जेदाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेदाहा
جدة
शहर
आदर्श वाक्य: 
जेदाहा फरक छ
देश साउदी अरब
प्रदेशमक्का
स्थापना६ ई.श बाट
सरकार
 • मेयरहानी आबु रास[१]
 • शहरी गभर्नरमसल अल-साउद
 • प्रदेशका गभर्नरखलिड अल-फैसल
क्षेत्रफल
 • शहर१,६०० किमी (६०० वर्ग माइल)
 • सहरी
१,६८६ किमी (६५१ वर्ग माइल)
 • महानगर
४७ किमी (१८ वर्ग माइल)
उन्नतांश
१२ मिटर (३९ फिट)
जनसङ्ख्या
 (२०१४)[२]
 • शहर३,९७६,०००
 • घनत्व२५००/किमी (६४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+३ (अरबी समय)
 • ग्रीष्म (डिएसटी)अरबी समय
हुलाक कोड
५ बटा अंक सुरुमा २१ भएका
क्षेत्रीय सङ्केत+९६६-१२
वेबसाइटwww.jeddah.gov.sa/english/index.php
आधिकारिक नामएेतिहाँसीक जेदाहा शहर, मक्काको प्रवेश द्वार
मापदण्डCultural: ii, iv, vi
सन्दर्भ1361
सूचीकृत2014 (? अज्ञात सत्र)
क्षेत्रफल१७.९१ हेक्टर
मध्यवर्ती क्षेत्र११३.५८ हेक्टर

जेदाहा (अरबी: جدة) तिहामाह प्रदेशको हिजाजमा पर्ने साउदी अरबको एक प्रमुख शहर हो जुन रातो नदिको किनारमा अवस्थित छ । यो शहर मक्का प्रदेशको सबैभन्दा ठूलो शहर र रातो नदिको प्रमुख बन्दरगाहको रूपमा रहेको छ । यस शहरको कुल जनसङ्ख्या करिब चार मिलियन (२०१७ का अनुसार) रहेको छ र राजधानी रियाद पछिको दोश्रो ठूलो शहर हो । जदहालाई सउदी अरबको व्यापारिक राजधानीको रूपमा लिईन्छ । [३]

जेदाहा साउदी अरबको प्रमुख शहर मक्कामदिनाको प्रवेश द्वार हो । आर्थिक रूपमा जेदहा साउदी अरब भित्र वैज्ञानिक र इन्जिनियरिङ विकासको लागि जोड दँदै आएको छ । जेदाहा साउदी अरबको प्राथमिक आश्रयको शहरहरू मध्ये एक हो । यो शहरको आदर्श वाक्य जेदा गहिर जसलाई उल्था गरेर नेपालीमा जेदाहा फरक छ भन्ने बुझिन्छ र यो आदर्श वाक्य सबै विदेश र स्थानीय बासीहरूले प्रयोग गर्दै आएका छन् ।

भुगोल र मौसम[सम्पादन गर्नुहोस्]

जेदाहाको नक्शा ओपन स्ट्रिट म्यापमा

जेदाहा शहर साउदी अरबको रातो नदीको किनारमा अवस्थित । जेदाहा हाजिज प्रन्तमा एक मुख्य शहर हो र यो शहर क्षेत्रफलका अनुसार विश्वको १०० अौँ ठूलो शहरको रूपमा रहेको छ ।

जेदाहामा हिउँदक बेला धेरै जाडो नभई यहाँको तापक्रम १५ डिग्री र दिउँसोको बेला २८ डिग्री सम्म मापन गरियको छ । त्यस्तै ग्रिष्म ऋतुमा जेदाहामा अत्याधिक गर्मि हुने भएकाले यस शहरको तापक्रम अौसतमा ४३ डिग्री र साँझको बेला ३० डिग्री हुन्छ । जेदाहामा नोभेम्बर र डिसेम्बरमा मात्र फाटफुट वर्षा हुने गरेको छ र चट्याङ हिउँदको बेला अत्याधिक मात्रामा पर्छ । यस भन्दा अघि सन् २००८ मा एक शक्तिसाली चट्याङ परेको थियो । सन् १९९३ फेब्रुअरी १० मा जेदाहाको तापक्रम सबैभन्दा कम ९.८ डिग्री मापन गरियको थियो भने सन् २०१० जुन २२ मा यस शहरको तापक्रम सबैभन्दा अधिक ५२.० डिग्री मापन गरियको थियो ।

शिक्षा[सम्पादन गर्नुहोस्]

सन् २००५ मा पुरुष विद्यार्थी लागि जेदाहामा सरकारी र निजी विद्यालय गरी ८४९ रहेका छन् र महिला विद्यार्थी लागि जम्मा १,१७९ विद्यालयहरू रहेका छन् । यहाँ विद्यार्थीलाई मुख्य अरबी भाषाम पढाइ हुन्छ र दोश्रो भाषाको रूपमा अङ्ग्रेजी भाषा पढाइ हुन्छ त्यहिपनि बाहिरी प्रशासन र विदेश नाम भएका विद्यालयमा कक्षा अङ्ग्रेजीमा सञ्चालन हुँदै आएको छ ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

खेलकुद[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आबु रास", Saudigazette.com.sa, २०१०-०८-१९, मूलबाट २०१२-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०४-१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "जनसङ्ख्या", २०१४ को राष्ट्रिय जनगणना, साउदी अरब केन्द्रिय तथ्याङ्क विभाग, मूलबाट २१ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २१ फेब्रुअरी २०१६ मिति
  3. "साउदीहरू आफ्ना पुराना शत्रुहरूलाई शान्तिको साथ अपनाउदै छन्", अर्थतन्त्र, ७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]