जेसी जे
जेसी जे | |
|---|---|
सन् २०२२ मा जेसी जे | |
| जन्म | जेसिका एलेन कर्निस २७ मार्च १९८८ चाडवेल हिथ, लन्डन, इङ्ल्यान्ड |
| पेशा |
|
| कार्यकाल | २००५–वर्तमान |
कार्य | |
| सन्तान | १ |
| पुरस्कार | पूर्ण सूची |
| साङ्गीतिक जीवन | |
| विधा | |
| वाद्ययन्त्र |
|
| लेबल | |
| वेबसाइट | jessiejofficial |
जेसिका एलेन कर्निस (जन्म: २७ मार्च १९८८), जो व्यावसायिक रूपमा जेसी जे को नामले चिनिन्छिन्, एक बेलायती गायिका र गीतकार हुन्। रिपब्लिक रेकर्ड्ससँग आबद्ध भएपछि जेसी जेले आफ्नो पहिलो एकल गीत "डु इट लाइक अ ड्युड"बाट चर्चा कमाएकी थिइन्, जुन बेलायती सिङ्गल्स चार्टमा दोस्रो स्थानमा पर्न सफल भएको थियो। उनको अर्को गीत "प्राइस ट्याग" अन्तर्राष्ट्रिय स्तरमा सफल भएको थियो र संयुक्त अधिराज्य सहित १९ वटा देशहरूको चार्टमा शीर्ष स्थान हासिल गरेको थियो। यसपछि उनको पहिलो एल्बम हु यू आर (सन् २०११) सार्वजनिक भएको थियो, जुन संयुक्त अधिराज्यको चार्टमा दोस्रो स्थानमा रहन सफल भएको थियो। यस एल्बमका अन्य गीतहरू जस्तै "नोबडिज पर्फेक्ट", "हु यु आर", "डोमिनो" र "लेजरलाइट" सबै शीर्ष १० मा पर्न सफल भएका थिए। योसँगै जेसी जे एउटै स्टुडियो एल्बमबाट ६ वटा शीर्ष १० गीतहरू दिने पहिलो बेलायती महिला कलाकार बनेकी थिइन्।[३]
जेसी जेको दोस्रो एल्बम अलाइभ (सन् २०१३) बेलायती एल्बम्स चार्टको शीर्ष पाँचमा पर्न सफल भएको थियो, जसमा "वाइल्ड" र "इट्स माई पार्टी" जस्ता चर्चित गीतहरू समावेश थिए। उनको तेस्रो एल्बम स्विट टकर (सन् २०१४) सार्वजनिक हुनुअघि "ब्याङ ब्याङ" गीत सार्वजनिक भएको थियो, जुन बेलायतमा शीर्ष स्थानमा पुग्दै विश्वभर लोकप्रिय बनेको थियो। यो एल्बम संयुक्त अधिराज्यमा शीर्ष पाँच र अमेरिकाको बिलबोर्ड २०० मा १०औँ स्थानमा पुग्न सफल भएको थियो, जुन उनको अमेरिकामा सबैभन्दा उच्च स्थान हासिल गर्ने एल्बम हो। सन् २०१५ सम्ममा जेसी जेले विश्वभर २ करोड भन्दा बढी एकल गीत र ३० लाख एल्बमहरू बिक्री गरिसकेकी थिइन्।[४] सन् २०१८ मा उनले आफ्नो चार भागको चौथो एल्बम रोजे र त्यसपछि क्रिसमस एल्बम दिस क्रिसमस डे सार्वजनिक गरेकी थिइन्।
विभिन्न प्रभावहरूलाई उद्धृत गर्दै, जेसी जेलाई उनको अपरम्परागत सङ्गीत र प्रस्तुति शैलीका लागि चिनिन्छ, जसमा सोल गायकीलाई समकालीन आर एन्ड बी, इलेक्ट्रोपप र हिप-हप बिट्ससँग मिश्रण गरिएको हुन्छ। उनले सन् २०११ को क्रिटिक्स च्वाइस ब्रिट अवार्ड र बीबीसीको 'साउन्ड अफ २०११' सहित विभिन्न सम्मानहरू प्राप्त गरेकी छिन्। जेसी जेले विभिन्न परोपकारी कार्यहरूमा सहयोग गर्दै आएकी छिन् र उनी बेलायती परोपकारी टेलिथोनहरू बीबीसी चिल्ड्रेन इन निड र कमिक रिलिफमा पनि देखा परेकी छिन्। उनले गायन प्रतियोगिता कार्यक्रम द भोइस युके (सन् २०१२–२०१३), द भोइस अस्ट्रेलिया (सन् २०१५–२०१६) र द भोइस किड्स युके (सन् २०१९) मा प्रशिक्षकको रूपमा सेवा गरिसकेकी छिन्। सन् २०१८ मा जेसी जेले व्यावसायिक गायकहरूको लागि चिनियाँ टेलिभिजन प्रतियोगिता सिङ्गर को छैटौँ संस्करण जितेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Wolfson, Sam (१६ फेब्रुअरी २०१८), "Why Jessie J's bid to win a Chinese talent show is the best career move she's ever made", The Guardian, मूलबाट १० नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अक्टोबर २०२१।
- ↑ Rudden, Liam (२० फेब्रुअरी २०१३), "Jessie J playing Edinburgh Castle in July", The Scotsman, अन्तिम पहुँच २५ जनवरी २०२४।
- ↑ Dibdin, Emma (२३ अप्रिल २०१२), "Jessie J is first UK female to achieve six Top 10 singles from one album", Digital Spy, अन्तिम पहुँच ५ जुन २०१२।
- ↑ "Jessie J joins The Voice in 2015". AAP 14 January 2015