ज्योतिष गणपति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ज्योतिष गणपति प्राचिन नेपाल डोटी राज्यका राजा जगति पालका राजगुरु थिए । सत्धारी बैदिक ब्राह्मण गणपतिले शाके १२३५ मा राजा जगतिपालको ताम्रपत्र लेखेका छन् । यी डडेल्धुराको रुपालबाट राजासंगै डोटी बोगटान गएका हुन् । यिनका कुलदेवता भागेश्वर हुन् । पनेरुबाट जोशी थर बनेका यिनैका सन्तानबाट कार्तिकेय (मोहन्याल)देवता पुजिन्छन । बर्तमानमापनि गणपतिकै सन्तान जगतिपाल वंशज ( कत्युरी राजवंश)का पुरोहित छन् । यी कौडिन्य गोत्रीय ब्राहमण हुन् । डोटी तल्लो बोगटानको बरालगाउँ, भूजाली, अलाड़ी, जयसेरा, रुमायल, निगाली ,धम्कोट क्षेत्रमा बस्छन । कैलालीकञ्चनपुर मा पनि फैलिएका छन् ।

कत्युरी वंशीय राजासंग डोटी प्रवेश गर्ने , ज्योतिष गणपति पनेरु
विवरण सम्बन्ध
मूलपुर्खा अयोध्याका राजगुरु "वशिष्ठ"
डोटी प्रवेशकाल बि.स १३७०(शाके १२३५)
राजगुरु कत्युरी राज्यका (राजाका)
गोत्र कौण्डिन्य
त्रिप्रवर कौण्डिन्य, वशिष्ठ, मैत्रावरुणेति (डोटीका कत्यूरी ब्राह्मण)
वर्तमानमा लेखने थर पनेरु र जोशी
कुलदेवता भागेश्वर (शिव/केदार)
डोटी आगमन कुमाऊ गडवालको कार्तिकेयपुर
पूर्खाको आगमन कत्युरी राजा संग-संगैअयोध्या/दक्षिणभारत
वर्तमान पूजारी कार्तिकेय (मोहन्याल) देवता डोटी बोगटान
वर्तमान पुरोहित कत्युरी राजाका वंशजका कुलगुरु डोटी बोगटान

विषयसूची

गणपतिको सत[सम्पादन गर्ने]

ज्योतिष गणपति ज्योतिष शास्त्र, तन्त्रमन्त्र शास्त्रका ज्ञाता मात्र थिएनन् उनि सत्धारी पनि थिए । तत्कालीन समयमा दुल्लु पाल वंशावलीमा उल्लेखित पालहरू मध्ये केहिको बसोबास सुर्खेत हुँदा त्यहाँ देवता पुज्न जाँदा कर्णाली भेरीमा कम्मल बिछायेर कर्णाली पार गर्थे भन्ने भनाई छ । त्यो समयमा गोठालाको भैशी उनकै निर्देशनमा बाघले खाएको थियो भन्ने चर्चित लोक मान्यता पनि छ ।

गणपतिको निर्देशनमा गोठालाको भैशी बाघले खाएको बिषय[१][सम्पादन गर्ने]

भाद्र कृष्णजन्माअष्टमीको समयमा सुर्खेतमा भैरव देवताले भनेछन् । मेरो तकालो (ब्राहमण) आईग्यो अव ६४ गाई गौदानकालागि जम्मा गर भने पछि गाउँलेहरुले भनेछन् । डोटीबाट कहाँको तेरो तकालो (ब्राहमण /बाहुन) भोलै आलो भन्दा भोलि विहान त वास्तविक गणपति वाहुन तलवाटी आईरहेका देखेछन् । त्यस पछि सबै दँङ्ग भएछन् । मोहन्याल देवतासँग बाघ हुने गर्दछ । ज्योतिष “गणपति” ब्राह्मण सुर्खेतबाट श्रीकृष्ण जन्माअष्टमी पूजेर फर्कदै थिए । २ दिनका भोका थिए । जंगलको बाटो थियो । मोहन्याल गाउँ विकास समितिको नेउलाड भएर भाद्र कृष्णजन्माअष्टमीको समयमा त्रियाथली सिहासनपारी एकजना गोठालाका भैसी गोठमा पुगेछन् । त्यहाँ पुगेर खाना खाँउला भन्ने सोचेर गणपति आएका थिए, तर त्यस गोठालाले गणपति ब्राह्मणलाई बास र गास सम्बन्धी कुनै वास्ता गरिदिएन् । त्यस गोठालाको रुखो र जंगली व्यवहारबाट रुष्ट भएका गाणपति रातभरी एक रुखमुनी बास बसेछन् । विहानपख धमकोट जान उत्तर लागेछन् । बाटामा पर्ने फलाँटे भन्ने ठाउँमा खनैयाको रुखमुनी २ वटा वडेमानका बाघ एका विहानै खनैया खाँदै देखेपछि गणपतिले भनेछन् “म दुई दिनको भोको छु, खनैया म खाउँलो तमी गएर त्यहाँतलि एक गोठालाको भैसी दुहुन् होलो, पङ्गेको किलो होलो, भैसाका चन्नीमी (निधारमा) तारो होलो, पुच्छडीमी फुर्को भएको छ, त्यसलाई खाय” भने पछि मोहन्यालको शक्तिले बाघ गएर त्यसै किसिमले त्यस गोठालाको भैसीलाई मारी खाएछ र गोठालो गणपती पनेरुलाई गास वास नदिएकोमा पुछुताउँदै गणपति ब्राह्मणसँग माफी माग्न आएको कहाँनी रहेको छ । त्यस समयमा ज्योतिष गणपति राजा जगतीपालको दरवारका कुलगुरु र दैविक शक्ति भएका देवता पुज्ने देवगुरु थिए ।

गणपतिको वंशज [२][सम्पादन गर्ने]

गणपतिको वंशज डडेल्धुराको रुपाल क्षेत्रबाट राजा जगतीपालसँगै डोटी वोगटान आएका हुन्् । यस पनेरु खान्दानका ब्राह्मणलाई बरालगाउँ, अलाडी, जयसेरा, रुमायल सहितका स्थानको जमिन संकल्प गरिएको हो । अन्य स्थानमा पनि यस परिवारकालाई जमिन दिइएको छ । शाके १२३५ मा ज्योतिष गणपति पनेरु राजा जगतीपालका पूरोहित थिए , देवता पूज्ने गर्दथे । डडेल्धुरा रुपालबाट आएका कारण यस परिवारलाई रुपाली पनेरु पनि भन्ने चलन छ । यस खान्दानका कुलदेवता प्राचीन शिव मानिने कत्यूरी राज्यका बागेश्वर तथा भागेश्वर हुन्् । कौडिन्य गोत्रीय भागेश्वर कुलदेवता भएकाहरु हालका दिनमा पनि मोहन्यालका पूजारी र राजा जगतीपालका वंशजमानिने डोटी वोगटानका राजा/ रजवारहरुका मूल गुरुपूरोहित छन्् । यो परिवारका धेरै घरपरिवार भई सकेका छन्् । गणपति पनेरु देखिको यस खान्दानको प्रमुख शाखा मोहन्याल देवता अलाडी र सिंहासनमा पूजा चलाउने पूजारीपट्टिको वंशवृक्ष यसप्रकार रहेको छ ।

सुर्खेतसम्म देवता पुज्न जान्थे । सतधारी ब्राह्मण थिए । जे बोल्यो त्यो हुन्े गर्दथ्यो । यिनकै निर्देशनमा तत्कालीन समयमा बाघले वोगटानको रैथाने मानिने भैसी गोठालाको भैंसी खाएको थियो ।

  • २— ज्योतिष, वासुदेव पनेरु,
  • ३– ज्योतिष गोविन्द पनेरु,
  • ४– ज्योतिष मेहेश्वर पनेरु ,
  • ५— ज्योतिष, सागर पनेरु,
  • ६— ज्योतिष, उद्धव पनेरु
  • ७— ज्योतिष, जगन्नाथ पनेरु
  • यहाँ ज्योतिष, जगन्नाथ पछि १० पूस्ता हराएको छ । यस बीचमा १७ पूस्ता पछि १८ पुस्ताका परमानन्दबाट जोशी भएका हुन्् । भागेश्वर कुलदेवता भएका भारद्वाज गोत्रका करुणाकर जोशीका सन्ततिको थर र भागेश्वर कुलदेवता भएका कौडिन्य गोत्रका गणपति पनेरुका सन्ततिको गोत्र मिलाएर गोत्र र थर एक बनाई एक भएका हुन्् भन्ने किवदन्ति पनि छ । जे होस यी उच्च खान्दानका वैदिक ब्राह्मण मानिन्छन्् ।
  • १८— ज्योतिष, परमानन्द जोशी
  • १९— जेष्ठ- ज्योतिष, देवदत्त जोशी , कनिष्ठ ः जयदेव जोशी
  • २०— जेष्ठ- ज्योतिष, भिष्म जोशी, कनिष्ठ ः विजय जोशी
  • २१— जेष्ठ- गणपती जोशी , कनिष्ठ- वरपती जोशी (बरपतिका अलाडीको रुमायल बसोबास २१ — वरपतीजोशी, २२–नरकान्तजोशी, २३– दशरथ जोशी, २४–कृपारामजोशी, २५–मणिराजजोशी, २६–देववत्तजोशी, २७–कामदेव जोशी, २८– तपराज जोशी, २९–अनुपजोशी)
  • २२— ज्योतिश्वर जोशी
  • २३— ज्योतिष, जयकर जोशी
  • २४—जेष्ठ पुत्र- तुलाराम जोशी, कनिष्ठ पुत्र ः लालमणी जोशी , लालमणी जोशी शाखाका सिहासन मोहन्यालका पूजारी छन् धमकोट बस्छन् । (२४–लालमणिजोशी, २५–नित्यानन्दजोशी, २६–हरिदत्तजोशी, २७–खेमराजजोशी, २८–भोजराजजोशी /बर्तमानमा कार्तिकेय (मोहन्याल)का पुजारी, २९–हरिप्रसादजोशी, ३०–नारायण जोशी)
  • २५— जेष्ठ पुत्र- नरोत्तम जोशी, माईला ः श्रीधर जोशी , कान्छा ः अनिरुद्र जोशी (बरालगाउँ बसोबास २५– अनिरुद्र जोशी, २६–जयराज जोशी, २७– नन्दराज जोशी, २८–आशुतोषजोशी,
  • २६— लक्ष्मीधर जोशी (अपुताली) माईला श्रीधरजोशीका तीन पुत्र भए ।
  • २७— जेष्ठ- हर्कदेव जोशी (अलाडी बसोबास), माईला ः बासुदेव जोशी (अलाडी बसोबास २७– बासुदेव जोशी, २८– यज्ञराजजोशी (स्व.पूजारी), २९–चन्द्रदेव जोशी, ३०–टोपेन्द्रजोशी (मोहन्यालका पुजारी तर्फ/ बर्तमानमा बर्छैन ६ अलाड़ी कार्तिकेय (मोहन्याल)का पुजारी), कनिष्ठ- महानन्द जोशी ( निगाली बसोबास २७–महानन्दजोशी, २८–सिद्धराजजोशी, २९– लक्ष्मीराजजोशी)

हर्कदेवका भए,

  • २८— लोक राज जोशी , लोक राजका भए
  • २९—करुणाकर जोशी (अलाडी मोहन्यालका पूजारी तर्फ)

करुणाकर जोशीका भए ,

  • ३०— तारा प्रसाद जोशी , तारा प्रसाद जोशीका भए,
  • ३१— गुणाकरजोशी

गणपति पनेरु राजा जगतीपालको राज्यकालमा राजदरवारमा रहेका थिए । राजा निरयपालको राज्य समाप्ती पश्चात सागर पनेरुको समयदेखि वोगटान बरालगाउँमा यस पनेरु वंशजको बसोबास भएको हो । गणपति पनेरु राजा जगतीपालको राज्यकालमा राजदरवारमा रहेका थिए ।

यस कुलका थप शाखा सन्तानको वंशवृक्ष ।[सम्पादन गर्ने]

  • (१) (शाके १२३५ वि.स.१३७०) ज्योतिष गाणपति पनेरु (यी ब्राह्मण मोहन्याल ,भैरौवेताल पुज्न सुर्खेतसम्म पनि जाने गर्दथे ।
  • (२) ज्योतिष वासुदेव पनेरु
  • (३) ज्योतिष गोविन्द पनेरु
  • (४) महेश्वर पनेरु
  • (५) त्यस पछि सागरपनेरु भए ।
  • (६) सागर पनेरुका उद्धव पनेरु भए ।
  • (७) उद्धवका जगन्नाथ पनेरु भए । अलाडी मोहन्यालका पुजारी यज्ञराज जोशीका अनुसार यहाँनेर १० पुस्ताको नाम हराएको छ । जगन्नाथ पनेरुको १० पुस्ता पछि परमानन्द जोशी भए ।
  • (१८) परमानन्द जोशी ठूला ज्योतिष थिए । यिनको नाम धेरै चलेको थियो । यिनैका पाला देखि यो खान्दान पनेरुबाट ज्वईसी हेर्ने काम गरेर जोशी भएका हँुन् । मोहन्याल पुज्न सुर्खेत जाने गणपति पनेरु, वासदेव, गोविन्द, सागर पनेरु भन्दा पनि पहिलेका ज्योतिष गाणपती हुन । यिनमा सत थियो जे बोल्यो त्यो हुने गर्दथ्यो ।
  • (१९) परमानन्द जोशीका २ पुत्र भए । जेठा: देवी दत्त जोशी, कान्छा: जयदेव जोशी हुन् ।
  • (२०) कान्छा जयदेवका एक पुत्र कृष्णदत्त जोशी हुँन् । जेठा : देवदत्तका २ पुत्रहरु क्रमसः जेठा भिष्म जोशी, कान्छा ः विजय जोशी हुन् । जेठा ः
  • (२१) भिष्म जोशीका २ पुत्र भए जेठा ः गणपति जोशी, कान्छा ः वरपति जोशी हँुन् ।
  • (२२) जेठा ः गणपतिका एक पुत्र ज्योतिश्वर जोशी भए भने कान्छा : वरपतीका एक पुत्र नरकान्त जोशी भए ।
  • (२३) ज्योतिश्वरका एक पुत्र जयकर जोशी भए भने नरकान्तका एक पुत्र दशरथ जोशी भए । (२४) जयकरका दुई पुत्रहरु जेठाः तुलाराम जोशी कान्छाः लालमणी जोशी हँुन् । नोट ः लालमणीको परिवार मोहन्याल देवता पुज्न धमकोट गएर बसे । भने दशरथका २ पुत्र जेठा कृपाराम जोशी र कान्छाः चन्द्रदेव जोशी हुन् । नोटः दशरथको परिवारले ठकुरी रिसेडी तल्ला गाँई रजवार, मुख्यको घरको जजमानी समालेर बरलगाउँ र रुमायल,अलाडी बसे (२५) जेठा ः तुलारामका ३ पुत्रहरु क्रमसः जेठाः नरोत्तम जोशी, माईलाः श्रीधुर जोशी कान्छाःअनिरुद्रजोशी हुँन् । नोटः अनिरुद्रजोशी ठकुरी रिसेडी तल्लागाँई ठकुरी रजवारको जजमानी समाली बरलगाउँमै बसे) (२६) जेठा ः नरोत्तम जोशीका लक्ष्मीधर जोशी भए । माईला ः श्रीधर जोशीका ३ पुत्रहरु क्रमस ः जेठा ः हर्कदेव जोशी, माईला ः बासुदेव जोशी, कान्छा महानन्द जोशी भए । नोट ः महानन्द जोशी जजमानी समाल्न निगाली गाउँका ठकुरी रजवारसँग गएर बसे) कान्छा अनिरुद्रका २ पुत्रहरु क्रमस जेठा जयराज जोशी, कान्छा ः बालकृष्ण जोशी हुँन् । (२७) श्रीधरका जेठा पुत्र हर्कदेवका एक पुत्र लोकराज जोशी भए । माईला ःबासुदेवका २ पुत्र जेठा ः यज्ञराज जोशी , कान्छा ः नरेन्द्रराज जोशी हुँन् । नोटः श्रीधर जोशीको परिवारका बासुदेव अलाडी मोहन्यालका पुजारी भएर अलाडी गाउँमै बसे । कान्छा ः महानन्द जोशीका ५ पुत्रहरु क्रमसः जेठा ः सिद्धराज जोशी, माईला ः जगन्नाथ जोशी, साईला ः हरिप्रसाद जोशी, काँईला ः भोजराज जोशी, कान्छा ः केशवराज जोशी हुन् । अनिरुद्रका पुत्र जेठा जयराजका २ पुत्रहरु जेठा नन्दराज जोशी कान्छा हरिप्रसाद जोशी हुँन् । कान्छा बालकृष्णका ३ पुत्रहरु क्रमस ः जेठा ईन्द्रराज जोशी, माईला ः प्रेमराज जोशी, कान्छा ः लक्ष्मीराजा जोशी हुँन् । (२८) हर्कदेवका एकपुत्र लोकराजका ५ पुत्रहरु भए जेठाः करुणकर जोशी, माईला ः वेदप्रसाद जोशी, साईलाः खगराज जोशी, काईलाः नवराजजोशी, कान्छा ः लक्ष्मीराजजोशी हुँन् । वासुदेवका जेठा पुत्र यज्ञराजका ४ पुत्रहरु क्रमसः जेठा ः चन्द्रदेवजोशी, माईलाः छेमानन्द जोशी, साईला ः भक्तीराजजोशी , कान्छा ः योगेन्द्रजोशी हुँन् । त्यस्तै कान्छा नरेन्द्रजोशीका ३ पुत्रहरु क्रमस ःजेठा ः पुष्पराजजोशी, माईलाः काँशीनाथ जोशी,कान्छाः निमलजोशी हुँन् । निगाली गएका महानन्दका छोरा जेठा ः सिद्धराज जोशीका ५ पुत्रहरुक्रमस ः लक्ष्मीराजजोशी, खगराजजोशी, चेतराजजोशी, वेदप्रसादजोशी, रिसीराज जोशी हुँन् । माईला ः जगन्नाथका नवराज जोशी सहितका अन्यका पनि छन् । यो शाखा निगाली गाउँमा गएर बसेको छ । जयराजका जेठा पुत्र नन्दराजका २ पुत्र क्रमस जेठा ः आशुतोष जोशी कान्छा पिरिन्स जोशी हुँन् । कान्छा बालकृष्णका जेठा पुत्र ईन्दराज जोशीका एकपुत्र चिरन जोशी छन् । (२९) लोकराजका जेष्ठ पुत्र करुणकरका एक पुत्र ताराप्रसाद जोशी हुन् । वेद प्रसाद जोशीका एक पुत्र सुवास जोशी हुन् । खगराजका एक पुत्र चेतन जोशी हुन। कान्छा लक्ष्मी राजका एक पुत्र गेहेन्द्र जोशी हुन् । यज्ञराजका जेठा पुत्र चन्द्रदेवका एक पुत्र टोपेन्द्र जोशी छन् ,माईलाः छेमानन्दका एकपुत्र टोपनारायाण् जोशी हुँन् ।कान्छा नरेन्द्र जोशीका जेठा पुत्र पुष्पराजका एक पुत्र रिसीराज जोशी हँुन् । (३०) करुणाकरका एकपुत्र ताराप्रसादजोशी भए । (३१)ताराका एकपुत्र गुणाकर जोशी छन् ।

धमकोट बस्ने सिहासन मोहन्यालका पुजारी तर्फ[सम्पादन गर्ने]

२४) पुस्ताका कान्छा ः लालमणी जोशी मोहन्याल गाविस १ धमकोट गएर बसे सिहासनको मोहन्याल पुज्न र जजमानी गर्न सजिलो होस भनि धमकोट गएका हुँन् । (२५) लालमणीका एकपुत्र नित्यानन्द जोशी भए । (२६) नित्यानन्द जोशीका एकपुत्र हरिदत्त जोशी हुँन् । (२७) हरिदत्त जोशीका एकपुत्र खेमराज जोशी हुँन् । (२८) खेमराज जोशीका ७ पुत्रहरु जेठा ः भोजराज जोशी(बर्तमानमा सिंहासन कार्तिकेय (मोहन्याल)का पुजारी), माईला ः चेतराज जोशी, साईला ः केशवराज जोशी, काँईला ः तोयनाथ जोशी, राईलाः हेमराज जोशी, ठाँईला ः करुणाकर जोशी, कान्छा ः सालीकराम जोशी हुँन् । (२९) जेठा भोजराजका ४ छोराहरु क्रमस जेठा ः हरिप्रसाद जोशी, माईलाः दिपक जोशी, साईलाः सिद्धराज जोशी कान्छाः फणेन्द्र जोशी हुँन् । माईला ः चेतराज जोशीका एकपुत्र सिद्धराज जोशी छन् । साईला ः केशवराजका २ पुत्र छन् जेठाको नाम रामचन्द्र जोशी हो । काँईला ः तोयनाथ जोशीका २ पुत्र जेठा हरिप्रसाद जोशी कान्छा ः विष्णु जोशी हुँन् । राइला हेमराजका एकपुत्र सोमराज जोशी भए ,ठाँईला ः करुणाकरका ३ पुत्रहरु क्रमस ः जेठा ः टेकराज जोशी ,माईलाः यानेन्द्र सहित छन् । कान्छा सालीकराम जोशीका एकपुत्र लोकराज जोशी छन् । (३०) जेठा हरिप्रसादका एकपुत्र नारायण जोशी छन् ।

कामदेव जोशी तर्फको वृक्ष[सम्पादन गर्ने]

(२४) दशरथका २ पुत्र जेठा कृपाराम जोशी कान्छा ः चन्द्रदेव जोशी हुँन् । (२५) जेठा कृपारामका ३ पुत्रहरु क्रमस जेठा मणीराज जोशी, माईलाः महादेव जोशी, कान्छा ः धनन्जय जोशी हँुन् । त्यस्तै चन्द्रदेवका पनि ३ पुत्रहरु क्रमस ः जेठा दलजित जोशी, माईलाः देवमणी जोशी, कान्छा गजि जोशी हुँन् । (२६) जेठा मणीराज जोशीका ३ पुत्रहरु क्रमस जेठा देवदत्त जोशी, माईलाः काँशीनाथ जोशी, कान्छा रिषीराजा जोशी भए । (२७) देवदत्त जोशीका ३ पुत्रहरु भए जेठाः कामदेव जोशी, माईला ः भगिरथ जोशी, कान्छा ः रामचन्द्र जोशी हुँन् । माईला ः काँशीनाथ जोशीका ५ पुत्रहरु क्रमसः जेठाः भानदेव जोशी, माईलाः तुल्सीधर जोशी, साईलाः तोयनाथ जोशी, काँईलाः हरिप्रसाद जोशी, कान्छा ः गगनराज जोशी हुँन् । (२८) कामदेवका ६ पुत्रहरु क्रमसः जेठाः दुर्गाप्रसाद जोशी, माईला, तपराज जोशी, साईलाः तोयनाथ जोशी(बर्तमानमा चौमाला कार्तिकेय (मोहन्याल)का पुजारी), काँईला ः चेतराज जोशी, राईला ः दिनेश जोशी कान्छा ः दिपक जोशी हुँन् । कामदेवका कान्छा भाइ रामचन्द्र जोशीका ४ छोराहरु क्रमस ः जेठा टेकराज ाजेशी, माईलाः हिरालाल जोशी, साईला ः हरिहरजोशी, कान्छा कमलराज जोशी भए । तुल्सीधर जोशीका चन्द्रदेव जोशी हुँन् भने तोयनाथ जोशीका २ पुत्रहरु जेठा प्रदिप जोशी र कान्छा चन्द्रदीप जोशी हुँन् । (२९) कामदेवका माईला तपराजका एकपुत्र अनुप जोशी, साईला तोयनाथ जोशीका सागर जोशी, चेतराज जोशीका दिर्घायू जोशी, दिनेश जोशीका आदीप जोशी, दिपक जोशीका दिपाँशु जोशी छन् ।

  • (२५) कान्छा ः धनन्जय जोशी तर्फ ।
  • (२६) धनन्जय जोशीका २ पुत्रहरु क्रमस जेठा जगन्नाथ जोशी कान्छा परमानन्द जोशी भए । (२७) जगन्नाथ जोशीका ४ पुत्रहरु क्रमसः जेठा चक्रधर जोशी, माईलाः वेदप्रसाद जोशी, साईला ः हरिप्रसाद जोशी, कान्छा नवराज जोशी हुँन् । (२८) चक्रधरका २ पुत्रहरु क्रमसः जेठा टंकप्रसाद जोशी, कान्छा भक्तराज जोशी भए । वेदप्रसाद जोशीका क्रमस जेठा माधव जोशी कान्छा केशव जोशी हुन् । हरिप्रसाद जोशीका प्रणव जोशी भए ।

देवीदत्त जोशीका कान्छा पुत्र विजय जोशी तर्फको वृक्ष[सम्पादन गर्ने]

  • (२०) जेठा भिष्म भए भने कान्छा विजय जोशी हँुन् , (२१) विजय जोशीका एकपुत्र अनन्त जोशी भए । ,(२२) अनन्तका कृणराज जोशी हुँन् । ,(२३) कृष्णराजका २ पुत्र जेठा ः जयदेवजोशी र कान्छा ः श्रीधर जोशी हुँन् । , (२४) जेठा जयदेवका एकपुत्र वजिनाथ जोशी हुँन् । , (२५) बजीनाथ जोशीका नारद जोशी हुँन् । (२६) नारद जोशीका ४ पुत्रहरु क्रमस ः जेठा खगराज जोशी, माईला जनक राज जोशी, साईला ः लक्ष्मीराज जोशी कान्छा चक्रधर जोशी हुँन् । (२७) जेठा खगराजका एकपुत्र डिल्ली राज जोशी छन् ।

कृष्णराज जोशीका कान्छा पुत्र श्रीधर जोशी तर्फको वृक्ष[सम्पादन गर्ने]

डोटी जिल्ला मान्नाकापडी भुजाली वसोवास गर्ने

  • (२३) कान्छा ः श्रीधर जोशी भए (२४) श्रीधरका २ पुत्रहरु जेठा गंगाराम जोशी कान्छा रामचन्द्र जोशी हँुन् । (२५) जेठा गंगारामका ४ पुत्रशरु क्रमस ः जेठाः लक्ष्मीदत्त जोशी, माईला ः महानन्द जोशी, साईला ः हरिप्रसाद जोशी, कान्छाः खेमराज जोशी भए । रामचन्द्रका ३ पुत्रहरु क्रमस जेठा दुर्गादत्त जोशी, माईला डिल्लीराज जोशी, कान्छा शर्मानन्द जोशी हुँन् ।

(२६) जेठाः लक्ष्मीदत्त जोशीका ७ पुत्रहरु क्रमस ः हिरण्य जोशी, भानदेव जोशी, सदानन्द जोशी, देवीराम जोशी, यज्ञराज जोशी, सन्तराम जोशी, वासुदेव जोशी हुँन् । माईला महानन्द जोशीका २ पुत्र क्रमस जगन्नाथ जोशी र वासुदेव जोशी हुँन् । साईला ः हरिदत्त जोशीका एकपुत्र नन्दराम जोशी हुँन् । कान्छा ः खेमराज जोशीका क्रमसः काँसीनाथ जोशी, दीर्घराज जोशी, डम्मरनाथ जोशी, खगेन्द्र जोशी हुँन् ।

मान्नाकापडी गाविसको भट्टाण वराल गाउँकोवृक्ष[सम्पादन गर्ने]

(१९) जयदेव जोशी भए । (२०)जयदेवका हरिकृष्ण जोशी भए । (२१) हरिकृष्णका तारानाथ जोशी, (२२) तारानाथका कमलपती जोशी (२३) कमलपतिका नारद जोशी (२४) नारद जोशीका २ पुत्र क्रमस ः जेठा घन्सराम जोशी कान्छा भवानन्द जोशी भए । (२५) घन्सराम जोशीका ४ पुत्रहरु क्रमस जेठा तुलाराम जोशी, माईला, खगराज जोशी, साईला ः टिकाराम जोशी, कान्छा गणेश जोशी हुँन् । त्यस्तै भवानन्द जोशीका २ पुत्रहरु क्रमसः जेठा दुर्गादत्त जोशी, कान्छा हेमराज जोशी हुँन् । (२६) तुलाराम जोशीका ३ पुत्रहरु क्रमस जेठा ः ताराप्रसाद जोशी, माईला ः चक्रधर जोशी, कान्छा ः मनिराज जोशी हुँन् । माईलाः खगराजा जोशीका २ पुत्रहरु क्रमस ः जेठा ः टेकराज जोशी, माईला ः खेमराज जोशी हुँन् । साईला ः टिकाराम जोशीका एकपुत्र जयराज जोशी हुँन् । कान्छा गणेश जोशीका २ छोरा छन् । त्यस्तै दुर्गादत्त जोशीका २ पुत्रहरु क्रमस जेठा गिरिराज जोशी कान्छा दिवाकर जोशी हुँन् । हेमराज जोशीका यज्ञराज जोशी हुँन् ।

डोटी मान्नाकापडी —१ , बरालगाउँ मटखन्नीपट्टिको वृक्ष[सम्पादन गर्ने]

  • (२३) दामोदर जोशी भए ।
  • (२४) दामोदरका बामदेव जोशी हँुन् ।
  • (२५) बामदेवका ४ पुत्रहरु क्रमस ः जेठा हर्कदेव जोशी, माईला ः गंगाराम जोशी, साईला ः मन्साराम जोशी, कान्छा मनोरथ जोशी हुँन् ।
  • (२६) जेठा हर्कदेवका २ पुत्रहरु क्रमस जेठा दिवाकर जोशी कान्छा श्रीधर जोशी भए । माईला ः गंगाराम जोशीका ३ पुत्रहरु क्रमस ः जेठा प्रजापती जोशी, माईला देवीराम जोशी, कान्छा ईश्वरदत्त जोशीहुँन् । ईश्वरीदत्तको अपुताली भयो । (२७) जेठाः दिवाकरका २ पुत्रहरु क्रमस जेठा गौरीदत्त जोशी कान्छा दामोदर जोशी हुँन् । गंगारामका जेठा ः प्रजापतिका ४ पुत्र क्रमस जेठा गोविन्दराज जोशी माईला ः चन्द्रदेव जोशी हुँन् चन्द्रदेवको अपुताली भयो, साईला ः करुणाकर जोशी, कान्छा नवराज जोशी हुन् । देवीराम जोशीका ४ पुत्रहरु क्रमस ः जेठा नरकान्त जोशी, माईलाः शालीकराम जोशी, साईलाः रघुनाथ जोशी, कान्छा ः खेमराज जोशी भए । (२८) दिवाकरका जेठा ः गौरी दत्तका ३ पुत्र क्रमस जेठा नेत्रप्रसाद जोशी, माईला मनिराज जोशी कान्छा यज्ञराज जोशी हुँन् । कान्छाः दामोदरका २ पुत्रहरु क्रमस जेठा केशवराज जोशी, कान्छा प्रेमराज जोशी हुँन् । गोविन्दराज जोशीका २ पुत्रहरु क्रमस जेठा भोजराजजोशी, कान्छा तेजराजजोशी हुन् । साईला करुणाकरका एक पुत्र तेजराज जोशी हुँन् । कान्छा ः नवराज जोशीका ३ पुत्रहरु क्रमस जेठा वेदप्रसाद जोशी, माईलाः खेमराज जोशी, कान्छा सन्देश जोशी हुँन् । नरकान्तका प्रसाद जोशी, माईला ः शालीकराम जोशीका ३ पुत्रहरु क्रमस ः जेठा भोजराज जोशी, माईलाः मेखराज जोशी, कान्छा ः कमलराज जोशी हुँन् । साईला ः रघुनाथका ३ पुत्रहरु क्रमस जेठा चेतराजा जोशी ,माईला ः हरिप्रसाद जोशी, कान्छा दिपक राजा जोशी हुँन् ।

गर्खामा रहेका भूलहरु यसै सागर पनेरुसँगै लगिएका हुँन् । सागर पनेरु आशा पूmलारा, ओखेडोसँगै गएर बरालगाउँमा बसेकाहुँन् । यी भूलको सँख्या ३५÷४० घर भई सकेकाछन् । जाँत दशैमा यी भूलले गणपतिको वंशजलाई सहयोग गर्नु पर्ने हुन्छ । आशा फुलारा खान्दानका कश्यप गोत्रीय जोशीहरु (सुदर्शन पण्डितका वंशज) यहाँरहेका केदारलाई कुलदेवता मान्दछन् । यस खान्दानका धेरैको अपुताली भई सक्यो ८÷१० घर जति बरालगाउँमाछन । पहिले फुलारा थिए । हाल जोशी लेख्छन् । जैशी (खट्केला) भैसकेकाछन् । बरालगाउँमा रहेका भागेश्वर देवता र केदार देवता लामाघरी पट्टिकाहरुका हातबाट पूजिन्छन् भागेश्वरका पूजारी र भँराणी पनि यिनै लामाघरी पट्टिका जोशी छन् ।

लामाघरीपट्टि बराल गाउँको वंशवृक्ष यस्तो छ ।[सम्पादन गर्ने]

लालमणी जोशी, लालमणीका दुईपुत्र जेठा हिरामणी जोशी भए भने कान्छा उमापति जोशी हँन् । हिरामणीका धरणीधरजोशी भए । धरणीधरका जेठा मनिराज जोशी कान्छा परमानन्द जोशी हुँन् । जेठा मनिराजका दुईपुत्र जेठा ः देवीराम जोशी र कान्छा घन्सराज जेशी हुँन् । देवीराम जोशीका दुईपुत्र जेठा तेजराम जोशी कान्छा ः नेत्रप्रसाद जोशी भए भने कान्छा घन्सराम जोशीका रामचन्द्र जोशी हँुन् ।

लालमणीका कान्छा उमाकान्त जोशी तर्फ ः[सम्पादन गर्ने]

उमाकान्तका ३ पुत्रहरु भए । जेठा ः धनीराम जोशी, माईला ः देउमणी जोशी, साईला ः जनार्दन जोशी हुँन् । देउमणी जोशीका ४ पुत्रहरु क्रमस ः जेठा टिकाराम जोशी, माईलाः रंगनाथ जोशी, साईलाः तारानाथ जोशी, कान्छा ः देवीराम जोशी हुँन् । माईला रंगनाथका नेत्रप्रसाद जोशी भए । नेत्रप्रसादका २ पुत्रहरु जेठा यज्ञराजा जोशी कान्छा ः रामचन्द्र जोशी हुँन् । कान्छा देवीराम जोशीका ३ पुत्रहरु क्रमस ः जेठा ः भगीरथ जोशी, माईला ः रुद्रप्रसाद जोशी कान्छा डिल्लीराज जोशी भए । जेठा भगीरथका २ पुत्र तेजराज जोशी र टेकराज जोशी हुँन् । माईलाका ३ पुत्रहरु घनश्याम जोशी, मुकुन्द जोशी र उमाशंकर जोशी भए । कान्छा डिल्लीराजका २ पुत्र जेठा चन्द्रदेव जोशी र कान्छा पुष्कर जोशी हुँन् ।

मान्नाकापडी गाविस लामाघरीको अर्को वृक्ष[सम्पादन गर्ने]

भवानीदत्त जोशी भए । भवानीका २ पुत्रहँुन् । जेठा चुडामणी जोशी, कान्छा ः रंगनाथ जोशी भए । चुडामणीका एक पुत्र लक्ष्मीराज जोशी भए । लक्ष्मीराजका २ पुत्र क्रमस ः जेठा हेमराज जोशी, कान्छा ः बालकृष्ण जोशी हुँन् । त्यस्तै भवानीका कान्छा रघुनाथ जोशीका २ पुत्रहरु जेठाः देवी राम जोशी, कान्छा पदम राजा जोशी हँुन् । जेठा देवीराम जोशीका एकपुत्र हेमराजा जोशी हुँन् । हेमराजाका ३ पुत्रहरु क्रमस ः जेठाः उमाशंकर, माईला ः योगेन्द्र र कान्छा हरिप्रसाद जोशी हँुन् । कान्छा पदमराजा जोशीका २ पुत्र भए । जेठा शिद्धराज जोशी र कान्छा नारायण जोशी छन् ।


कौडिन्य गोत्रीय, पनेरु ब्राह्मण डडेल्धुरा[सम्पादन गर्ने]

डडेल्धुरा जिल्ला कैलपाल माण्डौं गाउँ विकास समिति वार्ड नं—५ , जैसरामा बसोबासगर्ने कौडिन्य गोत्र भएका उपाध्याय पनेरु ब्राह्मणहरुको पूर्खेउली आगमन भारतको कनौजबाट भएको हो । कनौजबाट कुमाऊँको कत्यूरहँुदै त्यहाँबाट हालको बैतडी, अजयमेहरुकोट आएका यस खान्दानलाई डोटी पाल राजाको गुरुको रुपमा काम गरेको कारण डोटी राजाले सेतीको किनार तिलताली वडीरपोल, बानेडुग्रासैनमा विर्ता जमिन दिएको थियो । त्यस ठाउँबाट यो परिवार डोटीको जोरायलको धन्नास भन्ने स्थानमा आयो । त्यहाँ पनि यस परिवारको विर्ता जमिन रहेको छ । डोटीका रैकाले पाल राज्यभूमि कब्जा गरेपछि यस पनेरु परिवारका बाहुनको सेराखेत पनि कब्जा गरी यिनलाई पिटेर खेदेकाकारण यी भागेर डडेल्धुरामा आई बस्नुप¥यो भन्ने किवदन्ति रहेको छ । यस पनेरु परिवारलाई जैयदासको सन्तान भन्ने गरिन्छ । जयदासको सन्तान भएकाकारण जयदाससेरा भनेर जैसराकोनाम रहेको हो । यस शाखाका चार सन्तान भए १— गजाधर, २—शंकर, ३—मधु, ४—बिना आदि । क्रमस जेठा, माईला, साईला र कान्छा हुन् । हाल यो परिवारका पहिचानमा रहेका ४० घर छन् । डडेल्धुरा जिल्लाको जैसरा, बुढाली, रजोडामा बस्ने पनेरु(कैलपाल), डोटी वरालगाउँ बस्ने कौडिन्य गोत्रीय पनेरुजोशी(भागेश्वर), डोटी जोरायलमा बस्ने पनेरुजोशी(ब्रहमवेताल)हरु एकै परिवारका हँुन् । डडेल्धुराको जैसरामा बस्ने पनेरु खान्दानको ईष्टदेवता कैलपाल (कालीघाट) हो । कैलपाल देवतालाई भगवतीका भाइ हुँन् भनेर पनि भन्ने गरिन्छ । यी देवतामा वलि चढ्दैन् । दूधधारी शुद्धपवित्र देवताको रुपमा कैलपाललाई चिन्ने गरिन्छ । यिनै कैलपालसँग रहेकी दुर्गा भगवतीको थानमा वलि चढाईन्छ । दुर्गा भगवतीलाई वलि चढाउँदा केहीटाढा लगेर चढाउँनु पर्दछ । पहिले भगवतीलाई राँगाको वलि चढाईन्थ्यो । हाल बोका, कुविन्डाको वलि चढाईन्छ । यस कैलपाल देवताको साथमा भैरव देवताको थान पनि रहेको छ । भैरवमा वलि चढाईन्छ । कैलपालका ३ भराँड रहेका छन् ।

  • १—जैसरा,
  • २—चौतमाला,
  • ३—डाँडा आदि ।

पुरानो मान्यता अनुसार भन्ने गरिन्छ, चण्डीलाई धारा प्रवाहरुपमा पढ्दै सातसाङ्ला तोड्दै कैलपाल आप्mनो मुख्य स्थानमा प्रवेस गरेका कारण कैलपाललाई सातसाङले पनि भन्ने गरिएको हो । सुर्खेतबाट आई जैसरामा बसेका कारण त्यस ठाउँमा कैलपालको मुख्य भराँड रहेको छ । कैलपालका ३ भराँड हुन् । मुख्य अचल कैलपाल वा कालीघाँट (घण्ट) भएको स्थान हो । कैलपाललाई सातसाङ्ले भन्ने कारण के छ भने, कैलपाललाई सातसाङलाले बाँंधेर राखिएको थियो, तर त्यसलाई तोडेर काँप्दै कैलपाल आप्mनो भराँडभित्र पस्यो र त्यहाँ कैलपालको अवतार हुनगयो । साथै कैलपालले चण्डीलाई धारा प्रवाहरुपमा पढेका थिए । यसै कारण कैलपालको धामी चढेको समयमा चण्ढीका मन्त्रहरु धाराप्रवाह रुपमा पढ्नेगर्दछ । कैलपालको धामीलाई सच्याउनु प¥यो भने बाहुनले चण्डीका ७०० मन्त्र पढ्नु पर्दछ । अनिमात्र धामी सचिन्छ । काली घाँटसँग अर्को पहेँली घाँट पनि सुर्खेतबाट आएको थियो, तर पँहेलीघाट के कारणले फर्केर सुर्खेतमा गयो तर काँलीघाँट यही बसेको हो । कालीघाँट रहेको स्थानमा धेरै मान्छे गएर हल्ला गरेको खण्डमा कालीघाँटले राम्रो मान्दैनन् । कथा वा पाठ लगाउँदा एक्लै गएर लगाएको खण्डमा राम्रो हुन्छ । चमत्कार देखाउने कालीघाँटलाई कोही पनि छुदैनन् । यो घण्ट चौतमालामा हाल पनि देख्न सकिन्छ । यस कैलपाल देवताका पूजारी पनि यिनै कौडिन्य गोत्रीय पनेरु थरका ब्राह्मणहरुनै हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. धम्कोटका हर्कसिंह बम सहित इतिहास ब्यख्यताहरु र गणपति वंशजका ब्राहमणहरुको इतिहास बर्णन
  2. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०)