सामग्रीमा जानुहोस्

जेन जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जेनेरेसन जी वा जी पुस्ता (सङ्क्षिप्त रूपमा जेन जीको रूपले परिचित, जसलाई जुमर्स पनि भनिन्छ) वाई पुस्ता पछि र अल्फा पुस्ता अघि रहेको एक जनसङ्ख्यात्मक वर्ग हो। शोधकर्ता र लोकप्रिय सञ्चार माध्यमहरूले सामान्यतः जनरेसन जीको लागि सन् १९९० को दशकको मध्यदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरूलाई यो पुस्ताको रूपमा निर्धारण गरिएको छ।[] जसले गर्दा अधिकांश अवस्थामा जनरेसन जी शब्दले सामान्यतः सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका मानिसहरूलाई बुझाउँछ।[] जनरेसन जीका धेरै सदस्यहरू तुलनात्मक रूपमा जनरेसन जोन्स वा जनरेसन एक्सका सन्तानहरू हुन्।[]

सानो उमेरबाट नै इन्टरनेट र पोर्टेबल डिजिटल प्रविधिहरूको पहुँचमा हुर्के बढेका पुस्ताहरूको रूपमा जेनेरेसन जीलाई लिन सकिन्छ जसकारण जेन जीका सदस्यहरूलाई डिजिटल नेटिभ्स पनि भन्ने गरिएको भएता पनि यी मध्ये सबै जना डिजिटल रूपमा साक्षर नहुन पनि सक्छन्। यी पुस्ताहरूले डिजिटल स्क्रिनमा बढी समय बिताउने गरेकाले यसका नकारात्मक प्रभावहरू साना बच्चादेखि किशोर-किशोरीहरूसम्म पनि देखा परेको छ। अघिल्लो पुस्ताको तुलनामा जेन जीका सदस्यहरूले आफ्ना पूर्ववर्तीहरूको तुलनामा ढिलो जीवनयापनको उपायहरू पत्ता लगाउने गरेको पाइन्छ। जेन जीका किशोर-किशोरीहरू अघिल्ला पुस्ताहरूको तुलनामा एकेडेमिक प्रदर्शन र रोजगारका अवसरहरूमा बढी चिन्तित हुन्छन्। यी पुस्ताका सदस्यहरू बीच सेक्सटिङको (डिजिटल यौन सामग्रीको आदानप्रदान) चलन बढेको पाइन्छ यद्यपि यसको परिणामहरू अझै राम्रोसँग बुझिएका छैन।

विश्वव्यापी प्रमाणका अनुसार जेन जीका किशोरीहरू यौवनमा प्रवेश गर्ने औसत आयु २०औँ शताब्दी सँगको तुलनामा अत्यधिक घटेको छ जसको प्रभाव उनीहरूको स्वस्थ्य र भविष्यमा परेको देखिन्छ। यसका साथै, जेनेरेसन जीका किशोरकिशोरी र युवाहरूमा एलर्जीको प्रकोप सामान्य मानिसहरूको तुलनामा बढी पाइन्छ। जेनेरेसन जीका मानिसहरूमा रोग र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा थप जागरूकता निम्त्याउँदा अनिद्राको घटना अधिक रिपोर्ट गरिन्छ। धेरै देशहरूमा जेनेरेसन जीका युवाहरूमा बौद्धिक असक्षमता र मानसिक समस्याहरूको पहिचानको सम्भावना अघिल्लो पुस्तासँगको तुलनामा बढी छ।

विश्वव्यापी रूपमा जेनेरेसन जीका सदस्यहरू पूर्ववर्ती पुस्ताको तुलनामा इलेक्ट्रोनिक उपकरणहरूमा बढी समय व्यतीत गर्दै आएको र किताब पढ्नेमा कम समय दिइरहेको पाइन्छ जसको प्रभाव उनीहरूको ध्यानको स्थायित्व, शब्दभण्डार, शैक्षिक प्रदर्शन र भविष्यका आर्थिक योगदानहरूमा पर्न आएको छ। एसियामा सन् २००० र सन् २०१० को दशकमा शिक्षकहरूले सामान्यतः उत्कृष्ट विद्यार्थीहरूलाई पहिचान गरेर उनीहरूको सुधारमा ध्यान दिएका थिए तर यसको विपरीत पश्चिमी युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर प्रदर्शन गर्नेहरूमा विशेषगरी ध्यान केन्द्रित गरिएको थियो। सन् २०१० का दशकमा पूर्व एसियाली सिङ्गापुरका विद्यार्थीहरू अन्तर्राष्ट्रिय मानकको परीक्षामा निरन्तर रूपमा शीर्ष स्थान हासिल गर्दै आएका छन्।

व्युतपत्ति र नामाकरण

[सम्पादन गर्नुहोस्]

जेनेरेसन जी शब्दले अङ्ग्रेजी वर्णानुक्रम अनुसार जेनेरेसन एक्स र जेनेरेसन वाईलाई अनुसरण गर्दै आउनु पुस्तालाई जनाउँछ।[][] यस पुस्ताका लागि प्रस्तावित अन्य नामहरूमा आइजनेरेसन,[] होमल्यान्ड जेनेरेसन,[] न्याट जेन,[] डिजिटल नेटिभ्स,[] निओ-डिजिटल नेटिभ्स,[] प्लुरालिस्ट जेनेरेसन,[] इन्टरनेट जेनेरेसन[] सेन्टेनियल्स[१०] समावेश छन्।

"कस्ता नामहरूलाई कसरी निर्धारण गरिन्छ भन्ने कुरामा कुनै वैज्ञानिक प्रक्रिया समावेश हुँदैन, स्पष्ट रूपमा जेन जीको पछाडि पछि गतिशीलता रहेको छ"

माइकल डिमोक, प्यु रिसर्च सेन्टर[११]

र्‍यापर एमसी लार्सले सन् २००५ मा एउटा गीतको शीर्षकको रूपमा पहिलो पटक आइजेनेरेसन शब्द प्रयोग गरेका थिए।[१२] मनोविज्ञानकी प्राध्यापक तथा लेखिका जिन टोयन्जले सन् २००६ को सहस्राब्दीक बिषयमा लेखिएको एक पुस्तकको शीर्षकको रूपमा आइजेनेरेसन शब्द प्रयोग गरेकी थिइन् तर प्रकाशकको दबाबमा शीर्षक परिवर्तन गरेर जेनेरेसन मी राखिएको थियो। सन् २०१७ को पुस्तक आइजेनका लागि टोयन्जले यो शब्द प्रयोग गरेकी थिइन्। विलियम स्ट्राउसम आधारित स्ट्राउस-होवे पुस्ता सिद्धान्तलाई निरन्तरता दिँदै लेखक निल होवेले सन् २०१४ मा होमल्यान्ड जेनेरेसन शब्द सिर्जना गरेका थिए।[] होमल्यान्ड शब्दले सेप्टेम्बर ११ को हमलापछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय जस्तो सुरक्षित निगरानी राज्य व्यवस्थापनको कार्यान्वयनको समयमा बाल्यकालमा प्रवेश गर्ने पहिलो पुस्तालाई सङ्केत गर्दछ।[]

प्यु रिसर्च सेन्टरले सन् २०१९ मा गुगल ट्रेन्ड्सको माध्यमबाट यस पुस्ताको अन्य विभिन्न नामहरूको परीक्षण गरेको थियो भने अमेरिकामा जेनेरेसन जी नाम अत्यन्त लोकप्रिय रहेको तथ्याङ्क निकालिएको थियो।[१३] त्यसपछि उनीहरूले आफ्नो अनुसन्धानमा यसलाई जेनेरेसन जी भनेर उल्लेख गर्न थालेका थिए। म्यारियम-वेबस्टर र अक्सफोर्ड शब्दकोशमा जेनेरेसन जीलाई आधिकारिक रूपमा समावेश गरिएको छ।[११] जापानमा यस पुस्तालाई नियो-डिजिटल नेटिभ्सको रूपमा वर्णन गरिन्छ जुन अघिल्लो पुस्ताका डिजिटल नेटिभ्सको तुलनामा एक कदम अगाडिको पुस्ता हो। डिजिटल नेटिभ्स मुख्यतया पाठ वा आवाजको माध्यमबाट सञ्चार गर्ने गर्दछन् जबकि नियो-डिजिटल नेटिभ्सले भिडियो, भिडियो-टेलिफोन र चलचित्रहरू प्रयोग गर्ने गरेको पाइन्छ। यसले कम्प्युटरबाट मोबाइल र पाठबाट भिडियो स्थानान्तरणमा जोड दिन्छ।

वर्ष र उमेर दायरा

[सम्पादन गर्नुहोस्]

सन् १९९० को मध्यदेखि अन्त्यसम्ममा र सन् २०१० को प्रारम्भिक वर्षहरूमा जन्मिएका मानिसहरू रूपमा अनुसन्धानकर्ता तथा लोकप्रिय सञ्चार माध्यमहरूले जेनेरेसन जीलाई परिभाषित गरेका छन्। मेरियम वेब्स्टर अनलाइन शब्दकोशले जनेरेसन जीलाई "सन् १९९० को अन्त्य र २००० को प्रारम्भमा जन्मिएका व्यक्तिहरूको पुस्ताको रूपमा परिभाषित गर्दछ।[१४] अक्सफोर्ड शब्दकोशले जनेरेसन जीलाई सन् १९९० को अन्त्य र "सन् २०१० को प्रारम्भ बीच जन्मिएका व्यक्तिहरूको समूह" को रूपमा परिभाषित गरेको छ जो इन्टरनेटसँग धेरै नै परिचित मानिन्छन्। इन्साइक्लोपिडिया ब्रिटानिकाले "सन् १९९० को अन्त्य र सन् २००० को प्रारम्भमा जन्मिएका अमेरिकीहरू भनी वर्णन गर्न जेनेरेसन जी शब्द प्रयोग गरेको पाइन्छ।[१५] जेन जीका लागि केही स्रोतहरूले सन् १९९७ देखि २०१२ सम्मका वर्षहरूमा आधारित रही दायरा छुट्टाएका छन्। पुस्तासँग सम्बन्धित तथ्य तथा र उनीहरूको साँस्कृतिक गतिविधिहरूलाई परिभाषित गर्नु चुनौतीपूर्ण हुने गरेकाले यी वर्षहरूलाई कहिलेकाहीँ विवादित वा बहसका विषय बनाइने गरिन्छ।[१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Burclaff, Natalie, "Research Guides: Doing Consumer Research: A Resource Guide: Generations", guides.loc.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल १६, २०२५
  2. "Who Are the Parents of Gen Z?", Signal Vine, अगस्ट २६, २०२१, मूलबाट अप्रिल ७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १०, २०२२
  3. "Welcome Gen Beta - McCrindle", mccrindle.com.au (अङ्ग्रेजीमा), २०२५-०१-१९, अन्तिम पहुँच २०२५-०८-२९
  4. Shapiro, Jordan (२०१८), The New Childhood: Raising Kids to Thrive in a Connected World, Little, Brown।
  5. "Generation Z", Lexico, Oxford University Press, मूलबाट अगस्ट १७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १९, २०२१ अभिलेखिकरण अगस्ट १७, २०१९ वेब्याक मेसिन
  6. 1 2 3 4 5 Horovitz, Bruce (मे ४, २०१२), "After Gen X, Millennials, what should next generation be?", USA Today, मूलबाट अक्टोबर २८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २४, २०१२
  7. 1 2 Howe, Neil (अक्टोबर २७, २०१४), "Introducing the Homeland Generation (Part 1 of 2)", Forbes, मूलबाट अगस्ट २३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २, २०१६
  8. Takahashi, Toshie T, "Japanese Youth and Mobile Media", Rikkyo University, मूलबाट सेप्टेम्बर २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०१६
  9. "Generations in Canada", www12.statcan.gc.ca, मूलबाट सेप्टेम्बर २२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ३, २०१५
  10. Capatides, Christina (सेप्टेम्बर २२, २०१५), "Meet Generation Z", CBS News, मूलबाट जनवरी २१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १५, २०२१, "Generation Z is also hugely synonymous with technology because Centennials grew up in the era of smartphones. In fact, most of today's youth can't even remember a time before social media."
  11. 1 2 Dimmock, Michael (जनवरी १७, २०१९), "Defining generations: Where Millennials end and post-Millennials begin", Pew Research Center, मूलबाट जनवरी १७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ अभिलेखिकरण जनवरी १७, २०१९ वेब्याक मेसिन
  12. "Talking 'Bout iGeneration – MC Lars", ascap.com, मूलबाट डिसेम्बर ११, २००८-मा सङ्ग्रहित।
  13. Dimock, Michael (जनवरी १७, २०१९), "Defining generations: Where Millennials end and Generation Z begins", Pew Research Center (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल २८, २०२३
  14. "Definition of Generation Z", Merriam-Webster, मूलबाट जनवरी २७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १८, २०१९
  15. "Definition of Generation Z noun from the Oxford Advanced Learner's Dictionary", Oxford Learner's Dictionaries
  16. "Gen Z | Years, Age Range, Meaning, & Characteristics | Britannica", www.britannica.com (अङ्ग्रेजीमा), मार्च ५, २०२४, अन्तिम पहुँच मार्च ५, २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
पूर्वाधिकारी
जेनेरेसन वाई
सन् १९८० को सुरुवात देखि सन् १९९६
जेनेरेसन जी
सन् १९९७ देखि सन् २०१० को सुरुवाती वर्षहरूसम्म
उतराधिकारी
जेनेरेसन अल्फा
सन् २०१० को मध्यदेखि सन् २०२० को मध्यसम्म