जीत गांगुली
जीत गांगुली Jeet Gannguli | |
---|---|
![]() २०१३ मा आशिकी २को सङ्गीत समारोहमा जीत गांगुली (बाँया) | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | चन्द्रजीत गांगुली |
उपनाम | जीत गांगुली |
जन्म | मुम्बई, महाराष्ट्र, भारत[१] | २४ मे १९७७
उत्पत्ति | बरानगर, कोलकाता |
किसिम | चलचित्र स्कोर |
पेशा | |
सक्रिय वर्ष | २००१–वर्तमान |
लेबल | सोनी म्युजिक, टी-सीरीज, सारेगामा |
जीत गांगुली (जन्म चन्द्रजीत गांगुली, बङ्गाली : চন্দ্রজিৎ গাঙ্গুলী २४ मे १९७७),[२][३] एक भारतीय सङ्गीतकार र गायक हुन् । उनले धेरै हिन्दी र बङ्गाली चलचित्रहरूमा सङ्गीत दिएका छन् । उनी मुख्य रूपले आशिकी २ मा सङ्गीतको कारण धेरै लोकप्रिय छन् । यसका साथै उनले तेरे लिए, मेरे यार की शादी है, मिस्टर एक्स जस्ता चलचित्रहरूमा सङ्गीत दिएका छन् ।[४].[५]
प्रारम्भिक जीवन और शिक्षा[सम्पादन गर्ने]
गंगुलीले सङ्गीतको संसारमामा तीन वर्षको उमेरमा सुरु गरेका थिए । उनी बरानगर रामकृष्ण मिशन आश्रम उच्च विद्यालयका विध्यार्थी थिए,[१] जहाँबाट उनले आफ्नो स्कूली शिक्षा पुरा गरे । पछि उनले कलकत्ता विश्वविद्यालयबाट स्नातक गरे। उनी आफ्नो पिता काली गांगुली र उनको फुपु (बुबाको बहिनी) शिबानी रायचौधरीको मार्गदर्शनमा भारतीय शास्त्रीय सङ्गीतमा प्रशिक्षित छन् । उनले ज्याज गिटारिस्ट कार्लटन किट्टोसँग पश्चिमी शास्त्रीय सङ्गीत, ज्याज र रकको अध्ययन गरे ।
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
गांगुलीको विवाह चन्द्रानी गांगुलीसँग भएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "जीत गंगुली की जीवनी"।
- ↑ २.० २.१ "जीत गांगुली हाइट, वजन, आयु, जीवनी, विकी, पत्नी, परिवार, प्रोफ़ाइल"।
- ↑ "Composer Jeet Ganguly made a comeback in Bollywood", Ibnlive, अन्तिम पहुँच १० मार्च २०१५।
- ↑ "Composer Jeet Ganguly made a comeback in Bollywood", Ibnlive, अन्तिम पहुँच १० मार्च २०१५।
- ↑ "Music Composer Jeet Ganguly", Bollywood Hungama, अन्तिम पहुँच १० मार्च २०१५।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जीत गांगुली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |