जोखर ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोखर ताल वा जाखोर ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो ताल कैलाली बहुमुखी क्याम्पसको नजिकै १ किलोमिटर (1 KM) पुर्व पट्टि रहेको छ ।

परिचय[सम्पादन गर्नुहोस्]

जोखर ताल
जाखोर ताल
JhokharTal Dhangadi.jpg
रहेको स्थानधनगढी

कैलाली जिल्लाको धनगढी स्थित यो ताल अहिले पर्यटकिय क्षेत्रका रूपमा विकसित बन्दै गइरहेको छ।यो तालको संरक्षण गर्नको लागि स्थानिय सदस्यहरू भएको समिति बनाइएको छ यो समितिले तालको रेखदेख गर्ने र संरक्षण प्रदान गर्ने गर्दछ।यो तालको उत्तर दक्षिण तिर शिव मन्दिर रहेको छ जहाँ शिवरात्रीमा मेला लाग्ने गर्दछ।हजारौको संख्यामा मानिसहरू मेला भर्न आउने गर्छन।जाखोर तालको पर्यटन पर्वर्द्धन गर्नको लागि तालको दक्षिण पश्चिममा प्रवेश मार्ग संगै एउटा उद्वान बन्दैछ जहाँ धेरै थरिका फुल र अन्य बनष्पतिका नमुनाहरू राखिएका छन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यस तालको नजिकै धार्मिक मन्दिर रहेको छ

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]