जेफ हार्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जेफ हार्डिबाट अनुप्रेषित)
जेफ हार्डी
मे २०१७ मा हार्डी र ट्याग टिम उपाधिको साथ
जन्मजेफ्री निरो हार्डी
(1977-08-31) ३१ अगस्ट १९७७ (उमेर ४६)[१]
उत्तर क्यारोलिना, संयुक्त राज्य अमेरिका [२]
जीवनसाथी
बेथ ब्रिट
(
वि २०११)
सन्तान
आफन्तम्याट हार्डी (दाजु)
रेबी स्काई (भाउजू)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामब्रदर निरो[३][४]
जेफ हार्डी[५]
विलो[१]
किथ डेभिस[६]
विल्डो जेन्क्स[७]
उचाई६ फिट १ इन्च[८]
तौल२२५ पाउन्ड[८]
उत्पत्तिक्यामेरुन, उत्तर।क्यारोलिना[५]
[९]
प्रशिक्षकदोरी फङ्क जुनियर[५]
माइकल हेज[५]
पदार्पणसन् १९९४[१]
साङ्गीतिक जीवन
विधारक सङ्गीत, इन्डी सङ्गीत
वाद्ययन्त्रस्वर, गितार, पियानो
सक्रिय वर्षसन् १९९३–हाल
लेबलइम्प्याक्ट रेस्लिङ सङ्गीत
सहयोगीपेरोक्सह्वाइ?जेन

जेफ नेरो हार्डी (जन्म: ३१ अगस्ट १९७७) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी, गायक, गीतकार, सङ्गीतकार तथा अभिनेता हुन्। हाल उनी डब्ल्युडब्ल्युई स्म्याकडाउनमा कार्यरत छन् जहाँ उनी जेफ हार्डीको नामले कुस्ती खेल्दछन्। [१][१०]

जेफ हार्डी डब्ल्यूडब्ल्यूईका निकै अनुभवी तथा उत्कृष्ट कुस्ती खेलाडी मध्ये एक मानिन्छन्। हार्डीले व्यावसायिक कुस्ती खेलको सुरुवात गरेपछि उनले टोटल नन स्टप एक्सन रेस्लिङ, रिङ अफ अनर, स्वतन्त्रता सर्किट, डब्ल्यूडब्ल्यूई जस्ता कुस्ती सङ्घहरूमा कुस्ती खेलिसकेका छन् भने उनी हाल डब्ल्यूडब्ल्यूईमा कार्यरत छन्। सानै उमेरदेखि कुस्ती खेल्न सुरु गरेका हार्डीले उनका दाजु म्याट हार्डीसँग ओमेगा रेस्लिङमा कुस्ती खेल्न सुरु गरेका थिए। सन् १९९४ मा हार्डी दाजुभाइलाई डब्ल्यूडब्ल्यूएफमा (हाल डब्ल्यूडब्ल्यूई) उनीहरूको प्रतिभाको आधारमा ल्याइएको थियो भने उनीहरूले सन् १९९४ मन डब्ल्यूडब्ल्यूएफसँगको ४ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। हार्डी दाजुभाइको कट्टर कुस्ती खेलका कारण उनीहरू चर्चित बनेका थिए भने खासगरी उनीहरूको मेच, सिँढी र टेबुल कुस्ती खेलहरूमा सहभागिता जनाउने गरेका थिए।[११] कुस्ती खेलाडी लिटासँगको सहकार्यमा उनीहरूकले आफ्नो कुस्ती टोलीको नाम टिम एक्सट्रिम राखेका थिए। जेफ हार्डी र दाजु म्याट हार्डीले सुरुदेखिनै टोलीको रूपमा कुस्ती खेलेका कारण उनीहरूले हालसम्म डब्ल्यूडब्ल्यूई र टिएनएमा गरी कुल १२ पटक ट्याग टिम उपाधि जित्न सफल भएका छन्। म्याट र जेफको जोडीलाई हाल पनि टिम एक्सट्रिमको उपामा दिइन्छ भने उनीहरूको टोलीको नाम द हार्डी ब्वाइज हो।

हार्डीले उनको दाजु म्याटसँगको ट्याग टिम कुस्ती खेल सँगसँगै एकल प्रतिस्पर्धाहरूमा पनि लामो समयदेखि ख्याति कमाउँदै आएका छन्। सन् २००८ डिसेम्बर १४ का दिन आयोजित आर्मेजडन नामक एक वार्षिक कुस्ती कार्यक्रममा हार्डीले एकै खेलमा ट्रिपल एच र एजलाई पराजित गर्दै पहिलोपटक डब्ल्यूडब्ल्यूई उपाधि जित्न सफल भएका थिए। हार्डीले यसबाहेक ६ पटक विश्व उपाधिहरू जित्न सफल भएका छन् जहाँ उनले १ डब्ल्यूडब्ल्यूई उपाधि, २ डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट उपाधि र ३ पटक टिएनए विश्व ह्याभिवेट उपाधि सामेल छन्। हार्डीले विश्व उपाधि बाहेक ५ पटक डब्ल्यूडब्ल्यूई अन्तरमहादेशीय उपाधि, ३ पटक डब्ल्यूडब्ल्यूई हार्डकोर उपाधि र १-१ पटक संयुक्त राज्य र डब्ल्यूडब्ल्यूई युरोपेली लाइट ह्याभिवेट उपाधि जितेका छन्। हार्डीले डब्ल्यूडब्ल्यूईमा १८औँ ट्रिपल क्राउन उपाधि र ९औँ ग्रान्ड स्लाम उपाधि जित्न सफल भएका थिए भने उनीले हालसम्म डब्ल्यूडब्ल्यूई, रिङ अफ अनर, टोटल नन स्टप एक्सन रेस्लिङमा गरी कुल २९ उपाधिहरू जित्न सफल भएका छन्।

हार्डी डब्ल्यूडब्ल्यूई र सम्पूर्ण कुस्ती जगत बाहिर एक सङ्गीतकार हुन् भने उनी विभिन्न समयहरूमा चित्रकला, मोटोक्रस र अन्य कार्यहरूमा संलग्न भएका थिए। हार्डी पेरोक्सह्वाई?जेन नामक एक साङ्गीतिक समूहका सङ्गीतिकार पनि हुन् भने उक्त साङ्गीतिक समूहले ३ साङ्गीतिक सङ्गालोहरू।बजारमा सार्वजनिक गरिसकेको छ। सन् २००३ मा हार्डी दाजुभाइले द हार्डी ब्वाइज नामक एक आत्मकथा लेखेका थिए भने उनीहरूद्वारा रचित उक्त पुस्तकले अमेरिकाको न्युयोर्क अधिक बिक्री हुन सफल भएको थियो।[१२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

हार्डीको जन्म सन् १९७७ अगस्ट ३१ का दिन संयुक्त राज्य अमेरिकाको उत्तर क्यारोलिनामा भएको थियो। उनी गिलबर्ट र रूबी हार्डीको सन्तान तथा कुस्ती खेलाडी म्याट हार्डीका भाइ हुन्।[५][१३] सन् १९८६ मा हार्डी मात्र ९ वर्षको छँदा उनकी आमाको क्यान्सरका कारण मृत्यु भएको थियो। सानै उमेरदेखि खेलकुदमा रुचि राख्ने हार्डीले १२ वर्षको उमेरमा मोटोक्रस खेल खेल्न सुरु गरेका थिए भने १३ वर्षको उमेरमा उनी यामाहा वाइजेट-८० नामक एक मोटरसाइकल प्राप्त गरेका थिए।[१४][१५][१६] उनी नौ कक्षामा छँदा उनले मोटरसाइकल दौडको एक प्रतियोगितामा सहभागिता जनाएका थिए। हार्डीले सानै उमेरदेखि बास्केटबल खेल पनि खेल्ने गरेका थिए तर मोटरसाइकलबाट लडेर दुर्घटना भएपश्चात् उनको पाखुरामा चोट लागेका कारण उनी बास्केटबल खेल्न असमर्थ बनेका थिए।[१७] उच्च विद्यालयहरूमा उनले फुटबल खेलहरू खेल्ने गरेका थिए भने उनी त्यतिबेला एक अपरिपक्व कुस्ती खेलाडीको रूपमा कुस्ती खेल जीवनको सुरुवात गरेका थिए। फुटबल र कुस्ती प्रति चाख राख्ने हार्डीले अन्ततः फुटबललाई त्यागी कुस्ती रोजेका थिए भने मात्र १५ वर्षको उमेरमा उनी कुस्ती क्षेत्रमा भित्रिसकेका थिए। विद्यालयमा छँदा उनलाई मनपर्ने विषयहरू कला र संयुक्त राज्य अमेरिकाको इतिहास थियो।[१८]

व्यावसायिक कुस्ती खेलजीवन[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् १९९९ मा हार्डी ब्वाइजले पहिलो डब्ल्यूडब्ल्यूएफ ट्याग टिम उपाधि जितेको छोटो समयमा जेफ र उनको प्रेमिमा बेथ ब्रिटको भेट भएको थियो।[१९] हार्डी दाजुभाइ दक्षिणी पाइन्स, उत्तर क्यारोलिनाको एक क्लबका जेफ र बेथको भेट भएको थियो।[२०] सन् २००८ मार्च १५ का दिन हार्डीको घर आग्लागीबाट ध्वस्त भएको सूचना आएको थियो भने त्यससमय हार्डी र उनको प्रेमिका घरमा नभएका कारण हार्डीको कुकुर ज्याकको मृत्यु भएको थियो।[२१] सन् २००८ को अक्टोबर महिनामा हार्डीले सोही स्थानमा घर बनाएका थियो भने घर निर्माणको काम सन् २००९ को जनवरीमा समाप्त भएको थियो।[२२] सन् २०१० को अगस्टमा हार्डीले उनको प्रेमिका गर्भवती भएको घोषणा गरेका थिए भने सन् २०१० अक्टोबर १९ का दिन दम्पतीको पहिरो सन्तानको रूपमा रुबी क्लेयरको जन्म भएको थियो।[२३] सन् २०१५ डिसेम्बर ३१ का दिन दम्पतीको दोस्रो सन्तानको रूपमा छोरी निरा हार्डीको जन्म भएको थियो।[२४][२५][२६][२७] सन् २०११ मार्च ९ का दिन हार्डीले ब्रिटसँग विवहा गरेका थिए।[२८][२९]

अन्य सञ्चार माध्यमहरू[सम्पादन गर्नुहोस्]

हार्डी पहिलोपटक सन् १९९९ फेब्रुअरी ७ का दिन दयाट सेभेन्टिज सोज नामक एक कार्यक्रममा दाजु म्याट हार्डीको सथमा उपस्थित भएका थिए।[३०][३१] त्यसपछि म्याट र जेफ सन् २००१ को सुरुवाती महिनामा टफ इनफ नामक एक कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।[३२] सन् २००२ फेब्रुअरी २५ का दिन उनी द फियर फ्याक्टर नामक एक प्रतियोगितामा केही कुस्ती खेलाडीको साथमा देखा परेका थिए जहाँ उनले अन्य ५ कुस्ती खेलाडी विरुद्ध उक्त प्रतियोगितामा भाग लिएका थिए भने उनी उक्त प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएका थिए।[३३] हार्डीका दाजुभाइ द हार्डी सो नामक एक वेब कार्यक्रममा पनि सहभागी भएका थिए जहाँ उनको साथमा उनका साथहरू उपस्थित रहेका थिए। सन् २००९ को सेप्टेम्बरमा हार्डीले फक्स २१ नामक स्टुडियोसँगको सम्झौता पत्रमा हस्ताक्षर गर्दै एक वास्तविक टेलिभिजन कार्यक्रममा देखा परेका थिए।[३४] सन् २००१ मा हार्डी सहकर्मी लिटासँग रोलिङ स्टोन पत्रिकाको सन् २००१ हल अफ फेममा देखा परेका थिए। सन् २००३ मा म्याट र जेफले मिसेल क्रुगमेनको सहायतामा उनीहरूद्वारा रचित आत्मकथा सार्वजनिक गरेका थिए जुन पुस्तकको नाम द हार्डी ब्वाइज: एक्जिट २ इन्पायर रहेको थियो। [३५]

डब्ल्यूडब्ल्यूईको एक अंशको रूपमा, हार्डी डब्ल्यूडब्ल्यूईद्वारा प्रकाशित द हार्डी ब्वाइज: लिप अफ फेट (सन् २००१) र द लेडर म्याच (सन् २००७) नामक छोटो दस्तावेजमा देखा परेका थिए।[३६] टोटल नन स्टप एक्सेल रेस्लिङद्वारा प्रकाशित एनिग्मा: ल बेस्ट अफ जेफ हार्डी (सन् २००५) र प्रो रेस्लिङ्स अल्टिमेट इन्साइडर : द हार्डी ब्वाइज - प्रफ द ब्याकयार्ड टु द बिग टाइम (सन् २००५) मा पनि प्रस्तुत भएका थिए।[३७] सन् २००८ अप्रिल २९ का दिन डब्ल्यूडब्ल्यूईले "टुइस्ट अफ फेट": द म्याट एन्ड जेफ हार्डी स्टोन प्रकाशन गरेको थियो। जहाँ हार्डी दाजुभाइ ओमेगा रेस्लिङ र डब्ल्यूडब्ल्यूईमा खेलेका केही उत्कृष्ट खेलहरू समावेश थिए।[३८][३९] सन् २००९ मा डब्ल्यूडब्ल्यूईले जेफ हार्डी: माई लाइफ, माई रूल नामक एक डिभिडी सार्वजनिक गरेको थियो। सन् २०११ मा हार्डी डब्ल्यूडब्ल्यूईबाट टिएनएमा सरुवा भएपछि सन् २०१२ मा टोटल नन स्टप एक्सन रेस्लिङले एनिग्मा: द बेस्ट अफ जेफ हार्डीको दोस्रो संस्करण सार्वजनिक गरेको थियो।[३८] सन् २०१५ मा टोटल नन स्टफ एक्सन रेस्लिङले द बेस्ट अफ जेफ हार्डीको तेस्रो संस्करण सार्वजनिक गरेको थियो जहाँ उनीद्वारा खेलिएको केही उत्कृष्ट खेलहरू देखाइएको थियो।[४०]

भिडिओ खेलहरू[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक टिप्पणी
सन्।१९९९ डब्ल्युडब्ल्युएफ रेसलमेनिया २००० पहिलो भिडिओ खेल
सन् २००० डब्ल्युडब्ल्युई स्म्याकडाउन![४१]
डब्ल्युडब्ल्युएफ रोयल रम्बल
डब्ल्युडब्ल्युएफ नो मर्सी[४२][४३]
डब्ल्युडब्ल्युएफ स्म्याकडाउन! २: नो योर रोल
सन् २००१ डब्ल्युडब्ल्युएफ रोड टु रेसलमेनिया
डब्ल्युडब्ल्युएफ स्म्याकडाउन! जस्ट ब्रिङ इट
सन् २००२ डब्ल्युडब्ल्युएफ र
डब्ल्युडब्ल्युई रेसलमनिया १८
डब्ल्युडब्ल्युई स्म्याकडाउन! सट योर माउथ
सन् २००३ डब्ल्युडब्ल्युई क्रस आवर
सन् २००७ डब्ल्युडब्ल्युई स्म्याकडाउन भर्सेस र २००८
सन् २००८ डब्ल्युडब्ल्युई स्म्याकडाउन भर्सेस र २००९
सन् २००९ डब्ल्युडब्ल्युई स्म्याकडाउन भर्सेस र २००९
सन् २०११ टिएनए रेस्लिङ इम्प्याक्ट!
सन् २०१४ डब्ल्युडब्ल्यूई सुपरकार्ड
सन् २०१६ डब्ल्युडब्ल्युई च्याम्पियन्स
सन् २०१७ डब्ल्युडब्ल्युई २के१८
डब्ल्युडब्ल्युई मेह्याम
सन् २०१८ डब्ल्युडब्ल्युई २के१९[४४]
सन् २०१९ डब्ल्युडब्ल्युई २के२०

उपाधि र उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "Jeff Hardy", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अक्टोबर ८, २००७ 
  2. "TNA Wrestling profile", Total Nonstop Action Wrestling, मूलबाट मे १७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १०, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मे १७, २०११ मिति
  3. "7/21 Moore's TNA Impact Wrestling Review", ProWrestling.net, जुलाई २२, २०१६, अन्तिम पहुँच जुलाई २६, २०१६ 
  4. Bath, Dave (डिसेम्बर १५, २०१६), "TNA Impact Wrestling Results: Total Nonstop Deletion", Wrestling Observer Newsletter, अन्तिम पहुँच मे १५, २०१९ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ "Jeff Hardy bio", World Wrestling Entertainment, मूलबाट अगस्ट २७, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २५, २००८ 
  6. WWE (मार्च २७, २०१३), Razor Ramon vs. Jeff Hardy: Raw, June 6, 1994, अन्तिम पहुँच अप्रिल ४, २०१७ 
  7. "The Blu Brothers vs. Wildo and Ingus Jynx: Superstars, 1995", अन्तिम पहुँच मे १५, २०१९ 
  8. ८.० ८.१ "Jeff Hardy Bio", WWE। 
  9. "Slammiversary 2004: AJ Styles vs. Jeff Hardy", Impact Wrestling, मे १९, २००८, अन्तिम पहुँच मे २९, २०२० 
  10. "Online World of Wrestling: Jeff Hardy", Online World of Wrestling, अन्तिम पहुँच अक्टोबर ८, २००७ 
  11. Varsallone, Jim (डिसेम्बर १९९९), "Flying to the top: the Hardy Boyz used hard work, dedication, and passion to become a premier WWF tag team", Wrestling Digest, मूलबाट सेप्टेम्बर ३, २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २००७ 
  12. "The Hardy Boyz", The New York Times, अप्रिल ६, २००३। 
  13. Hardy, Matt (फेब्रुअरी २, २००७), "My first official blog thingy... "Who Am I?"", MySpace, मूलबाट सेप्टेम्बर २८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १७, २००७ 
  14. Baines, Tim (अप्रिल २०, २००३), "Rumours 'suck' for Jeff Hardy", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २८, २००८ 
  15. Hardy, Hardy, and Krugman: p. 7.
  16. "Jeff Hardy", Jeff Hardy, Jeff Hardy, जुन ३०, २०१९, अन्तिम पहुँच जुन ३०, २०१९ 
  17. Hardy, Hardy, and Krugman: p. 45.
  18. Hardy, Hardy, and Krugman: p. 9.
  19. ZeiglerPersonal tools डब्ल्युडब्ल्युई (अक्टोबर ११, २००७), "Jeff Hardy's roots" 
  20. Hardy, Hardy, and Krugman: p. 130.
  21. Hardy, Hardy, and Krugman: p. 131.
  22. Hardy, Hardy, and Krugman: p. 18.
  23. Hardy, Hardy, and Krugman: p. 102.
  24. Gerweck, Steve (अगस्ट ७, २०१०), "Video: Jeff Hardy says he is an expecting father", WrestleView, मूलबाट सेप्टेम्बर २५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ७, २०१० 
  25. "Instagram", अन्तिम पहुँच जनवरी १९, २०१६ 
  26. Gerweck, Steve (अक्टोबर २८, २०१०), "Jeff Hardy is a new daddy", WrestleView, मूलबाट अक्टोबर ३१, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१० 
  27. Meltzer, Dave (नोभेम्बर ८, २०१०), "Wrestling Observer Newsletter Nov. 8th 2010", Wrestling Observer Newsletter (Campbell, CA): ४१, आइएसएसएन 1083-9593 
  28. Martin, Adam (मार्च १०, २०११), "TNA star marries long-time girlfriend", WrestleView, मूलबाट मार्च १३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १०, २०११ 
  29. Giri, Raj (अक्टोबर १, २०१६), "Jeff Hardy creates JeffyHarybrand.com store", अन्तिम पहुँच अक्टोबर १, २०१६ 
  30. "That Wrestling Show", That 70's Central, मूलबाट फेब्रुअरी १, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ५, २००८, "Jeff HARDY as Wrestler #2 (uncredited)"  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १, २००८ मिति
  31. Hardy, Hardy, and Krugman: p. 93.
  32. Hardy, Hardy, and Krugman: pp 187–188.
  33. Hardy, Hardy, and Krugman: pp 227–229.
  34. "The Hardy Show Season 2 starring Matt & Jeff Hardy (2006)", अन्तिम पहुँच मार्च २३, २००८ 
  35. Martin, Adam (सेप्टेम्बर ३, २००९), "Jeff Hardy signs deal for reality show", WrestleView, अन्तिम पहुँच सेप्टेम्बर ५, २००९ 
  36. "World Wrestling Federation Superstar Lita Holds Signing at WWF NY For New Home Video", Business Wire, जुलाई १६, २००१, मूलबाट डिसेम्बर ६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २००८ 
  37. Kamchen, Richard (मे २८, २००८), "Retro review: Hardy Boyz memoir surprisingly inspirational", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८  = Archive.today अभिलेखिकरण जुलाई १४, २०१२ मिति
  38. ३८.० ३८.१ Waldman, Jon (मे २९, २००८), "Twist of Fate DVD takes split look at Hardyz", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८  = Archive.today अभिलेखिकरण डिसेम्बर ६, २०१२ मिति
  39. Waldman, Jon (नोभेम्बर ८, २००१), "Hardys video an extreme letdown", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८  = Archive.today अभिलेखिकरण जुलाई १७, २०१२ मिति
  40. "Jeff Hardy My Life My Rules DVD", World Wrestling Entertainment, नोभेम्बर ३०, २००९। 
  41. Staff, I. G. N. (जनवरी १४, २०००), "The Official WWF Smackdown Roster", IGN (अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर १९, २०१७ 
  42. "WWF No Mercy Characters – Giant Bomb", Giant Bomb (अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर १९, २०१७ 
  43. "WWF WrestleMania 2000 Characters – Giant Bomb", Giant Bomb (अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर १९, २०१७ 
  44. "WWE 2K18 Will Add The Hardy Boyz As DLC", Game Rant (अङ्ग्रेजीमा), सेप्टेम्बर २७, २०१७, अन्तिम पहुँच डिसेम्बर १९, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]