ज्येष्ठ पूर्णिमा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



ज्येष्ठ महिनाको पूणिर्मा | यो दिन वर्षकै सबैभन्दा लामो दिनको रूपमा गनिन्छ |

नेपालमा ज्येष्ठ पूणिर्मा[सम्पादन गर्ने]

नेपाली समाजमा यस दिनको सास्कृतिक रूपमा विशेष महत्व रहेको छ |

  • पाटन (ललितपुर्)मा शास्त्रीय संगीतप्रेमीहरू शनिबार दिनभर मेघ मल्हारसहितका ३१ राग गानाबजानामा मस्त रहन्छन् |

ज्या पुन्हि :आजको दिन पनि फुर्सद बिर्सिएर काममा जोतिने मान्छेले कहिल्यै सुख पाउँदैन रे

ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्ल 'राजा' मात्रै थिएनन्, कवि पनि थिए। उनी संगीत बुझ्थे। रागरागिनी बुझ्थे।

आफूले शासन गरेको सम्वत् १६९८मा उनले वर्षकै सबैभन्दा लामो दिन पर्ने ज्येष्ठपूणिर्मा(ज्या पुन्हि) का अवसरमा आफ्ना नागरिकलाई गीत-संगीत र नाचगानको आनन्द दिलाउन ३१ वटा 'सचित्र राग गीत' लेखेर पाटनको कार्तिक डबलीमा दाफा भजनसहित शास्त्रीय संगीत महोत्सवका रूपमा मनाउने परम्परा बसाले ,जुन आजसम्म कायम छ।

यही क्रममा पाटनका शास्त्रीय संगीतप्रेमीहरू दिनभर मेघ मल्हारसहितका ३१ राग गानाबजानामा मस्त रहन्छन्। 'सिनाज्या' -असारेगीत), मेघ मल्हारसहितका सुरतालहरू खिं बाजा, बबुचा (झ्याली), ताः (ताल बाजा) का भरमा पाटन दरबार क्षेत्रमा दिनभर नै गुन्जिरहे। पाटन डबलीमा 'दाफा भजन'मा कुनै सिद्धहस्त गायकहरू होइन, सौखिन र परम्पराप्रेमीको भीड लागेको हुन्छ राजा सिद्धिनरसिहले ३१ राग रचे पनि अहिले उनीहरूले सबैलाई निरन्तरता दिन सकेका छैनन्।बिहान ४ बजे सबै टोली तयार भएर भजन थाले पनि ३१ वटै राग सक्दा मध्यरात हुन्छ।

सबै रागमध्ये 'मेघ मल्हार' आकर्षणको केन्द्र रहेको हुन्छ |वर्षायामको पूर्वसन्ध्यामा 'खीँ' भनिने मादल घन्काएर रागमा मस्त भएपछि जुनसुकै हालतमा पानी पर्ने भजनमण्डलीका सदस्यहरू ठोकुवा गर्छन्। वर्षा आह्वान गर्ने यो राग 'दाफा भजन' कै महत्त्वपूर्ण पाटोसमेत हो। दाफा भजनमै रहेको असारेगीत भने 'रोपाइँ सुरु भयो' भन्ने संकेत दिन र खेतीकिसानीमा व्यस्त पाटनवासीको दिनचर्या र मेहनतको प्रशंसा गर्दै सहकालको कामना गर्नमा केन्दि्रत छ। राजा सिद्धिनरसिंहले कृष्णमन्दिरअगाडिकै डबलीमा वर्षेनि कार्यक्रम गर्ने प्रबन्धसमेत गरेका थिए। जेष्ठपूणिर्माकै दिन पाटन डबलीमा मल्ल राजाको सिंहासन र राजाले रचना गरेको दाफा भजनसमेत प्रदर्शनीमा राख्ने गरिएको छ।

'हामी आफूले आफूलाई चिन्न नसक्दा अहिले 'आफूलाई बिर्संदा' कथाको जस्तो हाल भएको हो,' आफ्नै पूर्वीय सभ्यता, संस्कृति र परम्पराका पक्षधर कार्तिक नाच प्रबन्ध समितिका निर्देशक हरिमान श्रेष्ठ भन्छन, 'हामीले जुन २१ कै वरपर संगीत दिवस मनाउन थालेको ३ सय ७० वर्ष भयो भनेर संसारलाई बुझाउन बाँकी छ।'

  • पनौती

भैरवभद्रकालीजात्रा :जेष्ठ शुक्ल पूणिर्माका दिन प्रत्येक वर्षझैँ काभ्रेस्थित ऐतिहासिक सहर पनौतीमा सांस्कृतिक महत्त्वको प्रसिद्ध पनौतीजात्रा अर्थात् भैरवभद्रकालीजात्रा हुँन्छ।