सामग्रीमा जानुहोस्

जिसु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिसु
सन् २०२५ अप्रिलमा जिसु
जन्मकिम जि-सु
(1995-01-03) ३ जनवरी १९९५ (उमेर ३१)
गुन्पो, दक्षिण कोरिया
शिक्षासियोल कला प्रदर्शन विद्यालय
पेशा
  • गायिका
  • गीतकार
  • अभिनेत्री
कार्यकालसन् २०१६–हाल
संस्थानब्लिसु
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर
लेबल
वेबसाइटjisoo.io
हस्ताक्षर

किम जि-सु (कोरियाली: 김지수; जन्म; सन् १९९५ जनवरी ३) जसलाई साधारणतया जिसु नामले चिनिन्छ, एक दक्षिण कोरियाली गायिका, गीतकार तथा अभिनेत्री हुन्।[] सन् २०१६ वाइजी इन्टरटेन्मेन्टद्वारा सन् २०१६ मा गठित ब्ल्याकपिङ्क नामक दक्षिण कोरियाली महिला साङ्गीतिक समूहको सदस्यका रूपमा उनी चर्चित छिन् भने उक्त समूह सबैभन्दा धेरै सङ्गीत बिक्री गर्ने सर्वकालीन महिला साङ्गीतिक समूह मध्ये एक बनेको थियो।

सन् २०२३ को मार्च जिसुले आफ्नो पहिलो एकल एल्बम मि सार्वजनिक गरेकी थिइन् जुन दक्षिण कोरियामा महिला एकल कलाकारद्वारा सबैभन्दा धेरै बिक्री भएको एल्बम बन्न पुग्दा पहिलोपटक यसका १० लाख भन्दा बढी प्रतिलिपिहरू बिक्री भएका थिए। यसको मुख्य एकल गीत "फ्लावर" व्यावसायिक रूपमा सफल हुनुका साथै उक्त गीत बिलबोर्ड ग्लोबल २०० र सर्कल डिजिटल तालिकामा शीर्ष दुईमा पुगेको थियो। यस गीतले क्यानडेली हट १०० र युके एकल सङ्गीत तालिकामा कोरियाली महिला एकल कलाकारद्वारा सबैभन्दा उच्च स्थान प्राप्त गर्ने गीत बनी नयाँ कीर्तिमान बनाएको थियो। सन् २०२४ मा आफ्नो लेबल 'ब्लिसु' स्थापना गरी सन् २०२५ मा वार्नर रेकर्ड्ससँग सम्झौता गरेपछि उनले आमोर्टेज नामक गीति सङ्गालोका साथै यसको एकल गीत "अर्थक्वेक" सार्वजनिक गरेकी थिइन् जुन अमेरिका बिलबोर्ड वर्ल्ड डिजिटल सङ्गीत तालिकामा शीर्ष स्थानमा पुग्ने उनको पहिलो गीत बनेको थियो।

साङ्गीत क्षेत्र बाहेक जिसुले सन् २०१५ को चलचित्र शृङ्खला द प्रोड्युसर्स मा छोटो भूमिकाबाट आफ्नो अभिनय कार्यजीवनको सुरुवात गरेकी थिइन्। उनले जेटिबिसी शृङ्खला स्नोड्रप (सन् २०२१-२२) मा आफ्नो पहिलो प्रमुख भूमिका निभाएकी थिइन् जसका लागि उनले उत्कृष्ट कोरियाली अभिनेत्रीको लागि सियोल अन्तर्राष्ट्रिय नाटक पुरस्कार प्राप्त गरेकी थिइन्। त्यसपछि उनले न्युटोपिया (सन् २०२५) र ओम्निसिएन्ट रिडर: द प्रोफेसी (सन् २०२५) नामक चलचित्रमा अभिनय गरेकी थिइन्। जिसुद्वारा सार्वजनिक गरिएका गीति सङ्गालोहरूको २० लाख भन्दा प्रतिलिपिहरू बिक्री भएको थियो जसकार उनी सर्कल सङ्गीत तालिकामा इतिहासमा सबैभन्दा बढी प्रतिलिपि बिक्री गराउने प्रथम कोरियाली महिला एकल कलाकार बनेकी थिइन्। उनी चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने कोरियाली अभिनेत्री पनि हुन्। उनले प्राप्त गरेका पुरस्कारहरूमा २ वटा गोल्डन डिस्क पुरस्कार, ३ वटा एमएएमए पुरस्कार, १ सर्कल चार्ट सङ्गीत पुरस्कार र २ सियोल अन्तर्राष्ट्रिय नाटक पुरस्कारहरू समावेश छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "JISOO/biography, music and news", Billboard (अङ्ग्रेजीमा)।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]