सामग्रीमा जानुहोस्

जावलाखेल दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जावलाखेल दरबार
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचानवपारम्परिक वास्तुकला, मुगल, र युरोपेली वास्तुकलाको सम्मिश्रण
सहरकाठमाडौँ
राष्ट्रनेपाल
निर्माणकार्यको थालनीवि.सं. १९४४
लागतअज्ञात
ग्राहकवीर शमशेर जङ्गबहादुर राणा
प्राविधिक विवरण
बनावटईँट र सुर्खी
आकार३७५ रोपनी
योजना तथा निर्माण
वास्तुकारजोगवीर स्थापित

जावलाखेल दरबार  राजधानीको ललितपुर जावलाखेल अवस्थित एक राणा दरबार हो।[१]

अहिले यहाँ भुमि सुधार तथा व्यवस्था कार्यालय छ।

जावलाखेल दरबार वीर शमशेरले १९५४ मा जुद्धशमशेरको लागि बनाएका थिए। यो दरबार जुद्धशमशेरको हो। जुद्धशमशेर प्रधानमन्त्री हुनु अघि उनी यसै दरबारमा बस्थे। कामकाज गर्न हात्ती वा गाडीमा बसेर सिंहदरबार आउजाउ गर्थे। यो दरबार उहाँका छोरा सूर्यशमशेरले प्रयोग गरे। वि.सं. १९८९ जुद्धशमशेरले यसै दरबारमा चिडियाखानाको स्थापना गरेका थिए। १९९० सालको भूकम्पले यो दरबारलाई पनि क्षति पुर्‍याएको थियो।

राणा शासनको अन्त्य भएपछि यो दरबारमा क्लब सञ्चालन गरिएको थियो। क्लबमा नाचगान, खानपिन हुन्थ्यो। यसै दरबारको जग्गा किनेर फादर मार्शल डी. मोरानद्वारा सेन्ट जेभियर्स स्कुलको स्थापना भएको थियो। पछि सरकारले यो दरबार किन्यो। कुनै बेला यहाँ भूमिसुधार विभाग थियो। हाल नेपाल प्रशिक्षण प्रतिष्ठानको कार्यालय छ। यो कार्यालयले नेपाल सरकारका कर्मचारीलाई तालिम दिने गर्दछ।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ जबरा, पुरुषोत्तम शमशेर (२००७), राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), विद्यार्थी पुस्तक भण्डार, आइएसबिएन 978-9994611027।
  2. ↑ श्रेष्ठ, राजेन्द्र (२४ असार २०८२), "उपत्यकाका ऐतिहासिक दरबार", GorakhaPatra, अन्तिम पहुँच २०२६-०७-२०।