जैसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जैसी नेपालमा बसोवास गर्ने एक प्रकारको थर हो। यस थरका व्यक्तिहरू ब्राम्हण हुन्छन । यो नेपालका हिन्दू धर्मावलम्बीहरूको ब्राम्हण संप्रदाय अन्तर्गत पर्ने एक जाती हो।

विभिन्न किम्बदन्तिहरू[सम्पादन गर्ने]

खासगरी खस आर्यन सम्प्रदायमा यो थर भएका व्यक्तिहरु परम्परागत रुपमा हिन्दु धर्मावलम्बी सदाचारी ज्योतिष पेशा अंगालेका विद्वान ब्राम्हण हुने भएता पनि हाल विभिन्न धर्मावलम्बी हुन सक्दछन् । विश्वामित्र क्षत्रीयबाट ब्राम्हण भएको हाम्रा शास्त्रको प्रमाण तथा नेपालको इतिहास एवं हिन्दु धर्मको वर्ण व्यवस्थाको आधारमा जातको व्यवस्था गरिएको प्रशस्त उदाहरणहरू पाइन्छन् । त्यसैगरी मध्यकालमा जैसी पद प्राप्तिका लागि ठूलो विद्वत्ता हुनु पर्ने तथा दरवारमा समेत विद्वानको लागि जैसी कोठाको व्यवस्था भएको तथा काठमाडौंको बसन्तपुरनजीक जैसीदेवलको समेत निर्माणा भएको पाइन्छ । यसैले सायद जैसी पद प्राचीन नेपालमा धेरै प्रतिष्ठीत पदको रुपमा रहेको हुनाले नै देवलको नाम राखिनु तथा दरवारमा समेत कोठाको व्यवस्था हुनु आवश्यक ठानिएको थियो। हालसमेत नेपालमा बसोवास गर्ने खस सम्प्रादयका तिनै जैसीका सन्तानहरुले एक पैत्रीक थरको रुपमा जैसी थर प्रयोग गर्ने गरेको प्रचलनमा रहेको छ ।

जैसी थरको उत्पत्ती बारे[सम्पादन गर्ने]

पश्चिम नेपालमा जैसीहरूलाई वेद पढ्ने तथा होमनादी क्रिया गराउनका साथै यजमानहरूलाई पूजापाठ गराउन बाट बञ्चित गराईन्छ किन भने यिनिहरू माथिल्लो स्थरका ब्राहमणहरूबाट तल खसेको मानिन्छ । यसरी तल खस्नुका धेरै कारणहरू भएपनि कुनै पनि ब्राह्मणले ब्राह्मत्व (ब्राहमणहरूले पालना गर्नु पर्ने विशेष नियमहरू) छोडेर भ्रष्ट भएमा त्यसबाट जन्मिने सन्तानहरूका पिँढी सबै "जैसी" भनिन्छन् । उपाध्याय ब्राहमणले जैसीकी छोरी बिवाह गरि सन्तान जन्माएमा तथा उपाध्याय ब्राहमण मर्न गइ ति बिधुवा ब्राह्मणीले अर्को ब्राह्मणसँग बिवाह गरी सन्तान जन्माएमा तिनीहरूका पिँढी सबै जैसी हुन्छन् । [१] जैसीहरूले ब्राहमणबाट भ्रष्ट भएकाले तिनीहरूलाई ब्रामणको भान्छाबाट पर सारिनुका साथै तिनलाई वेद पढ्नबाट रोक लगाइन्छ प्राय: ब्राहमणहरू पूजापाठबाट नै आफ्नो जिविकोपार्जन गर्ने र ब्राहमणहरू गोरू नजोत्ने चलन रहेको पाईन्छ तर जैसी भै सके पछि जिविकोपार्जनका लागी खेती गर्नु पर्ने भएकाले हलो जोत्छन् । पूजा पाठ गराउनबाट पर सारिए पनि जैसी हरू ज्योतिषको काम भने अपनाउन सक्छन् । "जैसी" ज्योतिष अथवा "जोशी" शब्दको प्रायवाची शब्द हो भन्दा पनि फरक पर्दैन । प्राचिन तथा मध्यकालमा ज्योतिषीको पेसा अपनाउने यी जैसीहरू हाल आएर आफ्नो जिवीकोपार्नका लागी अन्य पेसा पनि अपनाएका छन् । पहिले ब्रह्मत्व त्यागेमा जैसी हुने प्रथा थियो त्यसैले यि जुन साखाबाट उत्पन्न भए पनि जैसी भनिन्थे भने हाल आएर धेरै जसोले जैसी थर नलेखेर जुन शाखाबाट उत्पन्न भएका हुन् त्यही शाखाको थर प्रयोग गर्छन । जस्तै :- आचार्य, न्यौपाने, प्याकुरेल, रिजाल, तिवारी आदी आफ्नो पैतृक थर प्रयोग गर्दछन् । यसका साथै पश्चिम नेपालमा ब्राह्मणहरूले जैसीको छोरी विवाहा गरेमा त्यसबाट जन्मिएका सन्तानहरू जैसी भए झैं अन्य अन्तरजातिय विवाह गरेर जन्मेका सन्तानहरूका थर यस प्रकारका रहने प्रथा थियो । ब्राह्मणले ठकुरीको छोरी विवाह गरेमा त्यसबाट जन्मेका संतानहरूलाई हमाल ठकुरी भनिन्थ्यो । त्यस्तै ब्राह्मणले थापा, बिष्ट, महतारा, बोहरा आदी क्षेत्रीहरूको छोरी विवाह गरेमा त्यसबाट जन्मिएका सन्तानहरूलाई खत्री (के.सी.) भनिन्थ्यो । बाहुनको जात गामनसँग खस्छ भन्ने पश्चिम नेपालमा अँझै पनि एक उखान विद्यमान रहेको छ । गुन्युँलाई पश्चिम नेपालको भाषामा गामन भनिन्छ । माथिको उखानको अर्थ बाहुनको जातले अन्तरजातिय महिला विवाह गरेमा खस्छ भन्ने बुझिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. पश्चिम नेपालका जैसीहरूको भनाइ

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]