जेड थ्रिलवाल
| जेड थ्रिलवाल | |
|---|---|
सन् २०२० मा थर्लवाल | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | जेड अमेलिया थ्रिलवाल |
| जन्म | २६ डिसेम्बर १९९२ साउथ सिल्ड्स, टाइने एन्ड वेयर, इङ्गल्यान्ड |
| विधा | |
| पेशा | गायिका |
| सक्रिय वर्ष | सन् २००८–हाल |
| लेबल | |
| वेबसाइट | jadeofficial |
जेड अमेलिया थ्रिलवाल (अङ्ग्रेजी: Jade Amelia Thirlwall, जन्म; सन् १९९२ डिसेम्बर २६) एक बेलायती गायिका हुन्। उनको सङ्गीतिक यात्रा १५ वर्षको उमेरमा सुरु भएको थियो जहाँ उनले महिला साङ्गीतिक समूह लिटिल मिक्सको सदस्यको रूपमा ख्याति कमाउनु अघि तीनपटक द एक्स फ्याक्टरका लागि अडिसन दिएकी थिइन्। कार्यक्रमको आठौँ शृङ्खलाको क्रममा गठन भएको लिटिल मिक्स यो प्रतियोगिता जित्ने पहिलो समूह बनेको थियो। यस समूहले सामूहिक रूपमा छवटा स्टुडियो एल्बमहरू सार्वजनिक गरेका थिए भने ती मध्ये १९ वटा गीतहरू बेलायती एकल सङ्गीत तालिकामा शीर्ष दसमा प्रवेश गरेका थिए। सन् २०२२ मा अनिश्चितकालीन रूपमा निष्क्रिय हुनुपूर्व यस समूह ब्रिट पुरस्कार जित्ने पहिलो महिला समूह बनेको थियो।[१][२]
सन् २०२२ मा थ्रिलवालले आरसिए रेकर्ड्ससँग एकल कलाकारको रूपान सम्झौतामा हस्ताक्षर गरी सन् २०२४ मा आफ्नो पहिलो एकल गीत "एन्जल अफ माई ड्रिम" सार्वजनिक गरेकी थिइन् जुन बेलायती एकल सङ्गीत तालिकामा सातौँ स्थानमा पुग्दा यस गीतले सन् २०२५ ब्रिट पुरस्कारमा 'वर्षको सर्वोत्कृष्ट गीत' का लागि मनोनित प्राप्त गरेको थियो। थ्रिलवालले सन् २०२५ सेप्टेम्बर १२ का दिन आफ्नो पहिलो एकल स्टुडियो एल्बम दयाट्स सोबिज बेबी सार्वजनिक गरेकी थिइन् जसले आलोचनात्मक प्रशंसा प्राप्त गरी बेलायती एल्बम तालिकामा शीर्ष तेस्रो स्थानमा बनाएको थियो।
साङ्गीतिक क्षेत्रमा आफ्नो एकल कार्यको अतिरिक्त थ्रिलवालले सोनी/एटिभी म्युजिकसँगको आफ्नो प्रकाशन सम्झौता मार्फत विभिन्न कलाकारहरूका लागि गीतहरू सह-लेखन गरेकी थिइन्। आफ्नो राजनीतिक र सामाजिक सक्रियताका लागि परिचित उनी विषमलैङ्गिक अधिकारको वकालतकर्ता र स्टोनवाल परोपकारी संस्थाकी राजदूत हुन्। परोपकारी कार्यमा उनको संलग्नताले उनलाई सन् २०२१ र सन् २०२५ मा गे टाइम्स अनर फर एलाइसिप दिलाएको थियो। उनले सन् २०२५ को ब्रिट पुरस्कार समारोहमा उत्कृष्ट पप कला विधामा पुरस्कार प्राप्त गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Jade Thirlwall given South Shields freedom of borough honour", BBC News (अङ्ग्रेजीमा), २०२५-१२-१९, अन्तिम पहुँच २०२६-०१-०५।
- ↑ "Jade Thirlwall picture gallery as South Shields singer honoured", BBC News (अङ्ग्रेजीमा), २०२५-१२-२८, अन्तिम पहुँच २०२६-०१-०५।
बाह्य कडीहरू
[सम्पादन]- इन्टरनेट चलचित्र डेटाबेसमा जेड थ्रिलवाल
- जेड थ्रिलवालडिसकोग्समा साङ्गीतिक कार्यहरू
- जेड थ्रिलवाल म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू