जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर
जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर | |
|---|---|
सन १९०४ मा भ्यान 'ट हफ | |
| जन्म | (आईडी1) 30 अगस्त 1852 रोटरडम, नेदरल्यान्ड्स |
| मरे। | 1 मार्च 1911 (आईडी1) (आयु 58) स्टेग्लिट्ज, बर्लिन, जर्मन साम्राज्य |
| अल्मा मेटर |
|
| भनेर चिनिन्छ |
|
| पुरस्कार |
|
| वैज्ञानिक करियर | |
| क्षेत्रहरू | भौतिक रसायन जैविक रसायन सैद्धान्तिक रसायन |
| संस्थाहरू |
|
| डाक्टरल सल्लाहकार | एडवर्ड मुल्डर |
| डाक्टरल विद्यार्थीहरू | अर्न्स्ट कोहेन |
| अन्य उल्लेखनीय विद्यार्थीहरू | फ्रेडरिक जी. डोनन |
जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर (डच: vɑn (ə)t ˈɦɔf; अङ्ग्रेजी: Jacobus Henricus van 't Hoff; ३० अगस्ट १८५२ – १ मार्च १९११) एक डच भौतिक रसायनशास्त्री थिए। आफ्नो समयमा अत्यधिक प्रभावशाली सैद्धान्तिक रसायनशास्त्रीका रूपमा, भ्यान 'ट हफ रसायनशास्त्रमा नोबेल पुरस्कार जित्ने पहिलो व्यक्ति थिए। उनका अग्रगामी अनुसन्धानहरूले आधुनिक रासायनिक सम्बन्ध, रासायनिक सन्तुलन , रासायनिक गतिविज्ञान , र रासायनिक ऊष्मागतिविज्ञानको सिद्धान्त निर्माण गर्न मद्दत गर्यो। सन् १८७४ मा प्रकाशित आफ्नो पुस्तिकामा, भ्यान 'ट हफले चतुर्भुज कार्बन परमाणुको सिद्धान्त प्रतिपादन गर्दै स्टीरियोकेमिस्ट्रीको आधारशिला स्थापना गरेका थिए। सन् १८७५ मा, उनले एलेन र क्युमुलेन का सही संरचनाहरूको भविष्यवाणी गरे साथै तिनीहरूको अक्षीय चिरलिटीको परिकल्पना गरेका थिए। भौतिक रसायनशास्त्रलाई आधुनिक स्वरूपमा विकास गर्न उनले पुर्याएको योगदानका कारण उनलाई यस विधाको संस्थापक मध्ये एक मानिन्छ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]सात सन्तानमध्ये तेस्रो, भ्यान 'ट हफको जन्म ३० अगस्ट १८५२ मा नेदरल्यान्ड्सको रोटरड्याममा भएको थियो। उनका पिता जेकोबस हेनरिकस भ्यान 'ट हफ सिनियर एक चिकित्सक थिए, र उनकी आमा अलिडा कोल्फ भ्यान 'ट हफ थिइन्। सानैदेखि, उनलाई विज्ञान र प्रकृतिप्रति ठूलो रुचि थियो, र उनी प्रायः वनस्पति सम्बन्धी अध्ययन भ्रमणहरूमा सहभागी हुन्थे। विद्यालयको प्रारम्भिक वर्षहरूमा, उनले कविता र दर्शनमा गहिरो रुचि देखाए। उनले लोर्ड बायरनलाई आफ्नो आदर्श मान्थे।
आफ्नो बुबाको इच्छाविरुद्ध भ्यान 'ट हफले रसायनशास्त्र अध्ययन गर्ने निर्णय गरे। उनले सेप्टेम्बर १८६९ मा डेल्फ्ट प्रविधि विश्वविद्यालयमा नाम दर्ता गरे र सन् १८७१ सम्म अध्ययन गरे। ८ जुलाई १८७१ मा उनले अन्तिम परीक्षा उत्तीर्ण गरी रासायनिक प्रविधिज्ञको उपाधि प्राप्त गरे। उनले तीन वर्षको पाठ्यक्रम दुई वर्षमै पूरा गरे। त्यसपछि उनले लिडेन विश्वविद्यालयमा रसायनशास्त्र अध्ययन गर्न नाम दर्ता गराए। त्यसपछि उनी जर्मनीको बोन सहरमा अगस्ट केकुलेसँग र फ्रान्सको पेरिसमा एडोल्फ वुर्ट्जसँग अध्ययन गर्न गए। उनले सन् १८७४ मा युत्रेख्ट विश्वविद्यालयबाट एडुआर्ड मुल्डरको मार्गदर्शनमा विद्यावारिधि उपाधि प्राप्त गरे।
सन् १८७८ मा, भ्यान 'ट हफले जोहाना फ्रान्सिना मीससँग विवाह गरे। उनीहरूका दुई छोरी, जोहाना फ्रान्सिना (१८८०–१९६४) र अलिडा जाकोबा (१८८२–१९७१), तथा दुई छोरा, जेकोबस हेनरिकस भ्यान 'ट हफ तेस्रो (१८८३–१९४३) र गोवर्ट जाकोब (१८८९–१९१८) थिए। भ्यान 'ट हफको निधन १ मार्च १९११ मा, ५८ वर्षको उमेरमा क्षयरोग (tuberculosis) का कारण, बर्लिन नजिकैको स्टेग्लिट्जमा भएको थियो।
