ज्यामिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्यामिरे
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

ज्यामिरे नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ज्यामिरे गाविस जिल्ला सदरमुकामबाट पश्चिमा अवस्थित गाविस हो। सदरमुकामबाट करिब ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १९.६६ वर्ग किलोमिटर छ। ज्यामिरेको पूर्वमा सिम्पालकाभ्रे, पश्चिममा दुवाचौर, मेलम्ची, उत्तरमा लागर्चे र दक्षिणमा शिखरपुर गाविस पर्दछ। नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण हावापानी पाइन्छ। इन्द्रावती नदीको काखमा अवस्थित यस गाविसको प्रमुख कृषिबाली धान गहुँ र मकै हो। यस गाविसमा क्षेत्री र तामाङ जातिको बाक्लो बस्ती छ। विसं २०५८ सालको जनगणना अनुसार कुल १,१२५ घरपरिवार मध्ये यस गाविसको कुल जनसङ्ख्या ५,८४४ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "कालिका", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]