जुस वर्ल्ड
जुस वर्ल्ड | |
|---|---|
जुलाई २०१९ मा प्रस्तुति दिँदै जुस वर्ल्ड | |
| जन्म | जरद एन्थोनी हिगिन्स डिसेम्बर २, १९९८ सिकागो, इलिनोई, संयुक्त राज्य अमेरिका |
| मृत्यु | ८ डिसेम्बर २०१९ (उमेर २१) ओक लन, इलिनोई, अमेरिका |
| मृत्युको कारण | नशालु पदार्थको सेवनबाट विषाक्तता भई मृत्यु भएको |
| निवास | बेभर्ली चिहान, ब्लु आइल्यान्ड, इलिनोई, अमेरिका |
| अन्य नाम | JuicetheKidd |
| पेशा |
|
| कार्यकाल | सन् २०१५–२०१९ |
कार्य | डिस्कोग्राफी |
| आफन्त | योङ डल्फ (भाइ खलक) |
| साङ्गीतिक जीवन | |
| उत्पत्ति | होमउड, इलिनोई, अमेरिका |
| विधा | |
| लेबल | |
| हस्ताक्षर | |
| वेबसाइट | juicewrld999 |
जरद एन्थोनी हिगिन्स (अङ्ग्रेजी: Juice WRLD, जन्म; २ डिसेम्बर १९९८ – डिसेम्बर ८, २०१९), जो व्यावसायिक रूपमा जुस वर्ल्ड नामले चिनिन्छन्, एक अमेरिकी र्यापर, गायक र गीतकार थिए। उनी इमो र साउन्ड क्लाउड र्याप विधाका एक अग्रणी व्यक्तित्वको रूपमा उभिए जसले सन् २०१० को मध्यदेखि अन्त्यसम्ममा मूलधारको ध्यान आकर्षित गरेको थियो।[३][४] उनको मञ्चको नामले "विश्वमाथि कब्जा गर्ने" प्रतिनिधित्व गर्दछ भनेर उनले बताएका थिए जुन अपराध थ्रिलर चलचित्र जुस (सन् १९९२) बाट लिइएको थियो।
हिगिन्सले आफ्नो साङ्गीतिक जीवनको सुरुवात सन् २०१५ जुस द किड नामबाट एक स्वतन्त्र कलाकारको रूपमा गरेका थिए भने सन् २०१७ मा सिकागोका सहयात्री र्यापर लिल बिबीको ग्रेड ए प्रोडक्सन्ससँग रेकर्डिङ सम्झौता गरि त्यसको अर्को वर्षको सुरुमा उनी इन्टरस्कोप रेकर्ड्ससँग संयुक्त उद्यममा प्रवेश गरेका थिए। उनले सज् २०१८ को डायमन्ड-प्रमाणित एकल गीत "लुसिड ड्रिम्स" बाट मान्यता पाएका थिए जुन बिलबोर्ड हट १०० मा दोस्रो स्थानमा पुग्न सफल भएको थियो। यो गीत उनको ट्रिपल प्लेटिनम सुरुवाती एल्बम गुडबाई एन्ड गुड रिडान्स (सन् २०१८) को सफलता भन्दा अगाडि आएको थियो, जसमा बिलबोर्ड हट १०० मा पर्न सफल "अल गर्ल्स आर द सेम", "लिन विट मि", "वेस्टेड" र "आर्म्ड एन्ड डेन्जरस" जस्ता गीतहरू समावेश थिए। त्यसपछि उनले र्यापर फ्युचरसँग मिलेर सहयोगी मिक्सटेप वर्ल्ड अन ड्रग्स (सन् २०१८) र आफ्नो दोस्रो एल्बम डेथ रेस फर लभ (सन् २०१९) सार्वजनिक गरेका थिए। पछिल्लो एल्बममा चर्चित एकल गीत "रोबरी" समावेश थियो र यो हिगिन्सको अमेरिकी बिलबोर्ड २०० मा शीर्ष स्थान आउन सफल हुने एल्बम बनेको थियो।
हिगिन्सको सन् २०१९ डिसेम्बर ८ का दिन लागु औषधको विषाक्तताका कारण मृत्यु भएको थियो। उनको पहिलो मरणोपरान्त एल्बम, लेजेन्ड्स नेभर डाई (सज् २०२०) ले सबैभन्दा सफल मरणोपरान्त शीर्ष एल्बम र एउटै एल्बमबाट सबैभन्दा धेरै अमेरिकी टप-टेन प्रविष्टिहरूका लागि चार्ट रेकर्डहरूसँग बराबरी गरेको थियो जबकि यसको एकल गीत "कम एन्ड गो" (मार्समेलोसँगको) हट १०० मा दोस्रो स्थानमा पुग्ने हिगिन्सको दोस्रो गीत बनेको थियो। उनको दोस्रो मरणोपरान्त एल्बम, फाइटिङ डिमन्स (सन् २०२१), वृत्तचित्र चलचित्र जुस वर्ल्ड: इन्टु द अबेस सँगै सार्वजनिक गरिएको थियो र यसमा अमेरिकी शीर्ष २० एकल गीत "अलरेडी डेड" समावेश थियो। उनको तेस्रो मरणोपरान्त एल्बम, द पार्टी नेभर एन्ड्स (सन् २०२४), भिडियो गेम फोर्टनाइट मा एक उपस्थिति र भर्चुअल कन्सर्टको साथ सार्वजनिक गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Brown, Preezy; Sadler, Armon (मार्च २४, २०२३), "Hit-Boy, 03 Greedo, Jae Skeese, Juice WRLD, Lola Brook, And More New Music Friday Rap Releases", Vibe (magazine), अन्तिम पहुँच जुलाई २, २०२३।
- ↑ "Up and Coming Emo Rapper From Chicago, Juice Wrld, Starts to Dominate Charts", NewRockStars, जुन २३, २०१८, अन्तिम पहुँच जुलाई २, २०२३।
- ↑
- "Juice WRLD & Marshmello Rule Hot 100 Songwriters & Producers Charts", Billboard (अङ्ग्रेजीमा), मूलबाट जुलाई ३१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३१, २०२१।
- Rodriguez, Kiara (अप्रिल ७, २०२०), "The Legacy of Juice WRLD", Bleu, मूलबाट जुलाई ३१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३१, २०२१।
- Cage, Matthew (डिसेम्बर १०, २०१९), "JUICE WRLD'S DEATH AT 21 YEARS OLD FOR POSSIBLE OVERDOSE", Somag News, मूलबाट जुलाई ३१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३१, २०२१।
- Carter, Josh (जुलाई ७, २०२१), "FINNEAS leads blòkur's Top 5 Songwriters On Spotify list for 2020", Alternative Press, मूलबाट जुलाई ३१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३१, २०२१।
- ↑ "Juice WRLD, Lil Peep and XXXTentacion are symbols of a scene that trades off tragedy", डिसेम्बर १३, २०१९।