सामग्रीमा जानुहोस्

जेभियर पेरेज दे क्वेयार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेभियर पेरेज दे क्वेयार
सन् १९८२ मा जेभियर
संयुक्त राष्ट्रसङ्घका पाँचौँ महासचिव
कार्यकाल
१ जनवरी १९८२ – ३१ डिसेम्बर १९९१
पूर्वाधिकारीकुर्त भाल्डहाइम
उतराधिकारीबुतरोस बुतरोस घाली
पेरूको प्रधानमन्त्री
कार्यकाल
२२ नोभेम्बर २००० – २८ जुलाई २००१
राष्ट्रपतिभालेन्तिन पानियाग्वा
पूर्वाधिकारीफेद्रिको सालस
उतराधिकारीरोबेर्तो दान्यिनो
विदेश मन्त्री
कार्यकाल
२२ नोभेम्बर २००० – २८ जुलाई २००१
प्रधानमन्त्रीस्वयं
पूर्वाधिकारीफेर्नान्दो दे त्राजेग्निस
उतराधिकारीदिएगो गार्सिया-सायान
पेरूको राजदूत
सन् १९६४–१९६६स्विट्जरल्यान्डका लागि पेरूका राजदूतहरू
सन् १९६९–१९७१सोभियत सङ्घका लागि पेरूका राजदूत
सन् १९७७–१९७९भेनेजुएलाका लागि पेरूका राजदूत
सन् २००१–२००४फ्रान्सका लागि पेरूका राजदूत
व्यक्तिगत विवरण
जन्म
जेभिएर फेलिपे रिकार्दो पेरेस दे क्वेयार गेर्रा

(१९२०-०१-१९)१९ जनवरी १९२०
लिमा, पेरू
मृत्यु४ मार्च २०२०(2020-03-04) (उमेर १००)
लिमा, पेरू
राजनीतिक दलपेरू सङ्घ उनियन पोर एल पेरू (सन् १९९४ देखि)
जीवनसाथीहरू
इभेत रोबेर्त-देरिकु
(
वि १९४७; सवि १९७५)
मार्सेला तेम्पेल सेमिनारियो
(
वि १९७५; मृत्यु २०१३)
सन्तान२ (रोबेर्त-देरिकुबाट)
मातृ शिक्षाप्रतिष्ठानपोन्तिफिसिया उनिभेर्सिदाद कातोलिका देल पेरू
पेशा
  • कूटनीतिज्ञ
  • राजनीतिज्ञ
हस्ताक्षर

जेभिएर फेलिपे रिकार्दो पेरेस दे क्वेयार गेर्रा (स्पेनी: Javier Felipe Ricardo Pérez de Cuéllar y de la Guerra, १९ जनवरी १९२० – ४ मार्च २०२०) पेरूका राजनीतिज्ञ तथा कूटनीतिज्ञ थिए। उनी सन् १९८२ देखि १९९१ सम्म संयुक्त राष्ट्र सङ्घका पाँचौँ महासचिवको रूपमा कार्यरत थिए। सन् १९९५ मा पेरूको राष्ट्रपतीय निर्वाचनमा अल्बेर्तो फुजिमुरीसँग पराजित बनेका उनीले सन् २००० को नोभेम्बर देखि २००१ जुलाईसम्म पेरूका १३७औँ प्रधानमन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। सन् २००४ को सेप्टेम्बरमा उनी फ्रान्सका लागि पेरूका राजदूतको रूपमा नियुक्त भएका थिए जहाँ उनले पहिलेनै यो जिम्मेवारी सम्हालेका थिए। उनी विश्वव्यापी लोकतन्त्रलाई सुदृढ बनाउने उद्देश्यका साथ विश्वका १०० भन्दा बढी पूर्व राष्ट्रपति र प्रधानमन्त्रीहरूको गठन गरि बनेको समूह 'क्लुब दे माद्रिद'का सदस्य पनि थिए, सन् २०२० मार्च ४ का दिन निधन हुनु अघि, उनी १०० वर्ष ४५ दिनको उमेरमा पेरूका सबैभन्दा वृद्ध प्रधानमन्त्री र संयुक्त राष्ट्रको महासचिवको रूपमा जीवित थिए।

कुटनैतिक यात्रा

[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र महासचिव

[सम्पादन गर्नुहोस्]

सन् १९८२ मा पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासचिव बनेका जेभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए। आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरू गरेका थिए।

फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका जेभियरले नामिबियाको स्वतन्त्रतताका लागि पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। सन् १९८८ मा भएको इराक–इरानबीचको युद्ध विराममा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो। सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अङ्गोलामा खटिएका राष्ट्रसङ्घीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]