सामग्रीमा जानुहोस्

जुबिन गर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुबिन गर्ग
सन् २०२५ मा जुबिन गर्ग
व्यक्तिगत विवरण
वास्तविक नामजुबिन बोरठाकुर
उपनाम
  • गोल्डी[]
  • असमको हार्टथ्रोब
  • लुइतकण्ठ
  • हमिङ सम्राट
  • जुबिन्दा[]
  • सोनती
जन्म(१९७२-११-१८)नोभेम्बर १८, १९७२
तुरा, मेघालय, भारत भारत
मृत्यु१९ सेप्टेम्बर २०२५(2025-09-19) (उमेर ५२)
सिङ्गापुर जनरल अस्पताल, बुकित मेराह, मध्य सिङ्गापुर सिङ्गापुर[][]
विधा
  • असमीया लोकगीत
  • रक संगीत
  • बिहु गीत
  • चलचित्र संगीत
  • असमीया गीत साहित्य
  • भारतीय लोक संगीत
पेशा
  • गायक
  • पाश्र्व गायक
  • संगीत निर्देशक
  • संगीतकार
  • गीतकार
  • संगीत संयोजक
  • चलचित्र अभिनेता
  • निर्देशक
  • निर्माता
  • वादक
  • कवि
  • सामाजिक कार्यकर्ता
  • अभिनेता
वाद्ययन्त्र
  • किबोर्ड
  • गिटार
  • तबला
  • म्यान्डोलिन
  • ढोल
  • पर्कसन
  • आदि
सक्रिय वर्ष१९९२ – २०२५
लेबल
  • N.K. Productions
  • Sony Music
  • Magnasound Records
  • Universal Music Group
  • Times Music
  • T-Series
  • Zee Music Company
  • Eros Now
  • Saregama
  • SVF
  • Surinder Films
  • Eskay Movies
  • Eko Music
  • Dhwani Records
  • Zubeen Garg Music
  • Apon Records
  • AC Multimedia
  • Jollywood Now Music

जुबिन गर्ग (अङ्ग्रेजी: Zubeen Garg; १८ नोभेम्बर १९७२ – १९ सेप्टेम्बर २०२५) असम, भारतका प्रसिद्ध गायक थिए। साथै उनी संगीत निर्देशक, गीतकार, संगीतकार, चलचित्र अभिनेता, चलचित्र निर्माता, चलचित्र निर्देशक, पटकथा लेखक, वादक, कवि तथा समाजसेवी पनि थिए।[] उनले असमीया, हिन्दी, बाङ्ला, बोरो, राजवंशी, मिसिङ, गारो, डिमासा, नेपाली, भोजपुरी, ओडिया, तमिल, तेलुगु, कन्नड, अङ्ग्रेजी, संस्कृत, उर्दू लगायत ४० भन्दा बढी भाषामा गीत गाएका छन्।[]

सन् १९९२ मा जुबिनको पहिलो एल्बम अनामिका प्रकाशनसँगै उनी व्यावसायिक संगीत क्षेत्रमा प्रवेश गरे।[][]

बंगाली फिल्म शुधु तुमीका लागि उनले २००५ मा उत्कृष्ट संगीत निर्देशकको पुरस्कार प्राप्त गरे। या आली गीतका लागि २००६ मा उनले ग्लोबल इन्डियन फिल्म अवार्ड (GIFA)स्टार्डस्ट अवार्डमा श्रेष्ठ पार्श्व गायक (पुरुष) पुरस्कार जिते। Echoes of Silence (अङ्ग्रेजी–खासी) फिल्मका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार (रजत कमल) पाए।[]

आधुनिक असमेली संगीतमा नयाँ धार ल्याएको कारण सन् २०१४ मा उनलाई रेनेसाँ असम पुरस्कार प्रदान गरिएको थियो।[] २०२४ को मे २७ मा मेघालय विज्ञान तथा प्रविधि विश्वविद्यालयले उनलाई मानार्थ डक्टर अफ लिटरेचर (D.Litt) उपाधि दियो। २०२५ मा बेलतला बोहागी उत्सव समितिले उनलाई आजीवन साधनाको सम्मान स्वरूप भूपेन हाजरिका पुरस्कार प्रदान गर्यो।

जुबिन गर्ग बहुवाद्य वादक पनि थिए। उनले गिटार, किबोर्ड, तबला, ढोल, हारमोनियम, म्यान्डोलिन लगायत धेरै वाद्य बजाउन सक्थे।[१०] उनी असमका सबैभन्दा बढी पारिश्रमिक पाउने गायकमध्ये एक थिए।[११]

झण्डै ३३ वर्षको करियरमा उनले ४० भन्दा बढी भाषामा करिब ३८,००० गीत रेकर्ड गरेका थिए।[१२][१३]

२०२५ सेप्टेम्बर १९ मा सिङ्गापुरमा जुबिन गर्गको मृत्यु भयो।

  1. Goswami, Darshana (२०२५-०९-२२), "The wonder boy called Goldie", Thumbprint NE, अन्तिम पहुँच २०२५-०९-२२ 
  2. Baruah, Sukrita (१९ सेप्टेम्बर २०२५), "Zubeen da, voice of a generation, who listened to his own conscience", The Indian Express, अन्तिम पहुँच २० सेप्टेम्बर २०२५ 
  3. "Singer Zubeen Garg died in Singapore while swimming, not during scuba diving: report", The Hindu, २ Oct २०२५, अन्तिम पहुँच ५ Oct २०२५ 
  4. "Zubeen Garg is No More – Pratidin Time", Pratidin Time (अङ्ग्रेजीमा), १९ सेप्टेम्बर २०२५, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२५ 
  5. "जुबिन गर्ग", xobdo.org, अन्तिम पहुँच १९ जनवरी २०१३ [स्थायी मृत कडी]
  6. ६.० ६.१ "About Zubeen Garg", Abhijit Borah, onlinesivasagar.com, अन्तिम पहुँच १९ जनवरी २०१३ [स्थायी मृत कडी]
  7. "About Zubeen's debut album Anamika", futuresounds.com, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१५ 
  8. "Awards won by Zubeen Garg", gomolo.com, मूलबाट ८ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ८ अक्टोबर २०१५ मिति
  9. "जुबिन गर्गलाई रेनेसाँ असम पुरस्कार", আমাৰ অসম, १३ मार्च २०१५। 
  10. "Profile of Zubeen Garg – Singer, Music composer of Assam", assamspider.com, मूलबाट ४ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१७ 
  11. "Barred from singing in Hindi, Assam singer leaves Bihu stage", The Indian Express (अङ्ग्रेजीमा), १६ अप्रिल २०१७, अन्तिम पहुँच १९ डिसेम्बर २०२० 
  12. "Thousands of fans bid adieu to Zubeen at Guwahati stadium", The Hindu (en-INमा), २१ सेप्टेम्बर २०२५, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२५ 
  13. Deb, Abhijit (१९ सेप्टेम्बर २०२५), "From 'Anamika' to 'Ya Ali': Zubeen Garg, a man of many emotions, bids farewell", The Statesman (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ सेप्टेम्बर २०२५