जोहो निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोहो निगम प्रालि
व्यवसाय प्रकार
निजी
स्थापितसन् १९९६
स्थापनाकर्ताश्रीधर भेम्बु
टोनी थोमस
केन्द्रीय कार्यालयचेन्नई, तमिलनाडु, भरत
सेवा क्षेत्र
विश्वव्यापी
कर्मचारी सङ्ख्या
९,०००+[१]
वेबसाइटzohocorp.com

जोहो निगम एक भारतीय सफ्टवेयर विकास कम्पनी हो। जोहो निगमको कार्य वेब आधारित व्यापारी उपकरण र सूचना प्रविधिमा केन्द्रित छ जसमा कार्यालय उपकरण सुट, इण्टरनेट सम्बन्धित व्यवस्थापन मञ्च र सूचना प्रविधि व्यवस्थापन सफ्टवेयरहरू समावेश छन्।

कम्पनी सन् १९९६ मा श्रीधर भेम्बु र टोनी थोमसद्वारा प्लिसेण्टन क्यालिफोर्नियामा स्थापना गरिएको थियो भने यसका कार्यलयहरू ७ वटा देशहरूमा छरिएर रहेका छन्। यसको विश्वव्यापी प्रधान कार्यालय भारतको चेन्नईमा अवस्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९९६ देखि २००९ सम्म, यस कम्पनीलाई एड्भेण्ट नेट निगम भनिन्थ्यो। एड्भेण्ट नेटले जून २००१ मा यसको सञ्चालनलाई जापानमा पनि पुर्‍याएको थियो। जोहो सिआरएम सन् २००५ मा सार्वजनिक गरिएको थियो। सन् २००७ मा, जोहोले जोहो डक्स र जोहो मिटिङको सार्वजनिक गरेको थियो। सन् २००८ मा, चलानी तथा डाँक अनुप्रयोगहरूको थप गरेको थियो र सोही वर्षको अगष्ट महिनामा, १० लाख प्रयोगकर्ता समक्ष सेवा पुर्‍याइसकेको दावी गरेको थियो। [२]

सन् २००९ मा, कम्पनीको नाम एड्भेण्ट नेटबाट परिवर्तन गरी जोहो निगममा सारिएको थियो। [३]

कम्पनी अन्य बाहिरी कोष विनानै सुरुवात तथा वृद्धि भएको थियो। यो पूर्ण निजी स्वामित्वमा रहेको कम्पनी हो।[४]

कम्पनीका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्रीधर भेम्बुले सन् २०१६ को एक अन्तरवार्तामा, यस्तो खाले लगानीहरूसँग सम्बन्धित वित्तीयकरणले कम्पनीमा कोष लगानीको प्रतिफलमा अत्यधिक दबाब दिने र कम्पनी केही रकमहरू गुमाउने भएकाले जोहो बाहिरी कोषहरूबाट टाढा रहेको जानकारी दिएका थिए। पहिलो जोहोको सम्मेलन, जोहोलिक्स, सन् २०१२ मा सुरुवात गरिएको थियो।

सन् २००५ देखि प्रत्येक वर्ष, जोहोले थप अनुप्रयोगहरूको सार्वजनिक गर्दै आइरहेको छ र सन् २०१७ मा, जोहोले जोहो वानको सार्वजनिक गरेको थियो।[५]

अवस्थिति[सम्पादन गर्नुहोस्]

जोहोको प्रधान कार्यालय तमिलनाडु राज्यको चेन्नईमा अवस्थित छ।[६] सन् २०१९ सम्ममा, विश्व भरि यसको कार्यालय १२ वटा रहेका छन्। अमेरिकामा यसको कार्यालय क्यालिफोर्निया राज्यमा रहेको छ जसमा सन् २०२१ सम्ममा अष्टिन [५]टेक्ससमा सारिने बताएको थियो।[७] यसको अध्ययन तथा विकास केन्द्र पनि चेन्नईमै अवस्थित छ। जोहोको तमिल नाडु राज्यको तिरूनेलभेली जिल्लाको तेनकासीबाट जोहो डेक्स नाम उत्पादनको विकास तथा सार्वजनिक गरिएको थियो।[८] कम्पनीले चीन, सिङ्गापुर , जापानमा पनि सेवा सञ्चालन गर्दछ। यसको समर्थन सञ्चालन ठूलो भाग चेन्नईमा रहेको यसको कार्यालय मार्फत गरिन्छ।[९][१०] जोहोको क्षेत्रीय कार्यालय आन्ध्र प्रदेशको रेणीगुण्टा अवस्थित छ जहाँबाट यसले उक्त क्षेत्रको सेवा सञ्चालन गर्दछ।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पालियालिल, रासिद (१३ डिसेम्बर २०१८), "Zoho Analytics offers data auto-blending and AI-powered assistance for making smarter business decisions", थमसन रेउटर्स जावया, अन्तिम पहुँच २८ डिसेम्बर २०१८ 
  2. "How Sridhar Vembu's Zoho Corporation changed avatars since its inception in 1996 as AdventNet", द इकोनोमिक टाइम्स, २०११-११-१८, अन्तिम पहुँच २०१९-०८-३० 
  3. अर्काली, हरि चन्दन (६ जुन २०१६), "The Bootstrapped Buddhist: How Sridhar Vembu built Zoho", फोर्ब्स भारत, मूलबाट २१ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१६ 
  4. कुमार, के भारत (२०१६-०५-०८), "The maverick who shuns investors", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०१९-०७-२२ 
  5. ५.० ५.१ "जोहोको बारेमा - हाम्रो कथा, उत्पादनको सूची", Zoho Corporation, अन्तिम पहुँच २८ डिसेम्बर २०१८ 
  6. "Cloud services firm Zoho to shift U.S. headquarters", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), २०१९-०७-१५, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०१९-०७-२२ 
  7. काण्टु, टटोनी (अप्रिल ९, २०१९), "California Software Firm Zoho To Move Headquarters To Austin", प्याच मिडिया, अन्तिम पहुँच अप्रिल १०, २०१९ 
  8. "How Zoho Aims To Put Tenkasi On The Map With Zoho Desk-A Product Built In The Downtown Of Nowhere", इङ्क४२, २२ नोभेम्बर २०१६। 
  9. डि मोण्टे, लेसलि (२४ नोभेम्बर २०१४), "Is Zoho the future of enterprise software?", लाइभ मिण्ट (एचटि मिडिया लिमिटेड), अन्तिम पहुँच ५ अगस्ट २०१५ 
  10. "Zoho Corporation eyes 100 million users of its products in five years", फाइनान्सिएल एक्सप्रेस, ८ अगस्ट २०१५, अन्तिम पहुँच ५ अगस्ट २०१५ 
  11. "Zoho Corporation opens office at Renigunta", द हिन्दु बिजनेस लाइन, १३ जनवरी २०१८।