जेसी नेलसन
जेसी नेलसन | |
|---|---|
सन् २०१७ मा नेल्सन | |
| जन्म | जेसिका लुइस नेल्सन १४ जुन १९९१ रम्फोर्ड, लन्डन, इङ्ल्यान्ड |
| पेशा | गायिका |
| कार्यकाल | सन् २०११–हाल |
| समकक्षी | जायोन फोस्टर (सन् २०२२–२०२६) |
| सन्तान | २ |
| साङ्गीतिक जीवन | |
| विधा | |
| लेबल | |
| वेबसाइट | jesynelsonofficial |
जेसिका लुई नेलसन (अङ्ग्रेजी: Jesy Nelson, जन्म; सन् १९९१ जुन १४) एक बेलायती गायिका हुन्। उनी २०११ मा द एक्स फ्याक्टरको आठौँ शृङ्खलाको क्रममा गठन भएको महिला साङ्गीतिक समूह लिटिल मिक्सको सदस्यको रूपमा चर्चित भएकी थिइन्। लिटिल मिक्सद्वारा सार्वजनिक गरिएका गीतहरू मध्ये बेलायती एकल सङ्गीत तालिका मा १७ वटा गीतहरू शीर्ष १० मा पुगेका थिए भने ५ वटा गीतहरूले तालिकाको शीर्ष स्थान हासिल गरेका थिए।
सन् २०१९ मा नेलसनले जेसी नेलसन: अड वन आउट नामक एक वृत्तचित्र बीबीसी वन मार्फत सार्वजनिक गरेकी थिइन् जुन उनको शारीरिक बनावट, मानसिक स्वास्थ्य र अनलाइन उत्पीडिनसँगको सङ्घर्षमा केन्द्रित थियो।[१] यसले २५औँ राष्ट्रिय टेलिभिजन पुरस्कार मा 'फ्याक्चुअल इन्टरटेनमेन्ट पुरस्कार' र वर्षको उत्कृष्ट वृत्तचित्रका लागि भिजनरी अनर पुरस्कार प्राप्त गरेको थियो। सन् २०२० को डिसेम्बरमा लिटिल मिक्सबाट उनको बहिर्गमन बेलायती सञ्चारमाध्यमको कडा निगरानीको विषय बनेको थियो। सन् २०२१ को अक्टोबर महिनामा उनले र्यापर निकी मिनाजसँगको सहकार्यमा आफ्नो पहिलो एकल गीत "ब्वाइज" सार्वजनिक गरेकी थिइन् जसले नकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। यस गीत बेलायती एकल सङ्गीत तालिकामा चौथो स्थानसम्म उक्लिएको थियो। सन् २०२३ को अप्रिलमा उनले आफ्नो अर्को एकल गीत "ब्याड थिङ्स" सार्वजनिक गरेकी थिइन्।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]जेसिका लुई नेल्सनको[२] को जन्म सन् १९९१ जुन १४ का दिन[३]पूर्वी लन्डनको रम्फोर्डमा भएको थियो।[४] उनका बुबा जोन नेल्सन एक व्यवसायी र आमा जेनिस नेल्सन एक प्रहरी सामुदायिक सहायता अधिकारी थिए। उनी पाँच वर्षको हुँदा उनका आमाबुबाको सम्बन्ध विच्छेद भएको थियो। उनी आफ्ना चार दाजुभाइ दिदीबहिनीमध्ये साँहिली सन्तान हुन्। उनकी एक ठूली दिदी जेड, एक ठूला दाइ जोनाथन र एक कान्छा भाइ जोसेफ छन्।[५][६]
नेल्सनले लन्डनको हर्नचर्च स्थित जो रिचर्डसन सामुदायिक विद्यालय र एब्स क्रस एकेडेमी एन्ड आर्ट्स कलेजमा अध्ययन गरेकी थिइन्।[७] उनले सिल्भिया योङ र इभोन रोड्स जस्ता नाट्यशाला विद्यालयमा पनि अध्ययन गरेकी थिइन्।[८] द एक्स फ्याक्टर को लागि अडिसन दिनु अघि नेल्सनले डेगनह्यामको एक होटलमा काम गरेकी थिइन्।[९] सन् २०२० मा नेल्सनले अबाउट अ बोय (सन् २००२) र ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर (सन् २००५) मा संवादविहीन भूमिकाहरूमा अभिनय गरेको कुरा बताएकी थिइन्।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Martalti, Moon (१५ सेप्टेम्बर २०१९), "JESY NELSON DENUNCIA EL CIBERBULLYING EN EL DOCUMENTAL MÁS PERSONAL, «ODD ONE OUT»", Why Not Magazine, अन्तिम पहुँच १७ मे २०२०।
- ↑ "Names of Little Mix", Maximum Pop!, मूलबाट २२ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१५। अभिलेखिकरण २२ फेब्रुअरी २०१७ वेब्याक मेसिन
- ↑ "Little Mix Glam Up As They Hit The Town For Jesy's 21st Birthday (PICS)", Huffington Post, १५ जुन २०१२, मूलबाट १८ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१२।
- ↑ "Jesy Nelson Songs, Albums, Reviews, Bio & More", AllMusic (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ अगस्ट २०२२।
- ↑ Ali, Safira (१२ डिसेम्बर २०११), "Romford's Jesy Nelson has made history by winning X Factor with Little Mix", Romford Recorder, मूलबाट ११ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०११। अभिलेखिकरण ११ जुन २०१२ वेब्याक मेसिन
- ↑ "Jesy Nelson", मूलबाट २६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०११।
- ↑ Ali, Safira (१२ डिसेम्बर २०११), "Romford's Jesy Nelson has made history by winning X Factor with Little Mix", Romford Recorder, मूलबाट ११ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५। अभिलेखिकरण ११ जुन २०१२ वेब्याक मेसिन
- ↑ "Rita Ora was a theatre school rebel", Music News, १४ अगस्ट २०१६, मूलबाट ८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०२०।
- ↑ "Jesy Nelson: Odd One Out review – a modern fairytale in reverse", The Guardian, मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०२०।
- ↑ "Jesy Nelson reveals she was secretly in Harry Potter and About A Boy!", Hello! (magazine), मूलबाट १८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट

- इन्टरनेट चलचित्र डेटाबेसमा जेसी नेलसन
- जेसी नेलसन अल म्युजिकमा
- जेसी नेलसनडिसकोग्समा साङ्गीतिक कार्यहरू
- जेसी नेलसन म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू