जुन कुमारी रोका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एकिकृत नेकपा माओवादीको तर्फबाट रुकुम क्षेत्र नं.१मा निर्वाचित सविधान सभा सदस्य जुनकुमारी रोका मगर आफ्नो पार्टीको आधार क्षेत्रमा चुनाव लडेका कारण विजयी भएको बताउनुहुन्छ। पार्टीको सही कार्यदिशा र नेतृत्व गर्ने क्षमताको कारण जनताले आफूलाई मत दिएको रोकाको धारणा छ।

रुकुमको अति दूर्गम काक्री -४ लुकुममा २०३४ सालमा सामान्य किसान मगर परिवारमा उहाँको जन्म भएको हो। जानी रोका र हितबहादुर रोकाकी छोरी जुनकुमारीको बिवाह शसस्त्र विद्रोह कै बेला माओवादी पार्टी भित्रैका सैन्य कमाण्डरसँग भएको थियो।

जनवादी तरिकाले उहाँहरू सहित एकै पटक तीनजोडीले विवाहले गरेका थिए। रुकुम सूर्यप्रकाश पुन र परम्परा गौतमको जोडी तथा सावित्री बुढाममगर र कलबहादुर नाथका जोडी थिए। आफूहरूसँगै विवाह वन्धनमा वाँधिएका सूर्यप्रकाशको जोडी र सावित्रीको शसस्त्र युद्धकै क्रममा मृत्यु भएको घटना मगरलाई अविस्मरणीय लाग्छ।

जुम्ला सदरमुकाम सहितका आक्रमणमा मगरले युद्धमोर्चाको अग्रणी भागमा सहभागी हुनुभएको छ।

२०४६ साल देखि विद्यार्थी सङ्गठनबाट राजनीति थाल्नुभएको रोका मगर लामो समय सम्म जुम्ला कालीकोट र मुगुमा पार्टीको जिल्ला समिति सदस्य भएर काम गर्नुभयो। माओवादी भातृ सङ्गठन यङ कम्युनिस्ट लीगको सचिवालय सदस्य रोका मगर संविधान सभामा पार्टीको नीतिलाई अगाडि बढाउनु र सोही अनुसार आवाज उठाउनु आफ्नो कर्तव्य भएको बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]