ज्यामी
स्वरूप

ज्यामी भनेको निर्माणको निम्ती शारीरिक श्रम गर्ने व्यक्ति हो। ज्यामीहरू ज्याला लिएर काम गर्ने कामदार हुन, र येही काम नै उनीहरूका सिप हुन्छ। ज्यामीहरूले सडक कालोपत्रे, भवन, पुल, सुरुङ, पाइप (ढुङ्ग्रो) तथा औद्योगिक संरचना, र रेलमार्ग जस्ता निर्माण कार्यहरू बनाउछन्। ज्यामीहरूले हाते ज्याबल, विद्युतिय उपकरण, हावाद्वारा चल्ने ज्याबल, र साना भारी उपकरणहरू प्रयोग गर्छन्। वायुदाबबाट चल्ने उपकरणहरूको थप बाहेक, ज्यामीहरूको काम गर्ने तरिकामा धेरै परिवर्तन आएको छैन। क्षेत्रीय प्रविधिको आगमनसँगै, ज्यामीहरूले आफ्नो कार्यक्षेत्रमा यस प्रविधिको प्रयोगलाई छिट्टै अपनाएका छन्।