जोखिम व्यवस्थापन
जोखिम भन्नाले कुनै पनि कार्य सफल नहुने अनिश्चिततालाई जनाउँदछ । जोखिमले संस्थाको उद्देश्य प्राप्तीलाई अवरोध पुर्याउँदछ । जोखिमको दुई मौलिक कुराहरु हुन्छन्, पहिलो जोखिमको सम्भाव्यता (अङ्ग्रेजी: Probability) तथा दोश्रो जोखिमको प्रभाव (अङ्ग्रेजी: Impact) । प्रत्येक जोखिम समान महत्त्व राख्ने हुदैन किनकि जोखिम अनुसार त्यसको सम्भावयता तथा त्यसले पार्ने प्रभाव फरक हुन्छ । गणितीय हिसाबमा जोखिमलाई निम्न शुत्र अनुसार मापन गर्न सकिन्छ ।
जोखिम = (जोखिमको सम्भावयता) x (जोखिमको प्रभाव)
परिभाषा[सम्पादन गर्ने]
जोखिम व्यवस्थापन (अङ्ग्रेजी: Risk Management) भन्नाले संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीहरूले लागु यस्तो प्रक्रियालाई जनाउँदछ, जस अनुसार संस्थाको उद्देश्य प्राप्ती हुने निश्चितताको लागि संस्थाको रणनीति तयार गर्दा तथा सङ्गठन भरी भएका संस्थालाई प्रभाव पार्ने कारोवारहरु पत्ता लगाई त्यसबाट हुने जोखिमलाई संस्थाले बहन गर्न सक्ने जोखिमको तहसम्म व्यवस्थापन गर्दछ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जोखिम व्यवस्थापन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |