जोएचिम लो
![]() लो सन् २०१८ मा जर्मन फुटबलको टिमको म्यानेजर | ||||||||||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म मिति | ३ फेब्रुअरी १९६० | |||||||||||||||||||||||
जन्म स्थान | Schönau, वेस्ट जर्मनी | |||||||||||||||||||||||
उचाई | १.८२ मि | |||||||||||||||||||||||
खेल्ने स्थान | एट्याकिङ मिडफिल्डर | |||||||||||||||||||||||
क्लबको विवरण | ||||||||||||||||||||||||
हालको क्लब | जर्मनी (म्यानेजर) | |||||||||||||||||||||||
युवा क्लब | ||||||||||||||||||||||||
TuS Schönau 1896 | ||||||||||||||||||||||||
FC Schönau | ||||||||||||||||||||||||
Eintracht Freiburg | ||||||||||||||||||||||||
वरिष्ठ क्लब* | ||||||||||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | |||||||||||||||||||||
१९७८–१९८० | SC Freiburg | ७१ | (१८) | |||||||||||||||||||||
१९८०–१९८१ | VfB Stuttgart | ४ | (०) | |||||||||||||||||||||
१९८१–१९८२ | Eintracht Frankfurt | २४ | (५) | |||||||||||||||||||||
१९८२–१९८४ | SC Freiburg | ६५ | (२५) | |||||||||||||||||||||
१९८४–१९८५ | Karlsruher SC | २४ | (२) | |||||||||||||||||||||
१९८५–१९८९ | SC Freiburg | ११६ | (३८) | |||||||||||||||||||||
१९८९–१९९२ | FC Schaffhausen | |||||||||||||||||||||||
१९९२–१९९४ | FC Winterthur | |||||||||||||||||||||||
१९९४–१९९५ | FC Frauenfeld | |||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||
१९७९–१९८० | West Germany U21 | ४ | (०) | |||||||||||||||||||||
टोलीको प्रबन्धन | ||||||||||||||||||||||||
१९९४–१९९५ | FC Frauenfeld | |||||||||||||||||||||||
१९९६–१९९८ | VfB Stuttgart | |||||||||||||||||||||||
१९९८–१९९९ | Fenerbahçe | |||||||||||||||||||||||
१९९९–२००० | Karlsruher SC | |||||||||||||||||||||||
२०००–२००१ | Adanaspor | |||||||||||||||||||||||
२००१–२००२ | Tirol Innsbruck | |||||||||||||||||||||||
२००३–२००४ | Austria Wien | |||||||||||||||||||||||
२००४–२००६ | Germany (assistant) | |||||||||||||||||||||||
२००६– | जर्मनी | |||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||
|
जोएचिम लो (जर्मनेली उच्चारण: [ˈjoːaxɪm ˈløːf], जन्म ३ फेब्रुअरी १९६०) पूर्व फुटबल खेलाडी र जर्मनी राष्ट्रिय फुटबल टिमका तत्कालिन प्रशिक्षक पनि हुन् । सन् २०१४ मा जर्मनीलाई ऐतिहाँसिक विश्वकप जिताउने लो ड्युचल्याण्ड फुटबल बन्डका विश्वासिला सावित भइरहेका छन् ।
खेल जीवन[सम्पादन गर्ने]
सन् १९७८ मा लो ले एससी फ्रेइबर्गबाट खेल जीवन सुरू गरे । उनी सो क्लबका सर्वाधिक गोलकर्ता पनि हुन् ।[१] सन् १९८० मा लो ले भी एफ बी स्टुटगार्ट जाने निधो गरे तर आफुलाई त्यहाँ स्थापित गर्न उनलाई धेरै गार्हो भयो । उनले लगत्तै सन् १९८१–८२ को सिजनमा क्लब परिवर्तन गरे र इन्ट्राच्ट फ्रान्कफर्ट तिर हानिए जहाँ २४ खेल खेल्दै ५ गोल गरे । अर्को सिजन उनी फ्रेइबर्ग फर्किहाले । सन् १९८२–८३ मा उनले ३४ खेल खेल्दै ८ गोल गरे भने, सन् १९८३-८४ मा त गोल मेसिन नै सावित हुँदै ३१ खेलमा १७ गोल गरे । कार्लस्रुहर एससी मा उनको आगमन यादगार बन्न सकेन जहाँ २४ खेल खेलेर उनले २ गोल गरे । लगत्तै फ्रेइबर्गका लागि आफुलाई ४ वर्षे अनुबन्धनमा पारेका लो ले आगो नै बाले र ११६ खेलमा ३८ गोल ठोके ।
स्वीजरल्याण्डमा करियर समाप्तिको घोषणा गरेका लो को अन्तिम क्लब एफसी स्काफहाउसेन(१९८९–१९९२) र एफसी विन्टरथर (१९९२–१९९४) को बसाई सामान्य रह्यो । उनी खेलाडी छँदा तत्कालीन पश्चिम जर्मनीको यू-२१ टिमका सदस्य थिए जहाँबाट उनले चार खेल खेलेका थिए ।
प्रशिक्षक जीवन लोले जर्मन प्रशिक्षक जर्गेन क्लिन्सम्यानका सहायकका रूपमा प्रशिक्षक जीवन थालेका थिए । लो को आगमनले जर्मनीले काउन्टर आक्रामणको शैली प्रयोगमा ल्याएको थियो । विश्वकपका दुई महान् खेलाडी पेले र म्याराडोना लोका प्रशंसकमा पर्छन् भने क्रिष्टियानो रोनाल्डो उनले सबैभन्दा बढी कदर गर्ने खेलाडी हुन् । २०१६ को युरोसम्म उनको जागिर सुरक्षित छ ।
१९९५ मा उनी भी एफ बी स्टुटगार्टका प्रशिक्षक रल्फ फ्रिन्जरका सहायक बने । फ्रिन्जरले स्वीस टिमको प्रशिक्षक हुने मौका पाउने बित्तिकै लोलाई अगष्ट १९९६ मा प्रशिक्षकको जिम्मेवारी दिइयो । सन् १९९७ मा स्टुटगार्टले जर्मन कप जित्दा उनी प्रशिक्षक थिए ।
फेनरबेस[सम्पादन गर्ने]
जुलाई १९९८ मा स्टुटगार्ट छाडेर टर्कीको क्लब फेनरबेस पुगेका लो अक्टोबर १९९९ मा कार्लस्रुहर एससीका प्रशिक्षक बने । डिसेम्बर २००० देखि मार्च २००१ सम्म एडान्सपर क्लबमा उनी प्रशिक्षकका रूपमा फर्किए तर त्यहाँ पनि उनले आफ्नो जादु छोड्न सकेनन् ।
टिरोल इन्सब्रक[सम्पादन गर्ने]
अक्टोबर २००१ मा लो टिरोल इन्सब्रकका प्रशिक्षक बने र टोलीलाई २००२ मा अष्ट्रियन च्याम्पियनसिपको उपाधि दिलाए ।
फुटबल बाहिर[सम्पादन गर्ने]
जर्मनीमा उनी प्रमुख कस्मेटिक ब्रान्डको विज्ञापन अभियानमा पनि देखिने गर्छन् तर उनी मिडियाको केन्द्रविन्दुमा विरलै पर्ने गर्छन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Peter Martin (२००४), Sport-Club Freiburg, सम्पादक, Hundert Jahre 90 Minuten: Die Geschichte des SC Freiburg von 1904–2004, Freiburg।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जोएचिम लो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |