जुजु धौ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुजु धौ
जुजु धौ
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यभक्तपुर
मुख्य सामग्रीहरूदूध
सामान्यतया प्रयोग हुने सामग्रीहरूचिनी

नेवारी भाषाको जुजु धौ भन्नाले दहीको राजा भन्ने जनाइन्छ । दहीहरूको राजा अर्थात् उत्कृष्ट दही भएकाले नेपालका मल्लराजाहरूले खाने हुनाले यसलाई जुजु धौ भनिएको हो । अत्याधुनिक प्रविधिहरूको प्रतिस्पर्धा बढिरहेको बेलामा पनि भक्तपुरका बासिन्दाहरूले परम्परागत शैलीबाट बनाउने परम्परालाई जोगाएर राखेको छ । अन्य दही भन्दा स्वादिलो र स्वस्थकर भएकाले पनि यस दहीको महत्त्व नेपाल भरि नै प्रख्यात रहेको छ । भक्तपुर घुम्न गएको जो कोही नेपाली होस् या विदेशी पर्यटक जो कोही पनि जुजु धौ खान भुल्दैनन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

मानिसले पशुपालन गरेदेखि नै दही खान जानेका हुन् । तर दही मानिसले जानेर वा बुझेर बनाएर खाएका भने होइनन् । दैनिक खाएर बचेको दूध भोलिपल्ट खान खोज्दा जमेको देखी अचम्म मानेर खाँदा झन् मीठो र फरक स्वादको पाएपछि मानिसले दही बनाउन थालेको बताईन्छ ।[१] इतिहासविदरूका अनुसार लिच्छविकालमै दही बनाउने व्यवसाय मर्यादित र सम्मानित भइसकेको थियो । तैपनि व्यवसायीबीच राम्रो दही बनाउने प्रतिस्पर्धा भने मल्लकालमा आएर सुरु भएको पाइन्छ । मल्लकालका राजा जयस्थिति मल्लले बजारमा पाइने दही राजदरबारमा पनि मगाएको पाइन्छ ।[२]

जुजु धौ बनाउने तरीका[सम्पादन गर्नुहोस्]

जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । सबै भन्दा पहिले भुस आवश्यकता अनुसार बिछ्याइन्छ । भुस माथि माटोबाट बनेको कटारो राखिन्छ । त्यसपछि उम्लेको दुध कटारोको आधा भाग सम्म राखिन्छ, केहीबेर पछि आधा दुध राखेर भरिन्छ र ढकनी लगाइन्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब ४–५ घण्टा पछि जुजु धौ तयार हुन्छ ।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]