहुँच ८ अप्रिल २०१९ 
  8. गुस्भटासन, मटिल्डा (१५ मे २०१५), "जारा लारसन: Jag ska vara miljardär innan jag är 2", डेगन्स नाइहिटर (स्वीडिसमा), ५ मार्च २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "जारा लारसन", डेगन्स नाइहिटर, १५ मे २०१५, अन्तिम पहुँच ८ अप्रिल २०१९ 
  10. "जारा लारसन गायन क्षेत्रमा उदाउँदै", स्टेरियोगन, १६ जुन २०१६, अन्तिम पहुँच १९ जनवरी २०१७ 
  11. "जारा लारसन" (स्वीडिसमा), टिभि ४, २७ नोभेम्बर २००९, मूलबाट १५ अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मे २०१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. "जारा लारसन, ११: "Vill bli en legend"", एक्सप्रेसेन (स्वीडिसमा), १ डिसेम्बर २००९, मूलबाट ५ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मे २०१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. "जारा लारसन – जानकारी", एक्सप्रेसिन (स्लोभाकीमा), अन्तिम पहुँच १९ जनवरी २०१७ 
  14. "जारा लारसनका साङ्गीतिक सङ्गालो", स्वीडिस चार्ट/। 
  15. "जारा लारसन", नर्वेजियन चार्ट। 
  16. "जारा लारसनको साङ्गीतिक सङ्गालो", danishcharts.com, हङ्ग मिडन, अन्तिम पहुँच २४ जनवरी २०१५ 
  17. "जारा लारसन" (स्वीडिसमा), [युनिभर्सल सङ्गीत स्वीडेन, २५ फेब्रुअरी २०१३, अन्तिम पहुँच २६ फेब्रुअरी २०१३ 
  18. होल्मबर्ग, जोकिम (७ जुलाई २०१३), "Robin Stjernberg och Zara Larsson heta artister på Sommarkrysset", Aftonkuriren (स्वीडिसमा), अन्तिम पहुँच ३० जुलाई २०१३ 
  19. "जारा लारसन – सिज नट मि", २७ मार्च २०१३, अन्तिम पहुँच २७ मार्च २०१३युट्षुबद्वारा। 
  20. "जारा लारसन – सिज नट मि" (स्वीडिसमा), युनिभर्सल सङ्गीत समूह, २५ जुन २०१३, अन्तिम पहुँच २७ जुन २०१३ 
  21. "आईएम सो लक्की" (स्वीडिसमा), ब्लग, ३ अप्रिल २०१३, अन्तिम पहुँच २७ जुन २०१३ 
  22. साल, जोना (१० मे २०१३), "जारा लारसन" (स्वीडिसमा), अन्तिम पहुँच ११ जुन २०१४ 
  23. "जाा लारसनको साङ्गीतिक कार्यक्रम", माईन्युनडिस्क, ७ नोभेम्बर २०१३, अन्तिम पहुँच १२ डिसेम्बर २०१७ 
  24. "जारा लारसन र चिएर", पोश २४ (स्वीडिसमा), २७ अगस्ट २०१३, अन्तिम पहुँच ३ डिसेम्बर २०१६ 
  25. "नेभर फर्गेट यु | आधिकारिक चार्टको पूर्ण इतिहास | आधिकारिक चार्ट कम्पनी", अन्तिम पहुँच २० जनवरी २०१७ 
  26. "द आइरिस चार्ट – अल दिअर इज टु नो", आइआरएमए, मूलबाट ५ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  27. हङ्ग, स्टिफन, "ड्यानीस चार्ट – जारा लारसन – लस लाइफ", ड्यानिस चार्ट, अन्तिम पहुँच ५ डिसेम्बर २०१६ 
  28. "नेभर फर्गेट यु- जारा लारसन", सनफ्याक्ट, अन्तिम पहुँच २० जनवरी २०१७ 
  29. "नेभर फर्गेट यु | पूर्ण चार्ट इतिहास | आधिकारिक चार्ट कम्पनी", अन्तिम पहुँच १९ जनवरी २०१७ 
  30. हङ्ग, स्टिफन, "स्वीडिस चार्ट – स्वीडिस चार्ट पोर्टल", स्वीडिसचार्ट डटकम, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  31. "टफ लिष्टा" (स्वीडिसमा), सर्भेजटपलिष्टा, अन्तिम पहुँच २३ जनवरी २०१६ 
  32. "गर्ल्स लाइक (एकल)", आइट्युन्स अष्ट्रेलिया, अन्तिम पहुँच २६ फेब्रुअरी २०१६ 
  33. "दिस वान्स फर यु- डेभिड गेट्टा", सङफ्याक्ट, अन्तिम पहुँच २० जनवरी २०१७ 
  34. "जारा लारसन – "आई उड लाइक" (गीत)", स्वीडिस चार्ट, अन्तिम पहुँच १८ मे २०१७ 
  35. "आई उड लाइक", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच १८ मे २०१७ 
  36. स्टाफ, टाइम, "सन् २०१६ मा तहल्का मच्चाउन सफल केही युवाहरू", टाइम (पत्रिका), अन्तिम पहुँच २५ अक्टोबर २०१६ 
  37. "आई उड लाइक", डिजिटल स्पाई, ११ नोभेम्बर २०१६, अन्तिम पहुँच १९ जनवरी २०१७ 
  38. "जारा लारसनको नयाँ सङ्गीत - 'एण्ट माई फल्ट'", इडब्ल्यू डटकम/, अन्तिम पहुँच १ सेप्टेम्बर २०१६ 
  39. "डण्ट लेट मि बि योर्स" (भिडियो)", अन्तिम पहुँच १८ मे २०१७युट्युबद्वारा। 
  40. क्युरिम, जोनाथन (१३ अगस्ट २०१७), "अोन्ली यु को।समायोजन संस्करण सार्वजनिक", सेलेबमिक्स, अन्तिम पहुँच १५ अप्रिल २०१८ 
  41. "टप ४०/भविष्यमा सार्वजनिक हुने गीतहरू – मेनस्ट्रिम हिट सङ", अल एक्सेस म्यूजिक ग्रुप, १७ जनवरी २०१७, मूलबाट १७ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१७ 
  42. "जारा लारसनको सो गुड सङ्गीत आइट्युन्स एप्पलमा", आइट्युन्स स्टोर, अन्तिम पहुँच १८ मार्च २०१७ 
  43. "क्लिन ब्याण्डिट र जारा लारसन", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच १८ मे २०१७ 
  44. "सो गुड", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच १८ मे २०१७ 
  45. "जारा लारसन – "डन्ट लेट मि बि योर्स" (आधिकारिक साङ्गीतिक भिडियो)", अन्तिम पहुँच १८ मे २०१७युट्युबद्वारा। 
  46. क्युरिन, जोाथन (१३ अगस्ट २०१७), "जारा लासनले अोन्ली यु गीतको समायोजन संस्करण सार्वजनिक गरिन्", सेलबमिक्स, अन्तिम पहुँच १५ अप्रिल २०१८ 
  47. Østbø, स्टिन (१० नोभेम्बर २०१७), "जारा लारसन", भिजी, अन्तिम पहुँच १२ डिसेम्बर २०१७ 
  48. विल्सन, अलेक्जेण्डर; बर्ग, म्याडलिन (सम्पादकहरू), "जारा लारसन", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ जनवरी २०१८ 
  49. "जारा लारसन", बिलबोर्ड, ११ जनवरी २०१९। 
  50. स्याभेज, मार्क (१७ मार्च २०१७), "जारा लारसन: एक पप कलाकार", बीबीसी (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मार्च २०१८ 
  51. हगिन्स, माइकल (९ मे २०१७), "जारा लारसन को हुन्? लारसनका केही तथ्यहरू", द आइरिस सन (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मार्च २०१८ 
  52. "जारा लारसनको पहिलो साङ्गीतिक कार्यक्रम", एमटिभी (अङ्ग्रेजीमा), २५ अक्टोबर २०१७, अन्तिम पहुँच ९ मार्च २०१८ 
  53. "जारा लारसाको हिप हप सङ्गीतसँगको सम्बन्ध", द सिड्नी मर्निङ (अङ्ग्रेजीमा), २ अगस्ट २०१७, अन्तिम पहुँच ९ मार्च २०१८ 
  54. "जारा लारसन", बिलबोर्ड (अङ्ग्रेजीमा), २८ मे २०१४, अन्तिम पहुँच ९ मार्च २०१८ 
  55. मुङ्गर, जेम्स, "जारा लारसनको जीवनी", अल म्यूजिक (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मार्च २०१८ 
  56. क्र्याग, माइकल (१९ मार्च २०१७), "जारा लारिन: सो गुड एल्बम", द गार्डेन्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मार्च २०१८ 
  57. सुलेभ्यान, क्यारोलिन (९ जुन २०१७), "जारा लारसन", द गार्डेन्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मार्च २०१८ 
  58. "जारा लारसनलाई प्रेरण दिने कलाकार बेयोन्से हुन्", आइअोडी (अङ्ग्रेजीमा), २८ डिसेम्बर २०१७, अन्तिम पहुँच ९ मार्च २०१८ 

बाह्य सुत्रहरू[सम्पादन गर्ने]