ज्ञान ज्योति युवा क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ज्ञान ज्योति युवा क्लब झापा कनकाई नगरपालिकाका बौद्धिक युवा जमातको एउटा संगठित रुप हो ।

यस क्लबले युवा वर्गमा देखिएको विकृति र विसंगतिलाई उन्मुलन गर्न प्रभावकारी भूमिका खेल्दै समाज सुधार पथमा अग्रसर रहेर उल्लेखनीय कार्य गरेको छ । समाजमा रहेकाबौद्धिक सोच, भावना र भावना भएका युवा, महिला तथा बालबालिकाहरुको संगठित गरी समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सल्लाह अनुसार यस क्लब प्रगथिपथमा लम्की रहेको छ ।

समुन्नत समाजको निर्माणमा रचनात्मक रुपले निश्चित दिसाबोध गराउने, युवा तथा बालबालिकाको अन्तरह्दयमा भएको कलाकौशल, क्षमता तथा दक्षतालाई प्रस्फुटन गरी बृद्धि गर्न सहयोग गर्ने, नेपाल राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रबाट अत्यन्त पछाडि परेका असहाय बालबालिकाको तथा युवाहरुको पक्षमा वकालत गर्ने, सामुहिक आधुनिक कृषि प्रणाली मार्फत युवा तथा कृषकहरुका लागि विविध कार्यक्रम सञ्चालन गर्ने, समुदायमा भएका भौतिक संरचनाको निर्माण संरक्षण तथा सम्बद्र्धन गर्दै समुदायमा रहेका अति विपन्न, अशिक्षित, दलित तथा विभिन्न जात–जाति, भाषा–भाषीको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, खेलकुद तथा वातावरण संरक्षणमा विशेष भुमिका खेल्ने महान उद्देश्य बोकेर २०६७÷१२÷२५ गतेका दिन यस युवा क्लबको स्थापना गरिएको हो ।

यस क्लबका संस्थापक अध्यक्ष सुनिल भेटुवाल हुन् । हाल यस क्लबका अध्यक्ष ज्योतिकुमार उप्रेती रहेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]