जी टिभी
जी टिभी | |
---|---|
सुरुवात | ढाँचा:Launch date and age |
मालिक | जी नेटवर्क |
दृश्य ढाँचा | 576i (SDTV 16:9, 4:3), 1080i (HDTV) |
नारा | उम्मीद से सजे जीन्दगी |
देश | भारत |
प्रधान कार्यालय | बम्बाइ, महाराष्ट्र, भारत |
भातृ च्यानल(हरू) | जी सिनेमा जी एक्शन जी प्रीमियर जी जागरण |
वेबसाइट | www.zeetv.com |
जी टिभी भारतको एस्सेल समूहको स्वामित्व रहेको हिन्दी भाषाको एक सामान्य मनोरञ्जनात्मक टिभी च्यानल हो। यो अन्य थुप्रै भातृ च्यानलहरूसँग जोडिएको छ, जसले हिन्दी, अङ्ग्रेजी र भारतका कतिपय क्षेत्रीय भाषाहरूमा सेवा प्रदान गर्दछन्। सन् १९९२ मा, एस्सेल समूहको एम्पायर होल्डिङ कम्पनी लिमिटेडलाई जन सञ्चार र मनोरञ्जनको क्षेत्रमा एस्सेल ग्रुप भेञ्चरको उद्यमको रूपमा जी टेलिफिल्म्समा परिवर्तन गरियो (पछि यसलाई जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजमा नामकरण गरियो)।[१] यस समूहका अध्यक्ष सुभास चन्द्र हुन्, जो भारतको राज्य सभामा भारतीय जनता पार्टी समर्थित सदस्य हुन्।[२] जी टिभीको आरम्भ २ अक्टोबर १९९२ मा कम्पनीको प्रमुख च्यानलको रूपमा गरिएको थियो। यो च्यानल भारतको पहिलो हिन्दी भाषा सदस्यता च्यानल थियो।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९९२ मा एस्सेल समूहको एम्पायर होल्डिङलाई जी टेलिफिल्म्स लिमिटेडमा परिवर्तन गरियो।[४] जी टिभी च्यानललाई कम्पनीको प्रमुख च्यानलको रूपमा शुरू गरियो।[५] यस च्यानलको प्रसारण पहिलो पटक १ अक्टोबर १९९२ गरिएको थियो। त्यस पश्चात् सन् १९९३बाट यसले २४/७ च्यानलको रूपमा आफ्नो प्रसारण शुरू गरेको थियो।[१] सन २०१३ मा जी टिभी र यसका भातृ च्यानलहरूमा बाण्डलाई नै सुधार तथा परिवर्तन गरिएको थियो।[६]
सामग्री
[सम्पादन गर्नुहोस्]यस च्यानलले परिवार र नयाँ पुस्ताका मानिसहरूको लागि हास्यव्यङ्ग्य तथा ड्रामा सामग्रीहरू प्रायः जसो प्रसारण गर्दछ।[७] यसले विभिन्न वास्तविक कार्यक्रमहरू (रियालिटी शो) पनि प्रसारण गरेको छ, ती मध्ये केही शाबाश इण्डिया,[८] सा रे ग म ग प,[९] आई क्यान डु द्याट,[१०] इण्डियाज बेस्ट सिनेस्टार्स की खोज,[११] र डान्स इण्डिया डान्स हुन्।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Bansal, Shuchi; Sheikh, Aminah (२०१२-०९-२९), "There and back again: Subhash Chandra and the Zee TV story", Livemint (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-२६।
- ↑ Mohan, Archis (२०१६-०६-०१), "Subhash Chandra bets on BJP support for Rajya Sabha entry", Business Standard India, अन्तिम पहुँच २०२०-०२-२४।
- ↑ "Zee TV completes 23 years", afaqs news bureau, afaqs, ६ अक्टोबर २०१५, अन्तिम पहुँच १९ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
- ↑ "Zee Entertainment Enterprises History", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २०२०-०२-२६।
- ↑ Singh, Suhani (२१ अगस्ट २०१७), "Entertainment Inc.: The story of Zee, one of India's first Hindi satelite channels", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-२६।
- ↑ "Zee channels to sport new logos", Business Standard, २००५-०३-२८, अन्तिम पहुँच २०२०-०२-२७।
- ↑ "17 New serials are to be launched", IT Team, indianrelevision.com, ९ मार्च २००१, अन्तिम पहुँच १९ डिसेम्बर २०१५।
- ↑ Sapna, Nair (१४ जुन २००६), "Action and adventure to rule Zee's prime slot", afaqs news bureau, afaqs, अन्तिम पहुँच १९ डिसेम्बर २०१५।
- ↑ Prachi, Shrivastava (१८ डिसेम्बर २०१४), "Zee TV hikes ad rates for Sa Re Ga Ma Pa Li'l Champs 5", afaqs news bureau, afaqs, अन्तिम पहुँच १९ डिसेम्बर २०१५।
- ↑ "After Oye! It's Friday, Farhan Akhtar is returning to TV", Hindustan Times, २७ अगस्ट २०१५, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
- ↑ "Zee launches star hunt 'India's Best Cinestars Ki Khoj'", Indiantelevision.com, २१ अप्रिल २००४।
- ↑ "DID Little Masters tops the flock; Zee slips back to No. 3", afaqs news bureau, afaqs, ४ मे २०१२, अन्तिम पहुँच १९ डिसेम्बर २०१५।