जिएस पौडेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घनश्याम पौडेल
जन्म (१९८४-०७-२६) २६ जुलाई १९८४ (उमेर ३५)
वासस्थानFlag of Maldives.svg माल्दिभ्स, माले
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर
पेशासाहित्यका तथा अख्यानकार
कार्यकालवि सं २०७४-हाल
चिनारीको कारणएक सर्को माया
गृहनगरगैंडाकोट नगरपालिका-१३
धर्महिन्दु
जीवनसाथीगङ्गा भट्टराई
सन्तान२ (छोरा)

घनश्याम पौडेल (जन्म: विसं २०४१ साल श्रावण ११, प्रख्यात नाम: जिएस पौडेल) एक नेपाली युवा साहित्यकार , गजलकार तथा अख्यानकार हुन्। उनले वि. स. २०७४ देखि आफ्नो साहित्यिक यात्रा सुरू गरेका थिए। हाल सम्म पौडेलले थुप्रै गजल सङ्ग्रहहरू लेखेका छन् भने उनको पहिलो उपन्यास एक सर्को माया वि.स. २०७५ साल वैशाख २९ गतेका दिन बुलबुल प्रकाशनद्वारा प्रकाशन गरिएको थियो।

बाल्यकाल[सम्पादन गर्ने]

नेपाली भाषाका साहित्यकार तथा अख्यानकार जिएस पौडेलको जन्म बि.सं. २०४१ साल श्रावण ११ गतेका दिन नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिकामा बुवा वेद प्रसाद पौडेल र आमा विष्णुमाया पौडेलको पहिलो सन्तानको रुपमा भएको थियो।[१] पौडेलले वि.स. २०५६ सालमा गैंडाकोटको पितौंजी स्थित रत्न राज्य लक्ष्मी विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए र उनले वि.स. २०६१ सालमा पोखरा स्थित पृथ्वी नारायण क्याम्पसमा मानविकी विषयमा स्नातक गरेका थिए।[२] पौडेलले वि.स. २०७५ सालमा स्कटल्याण्ड स्थित युनिभर्सिटी अफ द् वेस्ट अफ स्कटल्याण्डमा स्नातकोत्तर गरेका थिए।

साहित्यिक यात्रा[सम्पादन गर्ने]

पौडेलले प्रवेशिका परिक्षा सकाएपछि उनले नेपाली साहित्यमा क्षेत्रमा कलम चलाउन सुरु गरेका थिए जसका कारण उनले तात्कालिक समयमा केही गजलहरू लेखेका थिए यद्यपि ती गजलहरू उनले सार्वजनिक गरेका भने थिएनन्।[३] रोजगारीको सिलसिलामा उनी वि.स.२०६४ सालमा युएईको दुबई प्रस्थान गरेका थिए। दुबईमा कम छुट्टी र समयको अभावका कारण उनी साहित्यिक क्षेत्रमा सक्रिय रुपमा लाग्न पाएका भने थिएनन्।[४] दुबईबाट स्थानान्तरण हुँदै पौडेल वि.स. २०७० सालमा माल्दिभ्सको माले सहरमा आएका थिए र त्यहाँ रहँदा केही समय छुट्टी र समय पाएका कारण पौडेलले पुन साहित्यिक क्षेत्रमा सक्रिय हुन मैका पाएका थिए। पौडेलले फाट्टफुट्ट गजल र कविताहरू लेखेता पनि उनले पहिलो कृति एक सर्को माया वि.स. २०७५ साल वैशाख २९ गतेका दिनमा बुलबुल प्रकाशनद्वारा प्रकाशन गरिएको थियो।[५] पौडेल पहिलो कृति सार्वजनिक भएपछि उनी नेपाली साहित्यिक क्षेत्रमा र साहित्य प्रेमी माझ प्रख्यात बन्न पुगेका थिए।[६] पौडेलले एक सर्को मायामा उपन्यासमा भ्रमको संसारभित्र वास्तविकता र वास्तविक भनिएका तथ्यहरूभित्र नीहित भ्रमसँग खेलेर एउटा लोभलाग्दो कथानक रचेका छन्। यो उपन्यास काठमाण्डौका विभिन्न स्थान र नवलपुरमा पनि विमोचन गरिएको थियो।[७] यस उपन्यासमा प्रख्यात साहित्यका कृष्ण धरावासीको भूमिका रहेको छ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

पौडेलले वि.स. २०६४ साल वैशाख २४ गते गङ्गा भट्टराईसँग विवहा गरेका थिए। उनीहरूको हाल दुई छोराहरू रहेका छन् जो इभान पौडेल (जन्म: वि.स. २०६८ मङ्सिर २९) र एरिक पौडेल (जन्म: वि.स. २०७१ चैत ५) हुन्।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. मुकुन्दसेन टेलिभिजन, "युवा साहित्यका तथा उपन्यासकार जिएस पौडेलसँगको एमटीभि संबाद", जेनयुट्युब, अन्तिम पहुँच ७ मे २०१८ 
  2. मुकुन्दसेन टेलिभिजन, "युवा साहित्यका तथा उपन्यासकार जिएस पौडेलसँगको अन्तर सम्बाद", जेनयुट्युब, अन्तिम पहुँच ७ मे २०१८ 
  3. धूर्व श्रेष्ठ, "युवा साहित्यका तथा उपन्यासकार जिएस पौडेल", इक्यानडा नेपाल डटकम, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  4. "एक सर्को माया: उपन्यास", कान्तिपुर न्युज, अन्तिम पहुँच १ अप्रिल २०१८ 
  5. "एक सर्को माया पुस्तकको पूर्ण विवरण", गुड रिड्स डटकम, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  6. जीवन युगीन, "एक सर्को माया पुस्तको जानकारी", उज्यालो अनलाइन डटकम, अन्तिम पहुँच २६ साउन २०७५ 
  7. "एक सर्को मायाको गृह विमोचन", सङ्कल्प पोष्ठ, अन्तिम पहुँच ५ मे २०१८ 
  8. बुलबुल रेडियो कार्यक्रम, "जिएस पौडेल बुलबुल रेडियो कार्यक्रममा अच्युत घिमिरेको साथ", जेनयुट्युब डटकम, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 

बाह्य सुत्रहरू[सम्पादन गर्ने]