सामग्रीमा जानुहोस्

जिपिआरएस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सामसुङ ग्यालेक्सी स्मार्टफोनको नोटिफिकेसन बारमा देखिएको जिपिआरएस चिन्ह

जनरल प्याकेट रेडियो सर्भिस (जिपिआरएस), जसलाई एउटा मोबाइल डाटा मानक हो जुन टुजी मोबाइल फोन सञ्जाल विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको एक भाग हो।[१] जिपिआरएस सुविधायुक्त सञ्जाल र मोबाइल उपकरणहरूको सुरुवात सन् २००१ को आसपासबाट भएको थियो।[२] यसले पहिलो पटक जिएसएम नेटवर्कमा "सधैं अन" जडानका लागि प्याकेट-स्विच्ड डाटाको प्रयोग गरी निरन्तर डाटा प्रसारणको सुविधा प्रदान गरेको थियो, जसले गर्दा इन्टरनेट चलाउनका लागि डायल-अप गर्नुपर्ने आवश्यकतालाई अन्त्य गरिदिएको थियो।[३] यसले वेब, इमेल, वायरलेस एप्लिकेसन प्रोटोकल सेवाहरू, छोटो सन्देश सेवा, र मल्टिमिडिया म्यासेजिङ सर्भिसका लागि परिष्कृत इन्टरनेट पहुँच प्रदान गरेको छ।[४]

यसको सुरुवात हुनुभन्दा अघि, सेलुलर नेटवर्कहरूमा केवल सर्किट-स्विच्ड डाटाको प्रयोग हुन्थ्यो, जसको अर्थ डाटा जडानको सम्पूर्ण अवधिभर एक वा बढी रेडियो च्यानलहरू ओगटिएका हुन्थे। यसको विपरीत, जिपिआरएस नेटवर्कमा डाटालाई साना प्याकेटहरूमा विभाजन गरिन्छ र उपलब्ध च्यानलहरू मार्फत प्रसारण गरिन्छ।[५] यो बढेको दक्षताले यसलाई ५६–११४ किलोबिट प्रति सेकेन्डको सैद्धान्तिक डाटा दर प्रदान गर्दछ,[६] जुन यसअघिको सर्किट स्विच्ड डाटा प्रविधिभन्दा निकै छिटो थियो। जिपिआरएस पछि एज ("२.७५जी") आएको थियो जसले टुजी जिएसएम प्रणालीमा अझ राम्रो प्रदर्शन र गति प्रदान गरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Is General Packet Radio Service (GPRS) 2G, 3G or 4G?", अन्तिम पहुँच २०२३-०७-१६।
  2. ↑ "Q&A: GPRS phones", २००१-०५-१८, अन्तिम पहुँच २०२३-०७-१६।
  3. ↑ "Industry's mobile hopes", २००१-०३-२३, अन्तिम पहुँच २०२४-०६-१८।
  4. ↑ "Q&A: GPRS phones", २००१-०५-१८, अन्तिम पहुँच २०२४-०६-१८।
  5. ↑ Backgrounds regarding data transmission in GSM and UMTS mobile networks, SMA Solar Technology AG।
  6. ↑ "General packet radio service from Qkport", मूलबाट २०१०-०१-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-१४।