ज्ञानेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ज्ञानेश्वर काठमाडौं महानगरपालिकाको वडा नम्बर ३३मा पर्ने एक क्षेत्र हो।[१] यस क्षेत्रमा रहेको प्राचीन ज्ञानेश्वर महादेव र भैरवस्थान मन्दिरबाट यस ठाऊँको नामाकरण भएको हो। यो काठमाडौंको मुख्य बसोबास क्षेत्र मध्ये एक हो। यहाँ रहेका मुख्य संस्थाहरूमा नेपालका लागि जर्मनीको राजदुतावास, ग्यालेक्सी पब्लिक विधालय, महेन्द्र भवन विधालय इत्यादि हुन्।

ज्ञानेश्वर स्थित प्रख्यात इन्टरनेशनल प्राथमिक विधालयबाट काठमाडौंका धेरै भागका कैयौं पुस्ताले प्रारम्भिक शिक्षा आरम्भ गरेका थिए। बि. सं. २०६८मा उक्त विधालय बन्द भएको थियो।

फुटबल खेलको लागि लोकप्रीय स्थल सानो गौचरन पनि ज्ञानेश्वरको उत्तरी छेऊमा पर्दछ।

References[सम्पादन गर्ने]