सामग्रीमा जानुहोस्

जोकाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोकाही is located in सुदूरपश्चिम प्रदेश
जोकाही
जोकाही (सुदूरपश्चिम प्रदेश)
जोकाही is located in नेपाल
जोकाही
जोकाही (नेपाल)

जोकाही नेपालको सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वार्ड नं ६ अन्तर्गत पर्ने एउटा सानो गाउँ हो।

एकसय जति घरधुरी रहेको यस गाउँको दक्षिणमा जोशीपुर गाउँपालिका रतनपुर गाउँ, त्यसैगरी पूर्वमा पकरिया गाउँ, पश्चिममा काँडा खोला र घोडाघोडी नगरपालिका वार्ड नं ३ स्थित श्री रामजानकी सामुदायिक वन पर्छ । उत्तरमा बर्दगोरिया, ६ सुगरखाल टोल पर्ने गर्दछ ।

जोकाही खोप केन्द्र

यहाँ भूगोल तराई क्षेत्रमा रहेकोले समथर रहेको छ । यहाँ मुख्यतः थारु जातजातिको बाहुल्यता रहेको पाइन्छ । यहाँका व्यक्तिहरूले खासगरी कृषि , पशुपालन पेशामा आबद्ध रहेका छन । यस क्षेत्रमा उत्पादन हुने मुख्य अन्न धान, गहुँ, मकै, तोरीमसुरो रहेकोछ भने फलफूलमा आँप, अम्बा, लिची, अनार, केरा रहेको छ ।