सामग्रीमा जानुहोस्

ज्याकलिन केनेडी ओनासिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्याकलिन केनेडी
सन् १९६१ को एक तस्वीरमा ज्याकलिन केनेडी
सन् १९६१ मा केनेडी
संयुक्त राज्य अमेरिकाको प्रथम महिला
कार्यकाल
जनवरी २०, १९६१  नोभेम्बर २२, १९६३
राष्ट्रपतिजोन एफ. केनेडी
पूर्वाधिकारीमामी आइजनहावर
उतराधिकारीलेडी बर्ड जोन्सन
व्यक्तिगत विवरण
जन्मज्याकलिन लि बुभियर
(१९२९-०७-२८)जुलाई २८, १९२९
साउथह्याम्प्टन, न्यु योर्क, अमेरिका
मृत्यु१९ मे १९९४(1994-05-19) (उमेर ६४)
न्युयोर्क सहर, संयुक्त राज्य
चिहानआर्लिङ्गटन राष्ट्रिय चिहान
राजनीतिक दलडेमोक्रेटिक
जीवनसाथी
(
वि १९५३; मृत्यु १९६३)


(
वि १९६८; निधन १९७५)
प्रेमिकामरिस टेम्पेल्सम्यान (सन् १९८०–१९९४)
सन्तान४ ( क्यारोलिन, जोन जुनियरप्याट्रिक सहित)
अभिभावक
Relativesबुभियर परिवार
शिक्षा
भासर कलेज, जर्ज वासिङ्टन विश्वविद्यालय (कला स्नातक)
पेशा
सोसलाइट

पुस्तक सम्पादक पत्रकार

हस्ताक्षर

ज्याकलिन लि केनेडी ओनासिस (जन्मको नाम: बुभियर; जुलाई २८, १९२९ – मे १९, १९९४), दोस्रो विवाहपछि ज्याकी केनेडी वा ज्याकी ओ उपनामले पनि चिनिने, सन् १९६१ देखि १९६३ सम्म जोन एफ. केनेडीकी श्रीमतीको रूपमा संयुक्त राज्य अमेरिकाको प्रथम महिला थिइन्। उनले सांस्कृतिक र बौद्धिक कार्यक्रमहरू आयोजना गरी ह्वाइट हाउसको जीर्णोद्धारको नेतृत्व गरेर सन् १९६० को दशकको फेसनमा "ज्याकी लुक" मार्फत प्रभाव पार्दै प्रथम महिलाको भूमिकालाई पुन: परिभाषित गरेकी थिइन्।

न्युयोर्क स्थित साउथह्याम्पटनको उच्च वर्गीय बुभियर परिवारमा जन्मिएकी बुभियरले भासर कलेजमा इतिहास र कलाको अध्ययन गरी सन् १९५१ मा जर्ज वासिङ्टन विश्वविद्यालयबाट फ्रान्सेली साहित्यमा स्नातक तह पूरा गरेकी थिइन्। त्यसपछि उनले वासिङ्टन टाइम्स-हेरल्डमा एक सोधपुछकर्ता फोटोग्राफरको रूपमा काम गर्न थालेकी थिइन्।[] अर्को वर्ष, उनले वासिङ्टनमा एक रात्रिभोजको क्रममा म्यासेचुसेट्सका तत्कालीन [[साँसद जोन एफ. केनेडीलाई भेटेकी थिइन्। सोही वर्ष केनेडी सिनेटमा निर्वाचित हुन्छन् भने यो जोडीले सन् १९५३ सेप्टेम्बर १२ का दिन मा न्युपोर्ट, रोड आइल्यान्डमा विवाह गरेका थिए। उनीहरूका चार सन्तानहरू जन्मिएका थिए जसमध्ये दुईको शैशवावस्थामा नै मृत्यु भएको थियो। सन् १९६० को निर्वाचनमा आफ्नो श्रीमान राष्ट्रपति पदमा निर्वाचन भएपछि, केनेडी ह्वाइट हाउसको व्यापक प्रचारित जीर्णोद्धार, कला र संस्कृतिमा जोड तथा आफ्नो विशेष शैलीका लागि प्रसिद्ध भएकी थिइन्। उनले धेरै देशहरूको भ्रमण पनि गर्छिन् जहाँ विदेशी भाषाहरूमा उनको दक्षता र इतिहासप्रतिको ज्ञानले उनलाई निकै लोकप्रिय बनाएको थियो।[][] ३३ वर्षको उमेरमा, उनलाई सन् १९६२ मा टाइम पत्रिकाको 'वर्ष शीर्ष महिला' घोषित गरिएको थियो।

सन् १९६३ मा आफ्नो श्रीमानको हत्या र अन्त्येष्टिपछि केनेडी र उनका सन्तानहरू धेरै हदसम्म सार्वजनिक जीवनबाट टाढा रहेका थिए। सन् १९६८ मा, उनले युनानी ढुवानी अर्बपति एरिस्टोटल ओनासिससँग विवाह गरेकी थिइन् जसले केही विवाद उत्पन्न गरेको थियो। सन् १९७५ मा ओनासिसको मृत्युपछि, उनले न्युयोर्क सहरमा पुस्तक सम्पादकको रूपमा आफ्नो बाँकी जीवन अगाडि बढाएकी थिइन् भने सुरुमा भाइकिङ प्रेस र त्यसपछि डबलडेमा काम गर्दै उनले आफ्नो सार्वजनिक छवि सुधार्ने प्रयास गरेकी थिइन्। आफ्नो मृत्युपछि पनि उनी अमेरिकी इतिहासकै सबैभन्दा लोकप्रिय र चिनिएकी प्रथम महिलाहरूको सूचीमा अग्रस्थानमा छिन्। सन् १९९९ मा, उनलाई २०औँ शताब्दीका ग्यालपका सबैभन्दा प्रशंसित पुरुष र महिलाहरूको सूचीमा समावेश गरिएको थियो।[] उनको निधन सन् १९९४ मा भएको र उनलाई आर्लिङ्गटन राष्ट्रिय चिहानमा राष्ट्रपति केनेडी र उनका दुई सन्तान (एक मृत जन्मिएको र अर्को जन्मिएको केही समयमै मृत्यु भएको) सँगै गाडिएको थियो।[] सन् १९८२ देखि सिएना कलेज रिसर्च इन्स्टिच्युटद्वारा समय-समयमा गरिएका इतिहासकारहरूको सर्वेक्षणले पनि केनेडी ओनासिसलाई निरन्तर रूपमा सबैभन्दा सम्मानित प्रथम महिलाहरूको श्रेणीमा राख्दै आएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Photograph", मूलबाट डिसेम्बर ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१७ Pinterestद्वारा।
  2. Hall, Mimi (सेप्टेम्बर २६, २०१०), "Jackie Kennedy Onassis: America's Quintessential Icon of Style and Grace", USA Today, मूलबाट नोभेम्बर ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १३, २०११
  3. Bachmann, Elaine Rice, "Circa 1961: The Kennedy White House Interiors", White House History, मूलबाट जुलाई २८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १३, २०११
  4. Newport, Frank; Moore, David W.; Saad, Lydia (डिसेम्बर १३, १९९९), "Most Admired Men and Women: 1948–1998", Gallup, मूलबाट नोभेम्बर १६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १८, २००९
  5. Burial Detail: Onassis, Jacqueline K (Section 45, Grave S-45 अभिलेखिकरण अक्टोबर १६, २०२० वेब्याक मेसिन – at ANC Explorer.