झान्ने
स्वरूप

झान्ने, जसलाई फुर्याउने वा तड्का लगाउने पनि भनिन्छ, मुख्यतया नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा विभिन्न परिकार पकाउने तरिका हो। झान्नका लागि सर्वप्रथम घिउ वा तेल तताइन्छ र तेलमा मसला र मसालाको धूलो थपेर बासना नआएसम्म पकाइन्छ। यो तातेको तेल, मसाला, आदिलाई खानाको माथीबाट हालिन्छ।
झान्नमा प्रयोग हुने सामग्रीहरू
[सम्पादन गर्नुहोस्]झान्नका लागि प्राय जीरा, हिङ, प्याज, लसुन, कालो मरिच, अदुवा, तोरी, ल्वाङ, तेज पत्ता आदि मसलाको प्रयोग गरिन्छ। केही विशेष परिकारहरूमा, मसला जस्तै सौँफ, सुक्खा अदुवा, रातो खुर्सानी, जाइफल, हरियो खुर्सानी र गोलभेडा जस्ता तरकारीहरू पनि प्रयोग गरिन्छ।